• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ २५, २०८३ Thu, Sep 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

इच्छाराज ठगी प्रकरण : अख्तियारका आयुक्तदेखि पूर्वप्रधानसेनापतिसम्म यसरी ठगिए

64x64
नारायण अधिकारी बुधबार, मंसिर २२, २०७८  ०९:००
1140x725

काठमाडौं- संगठित ठगीको आरोपमा पक्राउ परेका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङको सिभिल सहकारीबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगका बहालवाला आयुक्तदेखि पूर्वप्रधानसेनापतिसम्म ठगिएको पाइएको छ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा परेका एक हजार ५०३ जना पीडितको सूचीमा अख्तियारका आयुक्त डा सुमित्रा श्रेष्ठ अमात्यदेखि पूर्वप्रधानसेनापति रुकमाङ्‍गत कटवालसम्मको नाम उल्लेख छ। आयुक्त अमात्य र छोरा सूर्यनरसिंह अमात्यको नामबाट सिभिल सहकारीमा एक करोड २२ लाख ५० हजार रुपैयाँ जम्मा भएको र हालसम्म त्यसको सावाँ-ब्याज नपाएको भन्दै उनका श्रीमान् दिवस अमात्यले जाहेरी दिएका थिए।

त्यसैगरी पूर्वप्रधानसेनापति कटवालसहित उनकी श्रीमती उमा र रुकमाङ्‍गत कटवाल ट्रस्टसमेत ठगिएको जाहेरी परेको छ। कटवाल परिवार र उनको ट्रस्टबाट मात्रै एक करोड ७७ लाख ३७ हजार ९३५ रुपैयाँ सिभिल सहकारीमा जम्मा गरेका थिए। त्यसको हालसम्म सावाँ-ब्याज भुक्तानी नभएको भन्दै कटवालको तर्फबाट सुलक्षणा ढकालले जाहेरी दिएकी हुन्। सुलक्षणा रुकमाङ्‍गत कटवाल ट्रस्टकी कोषाध्यक्ष हुन्। पूर्वप्रधानसेनापति कटवालको नामबाट मात्रै सिभिल सहकारीमा एक करोड रुपैयाँ जम्मा भएको थियो। त्यसैगरी उनकी श्रीमती उमाको नाममा आठ लाख रुपैयाँ जम्मा भएको थियो। बाँकी रकम भने ट्रस्टको नामबाट सहकारीमा जम्मा भएको भन्दै जाहेरी परेको थियो।

कलाकार तथा अभिनेत्री बसुन्धरा भुसालसमेत ठगिएको भन्दै इच्छाराजविरुद्ध जाहेरी परेको खुलेको छ। बसुन्धरा र उनका श्रीमान्समेतले सिभिल सहकारीमा रकम जम्मा गरेका थिए। बसुन्धराको नामबाट एकपटक २० लाख ३३ हजार ३५१ रुपैयाँ सिभिल सहकारीमा जम्मा भएको जाहेरीमा उल्लेख छ। अर्को एक पटक पनि उनकै नामबाट ११ लाख ७१ हजार ४९ रुपैयाँ जम्मा भएको थियो।

बसुन्धरा र उनका श्रीमान् चेतनारायणको नामबाट एक लाख १५ हजार ३१९ रुपैयाँ, बसुन्धरा र शैलेशको नामबाट छ लाख ७३ हजार ७४५ रुपैयाँ, प्रकाश शर्मा र चेतनारायण भुसालको नामबाट ३५ लाख ९८ हजार ५८ रुपैयाँ र चेतनारायण भुसालको नामबाट मात्रै १६ लाख ८५ हजार १९९ रुपैयाँ जम्मा भएको थियो। उक्त रकमको हालसम्म साँवा-ब्याज नपाएको भन्दै इच्छाराजविरुद्ध जाहेरी परेको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

उनीहरुजस्तै ठूलो सङ्ख्यामा उच्चपदस्थ व्यक्तिहरु इच्छाराजको सिभिल सहकारीबाट ठगिएको सीआईबी स्रोतले जनाएको छ। ठगिनेहरु अधिकांश लोभमा परेर ठगिएको पाइएको छ। १७ प्रतिशतका दरले ब्याज दिने र रकम जम्मा गरेबापत उपहारस्वरुप सुनको सिक्कासमेत पाउने प्रलोभनमा ठगिएको अनुसन्धानबाट खुलेको छ।

