काठमाडौं- भरतपुरबाट काठमाडौं उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या आपतकालीन अवतरण गरिएको छ।
भरतपुरबाट उडान भरेको केहीबेरमै बायाँ इन्जिनमा प्राविधिक समस्या देखिएपछि फेरि भरतपुरमै स–कुशल अवतरण गरिएको बुद्ध एयरले जनाएको छ।
दिउँसो एक बजेर १६ मिनेटमा आकाशमा उड्नेबित्तिकै नाइन एन एईई को उडान नम्बर ३६० जहाजमा प्राविधिक समस्या देखिएको थियो।
१९ यात्रु र ३ जना विमान क्रु रहेको जहाजमा तत्काल भरतपुरमा अवतरण गरिएको हो । जहाज अवतरणपछि सबै यात्रु सकुशल बाहिर निस्किएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।