काठमाडौं– नेपाली कांग्रेसको सहमहामन्त्री (खसआर्य)मा किशोर सिंह राठौर विजयी भएका छन्।
शुक्रबार भएको मतगणनाको अन्तिम परिणामअनुसार सभापति शेरबहादुर देउवा पक्षका राठौर प्रधिस्पर्धी देवराज चालिसेलाई पराजित गर्दै विजयी भएका हुन्।
राठौरसँग पराजित भएका चालिसे नेता शेखर कोइराला पक्षका उम्मेदवार हुन्। विजयी राठोरले २५७६ मत ल्याए भने पराजित चालिसेले २०५९ मत ल्याए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।