• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

कांग्रेस केन्द्रमा ‘नेवि संघ पुस्ता’को वर्चस्व, यसपटक कसले गर्लान् इन्ट्री? 

64x64
डिबी खड्का बिहीबार, मंसिर २३, २०७८  १५:१८
1140x725

काठमाडौं- नेपाली कांग्रेसको नेतृत्व गरिरहेका र अर्को कार्यकालको निम्ति नेतृत्वकै आकांक्षा गरिरहेका सभापति शेरबहादुर देउवा नेपाल विद्यार्थी संघ (नेवि संघ)बाट राजनीतिमा आएका हुन्। २०२८ सालमा नेवि संघको सभापति बनेका देउवाले त्यही 'शक्ति'बाट कांग्रेसमा आफ्नो पकड बनाए। 

देउवा मात्र होइन, कांग्रेसको सभापति दाबी गरिरहेका रामचन्द्र पौडेल, विमलेन्द्र निधि र कल्याण गुरुङसमेत नेवि संघबाट पार्टी राजनीतिमा उक्लिएका नेता हुन्।  

सभापतिका आकांक्षी पौडेल २०२३ सालमा सरस्वती क्याम्पसका विद्यार्थी युनियन सभापति निर्वाचित भएका थिए। २०२७ सालमा नेपाल विद्यार्थी संघको स्थापनामा पौडेलको समेत महत्वपूर्ण भूमिका छ र विपिन कोइराला सभापति भएको उक्त समितिका उनी संस्थापक केन्द्रीय सदस्य हुन्।

त्यसपछि २०२८ सालमा भएको दोस्रो महाधिवेशनमा देउवा सर्वसम्मत सभापति बनेका हुन्। 

कांग्रेस सभापतिका अर्का आकांक्षी विमलेन्द्र निधि २०३६ सालमा भएको तेस्रो महाधिवेशनबाट सर्वसम्मत रुपमा सभापति बने। यसैगरी अध्यक्षमै उम्मेदवारी घोषणा गरेका कल्याण गुरुङ  पनि नेवि संघ पुस्ताकै नेता हुन्। उनी कांग्रेस विभाजन गरेर शेरबहादुर देउवाले नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गरेपछि सो पार्टीको विद्यार्थी संगठनको सभापति बनेका थिए। 

महामन्त्रीमा पनि ‘नेवि संघ पुस्ता’कै वर्चस्व

सभापतिमा मात्र होइन, कांग्रेसको अर्को महत्त्वपूर्ण पद महामन्त्रीमा दाबी गर्नेमा पनि नेवि संघबाटै नेता बनेकाहरुको वर्चस्व छ। २०४४ सालमा भएको पाँचौ महाधिवेशनबाट सर्वसम्मत नेवि संघ सभापति बनेका वर्तमान गृहमन्त्री बालकृष्ण खाणले महामन्त्री दाबी गरेका छन्।

उनीपछि २०४८ सालमा भएको महाधिवेशनबाट नेवि संघ सभापति जितेका एनपी साउद पनि सभापति देउवाको प्यानलबाट महामन्त्रीको आकांक्षा दर्शाइरहेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

२०३९ सालमा नेवि संघको तदर्थ समितिको नेतृत्व गरेका ज्ञानेन्द्रहादुर कार्की महामन्त्रीका अर्का प्रत्यासी हुन्। २०४० सालमा नेवि संघको सभापति ताकेका तर, हुन नपाएका डा प्रकाशहरण महत महामन्त्रीका अर्का दाबेदार हुन्। 

देउवा प्यानलबाटै महामन्त्रीको दाबी गर्ने विश्वप्रकाश शर्मा पनि नेवि संघका निर्वाचित सभापति हुन्। २०५७ सालमा भएको आठौँ महाधिवेशनमा उनी नेवि संघ सभापति निर्वाचित भएका हुन्।

स्थापनइतरबाट गगन थापा र प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन्। दुवैको नेताका रुपमा जन्म नेवि संघबाटै भएको हो। महामन्त्रीका बलिया दाबेदार मानिएका थापा २०५९ साल देखि २०६१ सालसम्म नेवि संघको महामन्त्री थिए।

यसैगरी २०६४ सालमा भएको १० औं महाधिवेशनबाट नेवि संघको सभापति बनेका प्रदीप पौडेल महामन्त्रीकै दाबी गरिरहेका छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यसैगरी सहमहामन्त्री घोषणा गरेका बद्री पाण्डे र रञ्जित कर्ण पनि विद्यार्थी राजनीतिबाट उदाएका नेताहरु हुन्। पाण्डेले पिछडिएको क्षेत्र र कर्णले मधेशी कोटाबाट सहमहामन्त्रीको दाबी गरिरहेका छन्।  

नेवि संघबाट को-को उक्लिन खोज्दैछन् पार्टी नेतृत्वमा?

नेपाली कांग्रेसको चौधौं महाधिवेशनबाट पनि धेरै विद्यार्थी नेताहरु आफूलाई पार्टीका नेता बनाउने तयारीमा छन्। नेवि संघका विभिन्न पदमा रहेर काम गरेका र गरिरहेकाहरुले आगामी महाधिवेशनबाट पार्टी केन्द्रमा उक्लिने आकांक्षा राखेका हुन्।

नेवि संघका वर्तमान अध्यक्ष राजीव ढुंगानाले विद्यार्थी राजनीतिबाट पार्टी राजनीतितर्फ जाने घोषणा गरेका छन्। उनकै कार्यसमितिका उपाध्यक्ष तुलसा पन्त, महामन्त्रीहरु उर्मिला थपलिया र दीपक भट्टराई पनि पार्टी केन्द्रीय सदस्यमा उठ्ने बताउँछन्। 

नेवि संघका पूर्वअध्यक्ष नैनसिंह महराले केही महिनाअघि नै केन्द्रीय सदस्यमा उम्मेदवारी रहने घोषणा गरेका थिए। पूर्वउपाध्यक्ष प्रमोदहरि गुरागाईं, डिल्लीराम सुवेदी, कृष्णकुमारी बस्नेतले केन्द्रीय सदस्यका लागि भोट माग्न थालेको केही महिना बितिसकेको छ।

पूर्वमहामन्त्रीहरू प्रतिमा गौतम, कुन्दन काफ्ले, मनोजमणि आचार्य पनि केन्द्रीय सदस्यका आकांक्षी छन्।

प्रकाशित मिति: बिहीबार, मंसिर २३, २०७८  १५:१८
  • #कांग्रेस_१४औं_महाधिवेशन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्