• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

कांग्रेस पदाधिकारीमा ‘बदल्ने’ समूहको प्रवेश, बदल्लान् त पार्टी?

64x64
डिबी खड्का बिहीबार, पुस १, २०७८  १८:२२
1140x725

काठमाडौं- आमनिर्वाचनमा नेपाली कांग्रेसले पराजय बेहोरेपछि ७ जना युवा नेताले २०७४ पुस १५ गते एउटा संयुक्त विज्ञप्ति जारी गरे।
विज्ञप्तिमा भनिएको थियो- ‘हामी विश्वास दिलाउन चाहन्छौं, हामी बदलिने छौं, कांग्रेसलाई बदल्नेछौं। राष्ट्रिय राजनीतिमा प्रमुख भूमिकाका साथ पार्टीलाई नयाँ उचाइमा पुर्‍याउनेछौं।’

ती नेताहरू थिए- गगन थापा, धनराज गुरुङ, विश्वप्रकाश शर्मा, चन्द्र भण्डारी, गुरुराज घिमिरे, प्रदीप पौडेल र बद्री पाण्डे। सातमध्ये गुरुङले उपसभापतिमा जितेका छन् भने थापा र शर्माले महामन्त्रीमा।

यसरी हेर्दा नेपाली कांग्रेसमा 'कांग्रेस बदल्ने' संकल्प लिएका नयाँ पुस्ताका नेताहरू पदाधिकारीमा प्रवेश पाएका छन्। प्रकाशमान सिंह र विमलेन्द्र निधिको वैशाखीमा सभापतिको कुर्सीमा शेरबहादुर देउवा उक्लेपनि बहुसंख्यक कांग्रेसजन परिवर्तनको पक्षमा देखिएको प्रमाण उनीहरुको प्रवेश हो। 

यही समूहमा सुरुदेखि नै रहेका बद्री पाण्डे सहमहामन्त्रीका उम्मेदवार छन्। त्यसैगरी पछि जोडिएका रामकृष्ण यादव,  जीवन परियार र कमला पन्त पनि विभिन्न कलस्टरमा सहमहामन्त्रीका प्रत्यासी हुन्। उनीहरु सबै विजय भएमा कांग्रेस पदाधिकारीमा यही समूहको दबदबा देखिनेछ। 

त्यसो हुँदा गएको कार्यकाल मनमौजी चलाएका देउवाका आगामी चार वर्ष सकसपूर्ण बन्नेछन्। बदलिएका देउवा बन्न बाध्य हुनेछन्। 

छुटेका सहयात्री
दुई जनाको कोटामा कुनैबेला यही समूहका रहेका महामन्त्रीका तेस्रो प्रत्यासी थिए प्रदीप पौडेल। कृष्णप्रसाद सिटौलाको राजनीतिक 'तिकडम'का शिकार बने, उनी। 

१३औं महाधिवेशनमा सिटौलाको गुटबाट महामन्त्री लडेका गगन थापाले चुनावलगत्तै सिटौला छाडे। सिटौलाले सभापतिका लागि देउवा र रामचन्द्र पौडेलबीच भएको दोस्रो चरणको निर्वाचनमा देउवालाई समर्थन गरेपछि थापा रुष्ट बने। सिटौलासँग अलग्गिएर छुट्टै बसे। गत भदौदेखि पौडेल समूहमा औपचारिक रुपमा प्रवेश गरे। आफूलाई छाडेकोमा थापासँग सिटौलाको 'इगो' बढ्यो।

अर्का महामन्त्री विजेता विश्‍वप्रकाश शर्मासँग सिटौलाको सुरुदेखि नै राम्रो सम्बन्ध छैन। झापा एउटै गृहजिल्ला भएका उनीहरुको त्यहाँ फरक गुटको अभ्यास समेत छ। यसअघि शर्मा जिल्ला सभापतिमा सिटौलाले नै असहयोग गरेर हारेका थिए भने प्रतिनिधि सभाको निर्वाचनमा समेत सिटौलाले सहयोग नगरेको चर्चा कांग्रेसजनमा हुनेगर्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

यी दुई महामन्त्रीका उम्मेदवारप्रति रुष्ट सिटौलाले देखाइदिन यही समूह र विचारका प्रदीप पौडेललाई अघि सारे। देउवा गुटसँग मिलेर महामन्त्री उठाइदिए। बलियो गुट पाएका पौडेललाई महामन्त्री बन्ने लालसाले डोर्‍यायो। उनी हार्न पुगे। अहिलेलाई थापा, शर्मालगायतका नयाँ पुस्ताका नेताहरुसँगको सहयात्रा छुटेको छ। पराजयपछि भने उनले थापा र शर्मालाई सघाउने प्रतिक्रिया दिएका छन्। उनले भने, 'मतदाताले उहाँहरुलाई रोज्नुभयो। उहाँहरु चुनिनुभयो। अब म पार्टीमा उहाँहरुलाई सघाउँछु।'

