काठमाडौं– नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले महाधिवेशन प्रतिनिधिले सभापतिमा हारेका प्रधानमन्त्री बोकेर निर्वाचनमा जाने कि, सभापतिमा हारेको मनोबल गिरेको प्रधानमन्त्रीको नेतृत्वमा चुनावमा जाने? भन्ने निर्णय गर्नुपर्ने बताए।
आइतबार देउवासहित सहभागी लैनचौरमा आयोजित कार्यक्रममा नेता सिटौलाले तीन/चार महिनापछि मुलुकमा निर्वाचन हुन लागेको र त्यसमा सभापतिमा विजयी प्रधानमन्त्री बोकेर जानु पर्ने बताए।
'सिंगो पार्टीलाई एक ढिक्का बनाएर देशलाई उच्च मनोबलका साथ हामी निर्वाचनामा जानुपर्छ। त्यसका लागि देउवाको निरन्तरता किन नदिने?' उनले भने, 'कांग्रेसमा वाध्यात्मक अवस्था हो देउवालाई सभापतिमा निरन्तरता दिनुपर्ने।'
उनले देउवा जस्तो परिपक्व र प्रदीप पौडेलजस्तो युवाहरु बोकेको कांग्रेस महाधिवेशनपछि बन्न लागेको बताए। देउवाले पार्टीलाई नयाँ उत्साह र उमङ्गका साथ पार्टीलाई एकताद्ध बनएर लैजाने बताए।
लोकतन्त्र, नेपाली कांग्रेस र देशका सामू धेरै चुनौती रहेको त्यो चुनौती पार गर्न सक्ने नेतृत्व चयनका लागि महाधिवेशन प्रतिनिधिले सुझबुझ पूर्ण निर्णय गर्नु पर्ने उनको भनाइ थियो ।
'भावाशेषमा आएर पनि कुनै निर्णय नगर्नुहोला' उनले भने। नेता सिटौला पक्षले महाधिवेशनमा देउवासँग सहकार्य गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।