काठमाडौं– नेपाली कांग्रेसको सहमहामन्त्री (पिछडिएको क्षेत्र)मा बद्री पाण्डे विजयी भएका छन्। 
सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार जीवन बहादुर शाहीलाई पराजित गर्दै नेता शेखर कोइराला पक्षका उम्मेदवार पाण्डे सहमहामन्त्री विजयी भएका हुन्। 
सहमहामन्त्रीमा विजयी भएका पाण्डेले २४११ मत ल्याए। पाण्डेसँग पराजित भएका शाही २१३३ मत ल्याए। सहमहामन्त्रीका अर्का उम्मेदवार चेतराज बजालले ९९ मत ल्याए। 
पाण्डेसँग पराजित भएका शाही कर्णाली प्रदेशका मुख्यमन्त्री हुन्। 
                                                        
                                                            
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।