काठमाडौं– ‘मिस वर्ल्ड नेपाल’को यो वर्षको उपाधि पाएकी नम्रता श्रेष्ठ हाल अमेरिकामा भइरहेको मिस वर्ल्डमा भाग लिन पुगेकी छिन्। यसबीच नम्रताको यात्रा मिस वर्ल्डको टप ३० सम्म पुगेको छ।
नम्रताले इन्डोनेसियाको प्रतिनिधित्व गर्दै आएकी प्रतियोगीलाई पछि पार्दै टप ३० मा आफ्नो स्थान सुरक्षित बनाएकी हुन्। उनले हेड–टु–हेड च्यालेन्जमार्फत इन्डोनेसियाकी कार्ला युलिसलाई पछि पार्दै टप ३० मा उक्लिएकी हुन्।
प्रतियोगिताको फाइनल डिसेम्बर १७ मा अमेरिकामा हुँदैछ। नम्रतासँगै पाराग्वे, क्यामरुन, फिलिपिन्स, बोट्सवाना, निकुरागुवालगायतका देशका अन्य सुन्दरीले पनि शीर्ष ३० मा स्थान सुरक्षित बनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।