• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १९, २०८३ Fri, Sep 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

देउवा भर्सेस परिवर्तन पक्षधरको प्यानल : कुन बाटो रोज्लान् कांग्रेसजन?

64x64
डिबी खड्का शनिबार, मंसिर २५, २०७८  २१:०६
1140x725

काठमाडौं– नेपाली कांग्रेसको १४औं महाधिवेशनको केन्द्रीय सन्देश छ- उत्साह, एकता र रुपान्तरण। पार्टीको नयाँ नेतृत्व छान्ने माहोल कांग्रेसजनका लागि उत्साहपूर्ण नै छ।

गुटगत प्यानलमा विभक्त कांग्रेसजनले 'एकता'का लागि आउने कार्यसमितिको कार्यव्यवहार पर्खिनु पर्नेछ भने रुपान्तरण नेतृत्व चयनबाट खोज्नु पर्नेछ। किनभने यो महाधिवेशनमा कुनै नीति पास हुनेछैन। आफू नेतृत्वमा आउँदा लिने नीतिको संकेत केही नेताहरुले गरेका छन्। त्यसैले नेतृत्वमा कसलाई चुन्‍ने भन्ने कुराले नीतिगत रुपान्तरणको रुपरेखा दर्शाउनेछ।

शनिबार नेपाली कांग्रेसका 'प्यानलरुपी' बाटोहरु देखिएका छन्। ती बाटोहरुले कांग्रेस कहाँ पुर्‍याउने भन्ने गन्तव्य तय गर्नेछन्। एउटा उही बाटो छ, जहाँबाट अहिले कांग्रेस गुज्रिरहेको छ। अर्को बिल्कुल नयाँ देखिएको छ, जसको परीक्षण भइसकेको छैन। 

सदाबहार भर्सेस नयाँ अनुहार
पहिलो बाटो वर्तमान सभापति शेरबहादुर देउवाले डोर्‍याइरहेका छन्। साढे ५ वर्षदेखि कांग्रेस उनले डोर्‍याएको मार्गबाट अघि बढिरहेको छ। फेरि ४ वर्ष त्यही बाटोबाट कांग्रेस अघि बढाउने उनको चाहना छ। त्यसैले शनिबार उनले उम्मेदवारी दर्ता गराएका छन्। 

उनको सारथीका रुपमा महत्वपूर्ण पदमा पुरानै अनुहारहरु दोहोरिएका छन्। उपसभापतिका एउटा उम्मेदवार विजय गच्छदार उपसभापति नै थिए, अर्को उम्मेदवार पूर्णबहादुर खड्का महामन्त्री थिए। महामन्त्रीका उम्मेदवार डा प्रकाशशरण महत सह–महामन्त्रीबाट बढुवा हुन चाहिरहेका छन्। सिटौला टिमबाट देउवा समूहमा महामन्त्री बन्न आइपुगेका प्रदीप पौडेल पदाधिकारीमा नयाँ हुन्।

यसैगरी, सभापतिका अर्का प्रत्यासी प्रकाशमान सिंह एकपटक महामन्त्री र एकपटक उपसभापतिका रुपमा काम गरिसकेका छन्। उनको प्यानलकी उपसभापति उम्मेदवार सुजाता कोइराला पदाधिकारीमा नयाँ हुन्। महामन्त्रीका उम्मेदवार विश्वप्रकाश शर्मा यसअघि पदाधिकारी नभएपनि प्रवक्ताका रुपमा काम गरिसकेका छन्। सभापतिका अर्का उम्मेदवार (वर्तमान उपसभापति) विमलेन्द्र निधि, अन्य दुई सभापतिका उम्मेदवार कल्याण गुरुङ र युवराज न्यौपाने प्यानलबिहीन उम्मेदवार हुन्।

सभापतिकै अर्का प्रत्यासी डा शेखर कोइरालाको टिममा भने पदाधिकारीमा परीक्षण नै नभएका नेताहरु छन्। कांग्रेस वृत्तभित्र र बाहिर अपेक्षा गरिएका, तर पदाधिकारीमा पुग्न नपाएकाहरुको समूह छ। उपसभापतिका उम्मेदवारद्वय धनराज गुरुङ र चन्द्र भण्डारी, महामन्त्रीका उम्मेदवारद्वय गगनकुमार थापा र मिनेन्द्र रिजाल दुवै पदाधिकारीमा आइपुगेका छैनन्। 

यो महाधिवेशन कांग्रेस महाधिवेशन प्रतिनिधिका लागि सदाबहार अनुहारमै 'ठप्पा' लगाउने कि नयाँ अनुहार रोज्ने भन्ने स्पष्ट विकल्पसहितको महाधिवेशन समेत बन्ने देखिन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

