• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, माघ २, २०८२ Fri, Jan 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

कांग्रेस पदाधिकारीमा ‘बदल्ने’ समूहको प्रवेश, बदल्लान् त पार्टी?

64x64
डिबी खड्का बिहीबार, पुस १, २०७८  १८:२२
1140x725

काठमाडौं- आमनिर्वाचनमा नेपाली कांग्रेसले पराजय बेहोरेपछि ७ जना युवा नेताले २०७४ पुस १५ गते एउटा संयुक्त विज्ञप्ति जारी गरे।
विज्ञप्तिमा भनिएको थियो- ‘हामी विश्वास दिलाउन चाहन्छौं, हामी बदलिने छौं, कांग्रेसलाई बदल्नेछौं। राष्ट्रिय राजनीतिमा प्रमुख भूमिकाका साथ पार्टीलाई नयाँ उचाइमा पुर्‍याउनेछौं।’

ती नेताहरू थिए- गगन थापा, धनराज गुरुङ, विश्वप्रकाश शर्मा, चन्द्र भण्डारी, गुरुराज घिमिरे, प्रदीप पौडेल र बद्री पाण्डे। सातमध्ये गुरुङले उपसभापतिमा जितेका छन् भने थापा र शर्माले महामन्त्रीमा।

यसरी हेर्दा नेपाली कांग्रेसमा 'कांग्रेस बदल्ने' संकल्प लिएका नयाँ पुस्ताका नेताहरू पदाधिकारीमा प्रवेश पाएका छन्। प्रकाशमान सिंह र विमलेन्द्र निधिको वैशाखीमा सभापतिको कुर्सीमा शेरबहादुर देउवा उक्लेपनि बहुसंख्यक कांग्रेसजन परिवर्तनको पक्षमा देखिएको प्रमाण उनीहरुको प्रवेश हो। 

यही समूहमा सुरुदेखि नै रहेका बद्री पाण्डे सहमहामन्त्रीका उम्मेदवार छन्। त्यसैगरी पछि जोडिएका रामकृष्ण यादव,  जीवन परियार र कमला पन्त पनि विभिन्न कलस्टरमा सहमहामन्त्रीका प्रत्यासी हुन्। उनीहरु सबै विजय भएमा कांग्रेस पदाधिकारीमा यही समूहको दबदबा देखिनेछ। 

त्यसो हुँदा गएको कार्यकाल मनमौजी चलाएका देउवाका आगामी चार वर्ष सकसपूर्ण बन्नेछन्। बदलिएका देउवा बन्न बाध्य हुनेछन्। 

छुटेका सहयात्री
दुई जनाको कोटामा कुनैबेला यही समूहका रहेका महामन्त्रीका तेस्रो प्रत्यासी थिए प्रदीप पौडेल। कृष्णप्रसाद सिटौलाको राजनीतिक 'तिकडम'का शिकार बने, उनी। 

१३औं महाधिवेशनमा सिटौलाको गुटबाट महामन्त्री लडेका गगन थापाले चुनावलगत्तै सिटौला छाडे। सिटौलाले सभापतिका लागि देउवा र रामचन्द्र पौडेलबीच भएको दोस्रो चरणको निर्वाचनमा देउवालाई समर्थन गरेपछि थापा रुष्ट बने। सिटौलासँग अलग्गिएर छुट्टै बसे। गत भदौदेखि पौडेल समूहमा औपचारिक रुपमा प्रवेश गरे। आफूलाई छाडेकोमा थापासँग सिटौलाको 'इगो' बढ्यो।

अर्का महामन्त्री विजेता विश्‍वप्रकाश शर्मासँग सिटौलाको सुरुदेखि नै राम्रो सम्बन्ध छैन। झापा एउटै गृहजिल्ला भएका उनीहरुको त्यहाँ फरक गुटको अभ्यास समेत छ। यसअघि शर्मा जिल्ला सभापतिमा सिटौलाले नै असहयोग गरेर हारेका थिए भने प्रतिनिधि सभाको निर्वाचनमा समेत सिटौलाले सहयोग नगरेको चर्चा कांग्रेसजनमा हुनेगर्छ। 

Ncell 2
Ncell 2

यी दुई महामन्त्रीका उम्मेदवारप्रति रुष्ट सिटौलाले देखाइदिन यही समूह र विचारका प्रदीप पौडेललाई अघि सारे। देउवा गुटसँग मिलेर महामन्त्री उठाइदिए। बलियो गुट पाएका पौडेललाई महामन्त्री बन्ने लालसाले डोर्‍यायो। उनी हार्न पुगे। अहिलेलाई थापा, शर्मालगायतका नयाँ पुस्ताका नेताहरुसँगको सहयात्रा छुटेको छ। पराजयपछि भने उनले थापा र शर्मालाई सघाउने प्रतिक्रिया दिएका छन्। उनले भने, 'मतदाताले उहाँहरुलाई रोज्नुभयो। उहाँहरु चुनिनुभयो। अब म पार्टीमा उहाँहरुलाई सघाउँछु।'

