• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

कांग्रेस नेतृत्वमा महिला : आरक्षणको एउटा पदमा ७ नेताको आँखा, खुला प्रतिस्पर्धा गर्ने ‘स्पेस’ नै बनाइएन

64x64
डिबी खड्का बिहीबार, मंसिर २३, २०७८  १८:३५
1140x725

काठमाडौं– नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट १३ जना पदाधिकारी चयन हुँदैछन्। १३ जना पदाधिकारीमा महिलामा १ जनाको मात्रै प्रतिनिधित्व हुने देखिएको छ। त्यो पनि विधानले व्यवस्था गरेको महिला कोटामा। 

कांग्रेसले विधानमै एक सह–महामन्त्री महिला हुनुपर्ने व्यवस्था गरेको छ। उक्त पदमा बाहेक अन्यमा महिला नेतृहरुले आकांक्षा नै प्रस्तुत गरेका छैनन्। बरु आरक्षित एउटै पदमा धेरै जना महिला नेताहरुको उम्मेदवारी पर्ने सम्भावना बढेको छ। 

महिला सहमहामन्त्रीमा उम्मेदवारी दिने आकांक्षा पुष्पा भूसाल , चित्रलेखा यादव र डिना उपाध्यायले संस्थापन पक्षबाट गरेका छन्। संस्थापनइतरबाट डिला संग्रौला, कमला पन्त, सीता गुरुङ र ईश्वरी न्यौपानेले सहमहामन्त्रीमा दाबी गरिरहेका छन्। 

विधानमा पदाधिकारीमा महिलाको एउटा सिट सुनिश्चित गरिए पनि व्यवहारमा थप केही स्थानमा महिला ल्याउने वातावरण बन्नेमा कांग्रेस नेतृ पुष्पा भूसाल आशावादी थिइन्। कांग्रेस महाधिवेशनको चर्चा सुरु हुँदै गर्दा नेपाल लाइभको 'बहसमा कांग्रेस'मा कुराकानी गर्दै उनले भनेकी थिइन्, 'प्रतिनिधित्व ३३ प्रतिशत सुनिश्चित भयो। प्रतिनिधित्वको अर्थ नेतृत्व विकास हो, तर नीति निर्माणमा महिलाको संख्या बढाउन पदाधिकारीमा महिलाको संख्या बढ्नुपर्छ। कांग्रेसले आफूलाई महिलामैत्री देखाउन पनि पदाधिकारीमा महिलाको संख्या बढाउनेछ।' 

सहमहामन्त्री महिला अहिले विधानमा लेखिए पनि पदाधिकारीमा महिला समेट्ने कांग्रेसको परम्परा रहेको र अहिलेको संख्यामा वृद्धि हुनुपर्ने उनको बुझाइ छ। तर, महाधिवेशनको एक दिन अघिसम्म कुनै गुटले पनि सहमहामन्त्री (महिला) बाहेकबाट पदाधिकारीमा महिलालाई स्थान दिने संकेत गरेका छैनन्।  

सभापतिकी दाबेदार सुजाता कोइराला 'रेस'बाट केही समयअघि नै बाहिरिइसकेकी छन् भने वर्तमान कोषाध्यक्ष सीतादेवी यादवलाई त्यसभन्दा अगाडि बढाउने विषयमा नेतृत्व सकारात्मक देखिँदैन।

गुटको राजनीति बाधक 
नेपालका सबैजसो राजनीतिक दलहरु गुटबाट गुज्रिरहेका छन्। कांग्रेस पनि स्थापनाकालदेखि यसको अभ्यास गरिरहेको छ र असर भोगिरहेको छ। महिलालाई नेतृत्वमा अघि बढ्न गुटगत राजनीतिले पनि छेकबार लगाइरहेको कांग्रेस केन्द्रीय सदस्य प्रतिमा गौतम बताउँछिन्। 

उनले भनिन्, 'निर्वाचनमा जाँदा निश्चित गुटमा नपरी जित्ने सम्भावना हुँदैन। कार्यकारी पद वा पदाधिकारीमा महिलाले दाबी गर्नुभन्दा पहिले पुरुषहरुको व्यवस्थापनमा समस्या आउँछ। त्यसपछि फेरि महिलालाई समावेशी कोटामै व्यवस्थापन गर्नुपर्छ।' त्यस्तो अवस्था नहुँदा महिलाहरुले जुनसुकै पदमा आफूलाई उभ्याउन सक्ने उनको भनाइ छ। 

Ncell 2
Ncell 2
nimb
nimb

कांग्रेसकै अर्की केन्द्रीय सदस्य किरण यादव पनि गुटगत र नेताको निकटताका आधारमा टिकट पाउने भएकाले पनि महिलाहरुलाई कोटा बाहिरबाट उठ्ने निर्णय गर्न समस्या परेको बताउँछिन्। उनले भनिन्, 'पार्टीमा विभिन्न खेमा छ। म पनि कुनै खेमामा छु। त्यहाँ सल्लाह गर्नैपर्छ। त्यसपछि मात्रै उम्मेदवारी तय गर्नुपर्ने बाध्यता छ।'