परिवर्तनका पक्षधरको प्यानल
प्रधानमन्त्रीसमेत रहेका देउवा एउटा कार्यकालमा दुईपटक प्रधानमन्त्री बनेका छन्। उनले कांग्रेसको बागडोर सम्हालेपछि २०७४ सालमा प्रधानमन्त्रीका रुपमा चुनाव गराएका थिए। चुनावमा कांग्रेसले पराजय बेहोर्‍यो। 

पराजयबाट निराश बनेका कांग्रेसजनको आवाज बनेर ७ तजना युवा नेताले २०७४ पुस १५ गते एउटा संयुक्त विज्ञप्ति जारी गरे। विज्ञप्तिमार्फत युवा नेताहरुले भनेका थिए- ‘हामी विश्वास दिलाउन चाहन्छौं, हामी बदलिने छौं, कांग्रेसलाई बदल्नेछौं। राष्ट्रिय राजनीतिमा प्रमुख भूमिकाका साथ पार्टीलाई नयाँ उचाइमा पुर्‍याउनेछौं।’

पार्टी पराजयको ‘निर्मम समीक्षा’ सुरु गर्न माग गरिएको सो विज्ञप्ति निकाल्ने युवापुस्ताका नेताहरु विश्वप्रकाश शर्मा, चन्द्र भण्डारी, गगन थापा, धनराज गुरुङ, गुरुराज घिमिरे, प्रदीप पौडेल र बद्री पाण्डे थिए। 

उनीहरुले कांग्रेस सुधारका लागि सामूहिक प्रयत्न गरेको भन्दै ‘सप्तर्षि’को संज्ञा दिइएको थियो। ती सप्तर्षिमध्येका २ बाहेक सवै अहिले डा कोइराला प्यानलका पदाधिकारीका उम्मेदवारहरु हुन्। 

यी सातजना मध्येका एक विश्वप्रकाश शर्मा अहिले प्रकाशमान सिंह नेतृत्वको प्यानलमा महामन्त्रीका प्रत्यासी छन्। २०७४  पुस २६ गते शर्मालाई देउवाले पार्टी प्रवक्ता बनाए। ७ जनाको समूहबाट बाहिरिएर देउवाको क्याम्पमा पुगेका उनले ‘एज होइन, एजेण्डा’ महत्वपूर्ण रहेको बताउन थालेका थिए। अहिले देउवा क्याम्पबाट समेत बाहिरिन पुगेका छन्।

त्यसपछि २०७४ चैत-वैशाखमा बसेको केन्द्रीय कार्यसमिति बैठकमा शर्मा बाहेकका ६ जना सदस्यले ५१ पृष्ठको संयुक्त प्रतिवेदन पेस गरे। २०७५ वैशाख ११ मा केन्द्रीय कार्यसमितिमा पेस गरिएको प्रतिवेदनमा सभापतिलाई अनुरोध गर्दै भनिएको छ, 'यतिवेला चुनावी परिणाम तातो रहेको अवस्थामा नेतृत्वको कमजोरी मात्र देखिरहेका छौं होला, तर अविलम्ब महासमिति बैठक र शीघ्र महाधिवेशन गराएर सहजतापूर्वक नेतृत्व हस्तान्तरण गर्नेतर्फ लाग्नुभयो भने त्यो सभापतिज्यूको व्यक्तिगत हितमा त हुन्छ नै नेपाली कांग्रेस पार्टी, यसका लाखौं कार्यकर्ता र आमजनताले गौरव गर्ने नेतृत्वको पंक्तिमा अर्को एक नेतालाई जोड्न पाउँनेछन्।'

यही समूहले २०७५ असार ६ गते जिल्ला सभापतिहरुलाई सम्बोधन गर्दै पत्र लेख्यो र ५१ पृष्ठको प्रतिवेदन पनि अध्ययनको लागि वितरण गर्‍यो। सो समूहमा ८ जना चन्द्र भण्डारी, धनराज गुरुङ, गगनकुमार थापा, जीवन परियार, गुरूराज घिमिरे, प्रदिप पौडेल, रामकृष्ण यादव र किरण यादव थिए।

२०७५ मंसिरमा १२ जना पुगे। त्यही समयमा भएको महासमिति बैठकमा कांग्रेसमा परिवर्तनको प्रस्तावलाई १२ जना युवा नेताले अघि सारे। केन्द्रीय समितिमा पेस गरिएको ५१ पृष्ठ लामो प्रतिवेदनलाई विस्तार गरी ८८ पृष्ठको बनाइएको थियो। १२ जनामा चन्द्र भण्डारी, गगन थापा, धनराज गुरुङ, प्रदीप पौडेल, कमला पन्त, रत्ना शेरचन, बद्री पाण्डे, जीवन परियार, गुरुराज घिमिरे, कल्याण गुरुङ, रामकृष्ण यादव र किरण यादव थिए।