यसैगरी, उपसभापतिमा पराजित भएर यही समूहका चन्द्र भण्डारी छुटेका छन्। गुरु घिमिरे प्रदेश १ को सभापतिमा पराजित भए। जिम्मेवारीबाट छुटेपनि बदल्ने समूहका सदस्यका रुपमा उनीहरु आगामी दिनमा पनि देखिनेछन्। 

विश्वप्रकाश फर्किएलान्?
महामन्त्रीमै विजेता शर्माको आगामी भूमिका पनि उत्तिकै प्रतीक्षारत छ। कुनै समय 'एज होइन, अजेन्डा महत्त्वपूर्ण' भन्दै यो समूहबाट छुट्टिएर देउवाकहाँ पुगेका उनी  महामन्त्रीको चुनावताका फर्किएका थिए। 

संस्थापनइतरबाट सभापतिको दाबी गरेका प्रकाशमान सिंहको प्यानलमा उनी महामन्त्री बने। भोट माग्दा समेत उनले एउटा गगन थापा र अर्को आफूलाई भनेर यतैतिर पुगेको झल्को दिए। तर, सभापतिको दोस्रो चरणको निर्वाचनमा 'जता सिंह, उतै म' भनेर उतै फर्किएको संकेत दिएका छन्। आगामी दिनमा उनको प्रस्तुतिले कित्ता क्लिएर गर्नेछ।

शर्माले आफ्नो जित बदलिएको र बलियो कांग्रेस बनाउने आकांक्षाको जित रहेको बताएका छन्। यसबाट उनी परिवर्तनका पक्षमा उभिने संकेत भने गर्छ। उनले आफूले अझै मिहिनेत गर्नुपर्ने र संयम हुनुपर्ने जिम्मेवारी समेत जितले दिलाएको बताएका छन्। 

मत दिनेहरुको मतको कदरका साथै नदिनेहरुको मनसमेत जित्नुपर्ने प्रयास आफूले गर्ने प्रतिबद्धता जनाएका छन्। उनले भने, 'जसको मत मैले जितें। त्यसको मतको कदर गर्नेछु। जसले मभन्दा फरक मत राख्नुभयो,  उहाँहरुको मन जित्ने प्रयास गर्नेछु।'

२०७४ सालदेखि कहिले ७, कहिले ९ र कहिले १२ जना बनाएर देउवालाई दबाब सिर्जना गरिरहेका गगन थापा यो समूहको नेतृत्व लिनुपर्ने अवस्थामा आइपुगेका छन्। महामन्त्रीका रुपमा यो समूहको आवाज उनले अब पार्टी कमिटीभित्र बोल्नुपर्नेछ। 

उनलाई हेक्का छ- मत धेरै पाउनु भनेको जिम्मेवारी पनि धेरै पाउनु हो। यसैगरी उनलाई भोट नदिएका १६०० जना महाधिवेशन प्रतिनिधिहरुको विश्वास समेत जित्नुपर्नेछ। साथै कांग्रेसलाई देखिने, सुनिने र भरोसा गर्न सकिने पार्टी बनाउने प्रतिबद्धता कायम राख्नुपर्नेछ। 

मुख्य नेतृत्वका रुपमा देउवा दोहोरिएका छन्। यति भने ढुक्क भएको छ- विगतको कार्यशैली दोहोर्‍याउन भने देउवालाई यो समूहले दिनेछैन। हेर्न रुचिकर हुनेछ- पार्टी 'बदल्ने समूह' उनीहरु देउवालाई कसरी बदल्लान्?

प्रकाशित मिति: बिहीबार, पुस १, २०७८  १८:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 
बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
निर्वाचन आयोगमा कांग्रेसका दुई पक्षको नाराबाजी चर्कियो शुक्रबार, माघ २, २०८२
निर्वाचन आयोगको मुख्य गेटमा प्रहरी परिचालन शुक्रबार, माघ २, २०८२
पार्टी फुटेको होइन, परिस्थिति बनाएर सानेपा जान्छौँ : प्रदीप पौडेल शुक्रबार, माघ २, २०८२
न्युजिल्यान्डद्वारा इरानस्थित दूतावास बन्द शुक्रबार, माघ २, २०८२
गगन थापा समूहको दाबी : विधान कार्यान्वयन गर्न विशेष महाधिवेशन गरेका हाैँ शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
‘विप्लव’ र मिराज ढुंगानाबीच ४ बुँदे सहमति पत्रमा हस्ताक्षर बिहीबार, माघ १, २०८२
पेट्रोलियम पदार्थको मूल्य घट्यो शुक्रबार, माघ २, २०८२
उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीबिच एकता बिहीबार, माघ १, २०८२
सभापति थापाले भने : ‘निर्वाचन आयोगले विशेष महाधिवेशनको निर्णयलाई अद्यावधिक गर्नेमा विश्वस्त छु’ बिहीबार, माघ १, २०८२
कांग्रेस कार्यवाहक सभापति खड्काले केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्