यसैगरी, उपसभापतिमा पराजित भएर यही समूहका चन्द्र भण्डारी छुटेका छन्। गुरु घिमिरे प्रदेश १ को सभापतिमा पराजित भए। जिम्मेवारीबाट छुटेपनि बदल्ने समूहका सदस्यका रुपमा उनीहरु आगामी दिनमा पनि देखिनेछन्। 

विश्वप्रकाश फर्किएलान्?
महामन्त्रीमै विजेता शर्माको आगामी भूमिका पनि उत्तिकै प्रतीक्षारत छ। कुनै समय 'एज होइन, अजेन्डा महत्त्वपूर्ण' भन्दै यो समूहबाट छुट्टिएर देउवाकहाँ पुगेका उनी  महामन्त्रीको चुनावताका फर्किएका थिए। 

संस्थापनइतरबाट सभापतिको दाबी गरेका प्रकाशमान सिंहको प्यानलमा उनी महामन्त्री बने। भोट माग्दा समेत उनले एउटा गगन थापा र अर्को आफूलाई भनेर यतैतिर पुगेको झल्को दिए। तर, सभापतिको दोस्रो चरणको निर्वाचनमा 'जता सिंह, उतै म' भनेर उतै फर्किएको संकेत दिएका छन्। आगामी दिनमा उनको प्रस्तुतिले कित्ता क्लिएर गर्नेछ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

शर्माले आफ्नो जित बदलिएको र बलियो कांग्रेस बनाउने आकांक्षाको जित रहेको बताएका छन्। यसबाट उनी परिवर्तनका पक्षमा उभिने संकेत भने गर्छ। उनले आफूले अझै मिहिनेत गर्नुपर्ने र संयम हुनुपर्ने जिम्मेवारी समेत जितले दिलाएको बताएका छन्। 

मत दिनेहरुको मतको कदरका साथै नदिनेहरुको मनसमेत जित्नुपर्ने प्रयास आफूले गर्ने प्रतिबद्धता जनाएका छन्। उनले भने, 'जसको मत मैले जितें। त्यसको मतको कदर गर्नेछु। जसले मभन्दा फरक मत राख्नुभयो,  उहाँहरुको मन जित्ने प्रयास गर्नेछु।'

२०७४ सालदेखि कहिले ७, कहिले ९ र कहिले १२ जना बनाएर देउवालाई दबाब सिर्जना गरिरहेका गगन थापा यो समूहको नेतृत्व लिनुपर्ने अवस्थामा आइपुगेका छन्। महामन्त्रीका रुपमा यो समूहको आवाज उनले अब पार्टी कमिटीभित्र बोल्नुपर्नेछ। 

उनलाई हेक्का छ- मत धेरै पाउनु भनेको जिम्मेवारी पनि धेरै पाउनु हो। यसैगरी उनलाई भोट नदिएका १६०० जना महाधिवेशन प्रतिनिधिहरुको विश्वास समेत जित्नुपर्नेछ। साथै कांग्रेसलाई देखिने, सुनिने र भरोसा गर्न सकिने पार्टी बनाउने प्रतिबद्धता कायम राख्नुपर्नेछ। 

मुख्य नेतृत्वका रुपमा देउवा दोहोरिएका छन्। यति भने ढुक्क भएको छ- विगतको कार्यशैली दोहोर्‍याउन भने देउवालाई यो समूहले दिनेछैन। हेर्न रुचिकर हुनेछ- पार्टी 'बदल्ने समूह' उनीहरु देउवालाई कसरी बदल्लान्?

प्रकाशित मिति: बिहीबार, पुस १, २०७८  १८:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
‘म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँ’: मञ्चलाकुमारी झा बुधबार, असोज २८, २०८३
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ? बुधबार, असोज २८, २०८३
हटियामा राष्ट्रिय प्रसारण पुग्यो, किमाथांकामा पनि यसै वर्ष पुग्ने बुधबार, असोज २८, २०८३
आदिवासी जनजाति सहमहामन्त्रीमा बहादुरसिंह लामा तामाङ विजयी, पाए ३२४५ मत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनको काभ्रे भ्रमण : पालाञ्चोक भगवतीमा गरे दर्शन बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्