२०७८ साल मंसिर २५ गतेसम्म आइपुग्दा यो १२ जनाको समूहबाट प्रदीप पौडेल बाहिरिएर देउवा प्यानलमा पुगेका छन्। कांग्रेसमा परिवर्तनका लागि यो समूहमा रहेका उनको बोली पनि फेरिएको छ। देउवा प्यानलबाट शनिबार उम्मेदवारी दर्ता गरेपछि उनले भने, 'सवै कुरा एकैपटक हुँदैन।'

बाँकी नेताहरु चन्द्र भण्डारी र  धनराज गुरुङ उपसभापति, गगनकुमार थापा महामन्त्री र बद्री पाण्डे, जीवन परियार, रामकृष्ण यादव  र कमला पन्त सहमहामन्त्रीको उम्मेदवार हुन्।

गुटको गोलचक्कर, युवा पुस्ताको उपस्थिति
नेपाली कांग्रेसको रुप यसको चुनाव चिह्न रुख जस्तै छ। यसलाई जोगाउने जरा पनि अनेक छन् र यसलाई फैलाउने हाँगा पनि अनेक। पार्टीको स्थापनाकालदेखि नै गुटको गोलचक्करबाट गुज्रिरहेको कांग्रेस अहिले पनि त्यसबाट मुक्त छैन। 

त्यसैले आगामी महाधिवेशनमा कसले बाजी मार्ला भन्ने अनुमान गुटकै जराबाट गर्ने गरिन्छ। यस हिसाबले हेर्दा देउवा र डा कोइराला प्यानलकै टक्कर पर्न सक्छ। सभापतिका ६ जना उम्मेदवार भएकाले पहिलो चरणमै कसैले सभापतिमा जित हासिल गर्ने सम्भावना कम रहेको आकलन गर्न थालिएको छ। 

संस्थापन पक्षबाट विमलेन्द्र निधि बागी जस्ता देखिएका छन् भने संस्थापनइतरबाट प्रकाशमान सिंह। संस्थापनइतरको साझा उम्मेदवार बनाउने रणनीतिले मूर्त रुप पाउन नसकेपछि सिंह र डा कोइराला मैदानमा छन्। डा कोइरालालाई वरिष्ठ नेता रामचन्द्र पौडेल र वर्तमान महामन्त्री शशांक कोइरालाको साथ रहेकाले उनको अवस्था बलियो देखिन्छ। 

संस्थापन पक्षबाट बाहिर निस्केका निधिले देउवाको कति भोट घटाउँछन् भन्ने प्रश्नको उत्तरले मात्रै देउवा पहिलो चरणमै सभापति दोहोरिने वा नदोहोरिने टुंगो लाग्नेछ। सिंहले संस्थापन पक्षबाट शर्मा र इतरबाट सुजाता कोइरालालाई आफ्नो प्यानलमा पारेका छन्। त्यसले उनको भोट संख्या केही बढाउने देखिन्छ। 

गुटको यो गोलचक्कर मुख्य जरा हो। त्यसपछि चुनावमा चल्ने 'ह्वीम'ले अर्थ राख्छ। खासगरी नयाँ पुस्ताका नेताका पक्षमा यसपल्ट कांग्रेसमा माहोल देखिन्छ। त्यो माहोलले नतिजामा केही उलटफेर गर्न सक्छ।

महाधिवेशन प्रतिनिधिमा पनि ठूलो संख्या नयाँ पुस्ताको भएकाले आँखा चिम्लेर प्यानलमै भोट हाल्ने सम्भावना कम छ। उनीहरुले 'भोट क्रस' गर्ने हुँदा नेपाली कांग्रेसको आगामी केन्द्रीय समिति एकपक्षीय भने हुनेछैन। 

प्रकाशित मिति: शनिबार, मंसिर २५, २०७८  २१:०६
  • #कांग्रेस_१४औं_महाधिवेशन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवित उद्धार गरियो शुक्रबार, भदौ १९, २०८३
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शुक्रबार, भदौ १९, २०८३
भोटेकोशी बाढी : १ हजार २९० शव फेला, ४ हजार ७९८ बेपत्ताको खोजी जारी शुक्रबार, भदौ १९, २०८३
नुवाकोटका बाढीपीडितको पुनस्र्थापनाबारे मन्त्री रावलद्वारा जनप्रतिनिधिसँग छलफल शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
मन्त्रिपरिषद् बैठक: यस्ता छन् सात निर्णय बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्