काठमाडौं- नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत उपसभापति पदको अन्तिम मत परिणाम घोषणा गरिएको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार राति सम्पन्न मतगणनाको परिणाम निर्वाचन समितिले घोषणा गरेको हो।
घोषित परिणामअनुसार उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका छन्।
खड्काले सबैभन्दा धेरै २१२१ मत प्राप्त गरेका छन्। यता गुरुङले मात्र दुई मतान्तरले विजयीकुमार गच्छदारलाई पछाडि पारेका छन्।
गुरुङ १९०८ मत ल्याएर उपसभापति विजयी हुँदा गच्छदारले १९०६ मत पाएका छन्।
यस्तै चन्द्र भन्डारीले १५८०, सुजाता कोइराला ६४४, महेश आचार्य ५८९ र दिव्येश्वरी शाहले १३२ मत पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।