उक्त प्रलोभनमा जितनीदेवी कोइरिनले २०६८ सालमा ८० लाख रुपैयाँ सिभिल सहकारीमा जम्मा गरेकी थिइन्। पछि जम्मा रकम बढाउँदै एक करोड १९ लाख ५४ हजारसम्म पुर्‍याएकी थिइन् भने रकम जम्मा गरेबापत उनले आठ वटा सुनका सिक्कासमेत उपहार पाएकी थिइन्।

चार करोड आठ लाख ९७ हजार रुपैयाँ जम्मा गरेका सुभाष्करराज राजकर्णिकारले चार थान सुनका सिक्का पाएका थिए। यसरी अधिकांशले प्रलोभनमा परेर सिभिल सहकारीमा रकम जम्मा गरेको खुलेको छ।

कतिसम्म भने विशुद्ध सेवा गर्ने उद्देश्यले स्थापना गरिएको रुकमाङ्‍गत कटवाल ट्रस्ट समेतले सिभिल सहकारीमा लगानी गरेर नाफा कमाउने उद्देश्य राखेको खुलेको छ। पूर्वप्रधानसेनापति कटवालले ‘सहाराविहीनका लागि परोपकारी अभियान’ नाराका साथ यो ट्रस्ट खोलेका थिए। तर, उही ट्रस्टले सिभिल सहकारीमा लगानी गरेर नाफा कमाउने उद्देश्य राखेको खुलेको छ।

प्रकाशित मिति: बुधबार, मंसिर २२, २०७८  ०९:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
शेयर बजार: नेप्से परिसूचक १३.८५ अंकले घटेर २,५३१.५५ बिन्दुमा बन्द बजार परिसूचक नेप्से १३. ८५ अंक घटेको छ । अघिल्लो दिन पनि नेप्से १५.४३ अंक घटेको थियो । आजको कारोबारपछि नेप्से २५३१ अंकमा कायम भएको छ... बिहीबार, भदौ २५, २०८३
एनएमबि बैंकको २४ हजारभन्दा बढी संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा एनएमबि बैंकले २४ हजार ३१२ कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ। बैंकले सूचना जारी गर्दै बिहीबारदेखि उक्त सेयर बि... बिहीबार, भदौ १८, २०८३
नेप्सेमा गिरावट कायमै, ५ अर्ब ७ करोडको कारोबार नेप्सेमा दोहोरो अंकको गिरवाट आएसँगै आज २६२२ विन्दुमा कायम भएको छ। मंगलबार, भदौ २, २०८३
ताजा समाचारसबै
शेयर बजार: नेप्से परिसूचक १३.८५ अंकले घटेर २,५३१.५५ बिन्दुमा बन्द बिहीबार, भदौ २५, २०८३
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ बिहीबार, भदौ २५, २०८३
अस्पतालबाहिर सुत्केरी घटनाको छानबिन गर्न सरकारी टोली राजविराज जाँदै बिहीबार, भदौ २५, २०८३
रास्वपाको नजरमा २०८२ भदौ २४ 'विध्वंस' बिहीबार, भदौ २५, २०८३
भोटेकोशी विपद् प्रभावितलाई मनोसामाजिक परामर्श दिन कांग्रेसले तयार गर्‍यो ४६ जनशक्ति बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राप्रपा संसदीय दलका नेता उद्धव थापासहित ४ सांसद पदमुक्त नहुने बुधबार, भदौ २४, २०८३
न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध महाभियोगको सूचना संसद् सचिवालयमा दर्ता बिहीबार, भदौ २५, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, यस्ता विषयमा हुँदैछ छलफल बिहीबार, भदौ २५, २०८३
ग्यास उद्योगीलाई पाता फर्काउने मन्त्रीको बोली ‘बढी’ बुधबार, भदौ २४, २०८३
सेनाले भोटेकोशीको टनेलमा थप एउटा शव फेला पर्‍यो बुधबार, भदौ २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
क्षणभरमै सत्ता खरानी हुन सक्छ भन्ने जेन्जी विद्रोहको सन्देश नभुलौँ नेपाल लाइभ
जेनजी आन्दोलनको एक वर्ष : परिवर्तन भयो त? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्