कांग्रेस केन्द्रीय सदस्य कमला प्रसाईं पनि अहिल्यै अन्य पदमा महिलाहरुलाई पत्याउने अवस्था सिर्जना हुन नसकेको बताउँछिन्। कसैले आँट गर्दा पनि जित्न सहज नभएको उनको बुझाइ छ। उनले थपिन्, '१४औं महाधिवेशनमा त भन्न सक्दिनँ, तर १५औं मा भने आरक्षण बाहेकका पदमा समेत उम्मेदवारी दिने र जित्ने अवस्था बन्छ।'

खुला सदस्यमा हार्दाको झस्काइ
नेपाली कांग्रेसको पदाधिकारीमा मात्रै होइन, केन्द्रीय कार्यसमितिमा समेत महिलाले आरक्षित कोटाभन्दा बाहिर गएर उम्मेदवारी दिने सम्भावना कम छ। विधानमै केन्द्रीय समितिको एक तिहाइ अर्थात् ३३ प्रतिशत महिला समेट्नुपर्ने उल्लेख छ। यही वैधानिक व्यवस्थाभित्रै आकांक्षीहरु अटाउने एउटा सम्भावना हो भने अर्को, १३ औं महाधिवेशनमा खुला सदस्य उठ्दा पराजय बेहोरेकी महालक्ष्मी उपाध्याय डिनाको नियति।

दुई कार्यकाल महिला कोटाबाट केन्द्रीय सदस्य बनिसकेकी डिनाले १३ औं महाधिवेशनमा खुलाबाट प्रतिष्पर्धा गरिन्। उनलाई लागेको थियो- आरक्षणबाट अरु महिलालाई अवसर दिउँ। मेरो योगदानको कदर पार्टी कार्यकर्ताले गरिहाल्छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

नतिजा उनले अपेक्षा गरेजस्तो आएन। उनी केन्द्रीय सदस्यमा पराजित भइन्। उनको पराजय कांग्रेसमा राजनीति गरिरहेका धेरै महिलाका लागि अनपेक्षित भयो। यसले खुला प्रतिस्पर्धामा उत्रिनुअघि एकपल्ट सोच्नुपर्ने बनाएको छ। 

खुलामा डिनाले हार्नुको कारण कांग्रेसभित्रको 'निश्चित सञ्जाल' रहेको कांग्रेस सांसद रंगमति शाही बताउँछिन्। नेपाल लाइभको कांग्रेस महाधिवेशन केन्द्रित शृंखला ‘बहसमा कांग्रेस’मा बोल्दै उनले यस्तो बताएकी हुन्। 

डिना आफूले भने संघर्षकै अर्को एउटा चरणका रुपमा लिएकी छिन्। उनी भन्छिन्, 'मैले हारेर जितेकी हुँ। त्यही हारका कारण केन्द्रीय कमिटीमा महिलाको उपस्थिति ३३ प्रतिशत पुर्यारउन सफल भएका छौं।'

आफूलाई हराउने अनेक तत्वमध्ये खुलामा महिलाले जित्दा 'ओज बढ्ने' केहीको सोचले काम गरेको उनले केही समयअघि नेपाल लाइभसँगको कुराकानीमा बताएकी थिइन्। उनी भन्छिन्, 'म सरहकै राजनीति गरेकाहरुमा यसले खुला जित्दा यसको ओज बढ्छ भन्ने लागेको रहेछ। त्यसैले टिमभित्र पनि अन्तरघात भयो।' महिलालाई नेता नमान्ने सोचले २०४८ सालको संसदीय चुनाव हारेको उनले स्मरण गरिन्। उनले सम्झिइन्, '२०४८ सालमा मैले सांसद हार्नुपर्ने कारण पछि आएर केही मान्छेले सुनाए। त्यो के रहेछ भने धेरै नेताहरुलाई जिति भने यो नेता हुन्छे, हामी अन्डरमा बस्नुपर्छ भन्ने लागेको रहेछ।'

कांग्रेसमा महिला सहभागिताको विगत
नेपाली कांग्रेसको राजनीतिमा महिला सहभागिताको विगत हेर्दा द्वारिकादेवी चन्द ठकुरानीको नाम अग्रपंक्तिमा देखिन्छ। ठकुरानी २०१५ सालको आमनिर्वाचनमा निर्वाचित भई स्वास्थ्य सहायकमन्त्री बनेकी थिइन्। कांग्रेसमा अहिलेसम्म महिला पुगेको उच्च पद उपसभापति हो जहाँ शैलजा आचार्य पुगेकी थिइन्। 

शैलजा आचार्य र सुजाता कोइराला उपप्रधानमन्त्री बनेका छन्। चित्रलेखा यादव पार्टीको कोषाध्यक्ष र संसदको उपसभामुख बनेकी छन्। सीतादेवी यादव १३ ‍औं महाधिवेशनबाट कोषाध्यक्ष बनेकी छिन्। सहभागिताका हिसाबले महिलाले अवसर पाए पनि अझै कांग्रेसको कार्यकारी तहमा भने महिलाको उपस्थिति देखिन सकेको छैन। १४औं महाधिवेशनमा पनि त्यसको संकेत देखिँदैन। 
 

प्रकाशित मिति: बिहीबार, मंसिर २३, २०७८  १८:३५
  • #नेपाली_कांग्रेस
  • #कांग्रेस_१४औं_महाधिवेशन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्