काठमाडौं- दुई वर्षयता हरेक वर्ष देशैभरका सातै प्रदेशमा ‘सप्तरङ्ग’ सांस्कृतिक कार्यक्रम गर्दै आएको गृष्मा ब्रोडकास्टिङले कार्यक्रमको तेस्रो संस्करण घोषणा गरेको छ।
सोमबार पत्रकार सम्मेलन गर्दै आयोजकले सातवटै प्रदेशमा हुने ‘सप्तरङ-३’बारे जानकारी दिएको हो।
आयोजकका अनुसार मङ्सिर २४ गतेबाट कार्यक्रम सुरु हुनेछ। पूर्वी नेपालस्थित काँकडभिट्टाबाट सुरु हुने कार्यक्रम पुस ९ गते पोखरामा समापन हुने बताइएको छ। सातवटै प्रदेशमा गरिने कार्यक्रमको मूल आशया सद्भाव र ऐक्यबद्धता रहेको बताइएको छ।
काँकडभिट्टाबाट सुरु हुने कार्यक्रम जनकपुरमा मङ्सिर २६ गते, नेपालगञ्जमा पुस १ गते, सुर्खेतमा पुस ३ गते, धनगढीमा पुस ५ गते र पोखरामा पुस ९ गते हुनेछ।
यस वर्षको कार्यक्रममा गायक गायिकादेखि अभिनेतासम्मको टोलीले यात्रा गर्दै छ। अभिनेता राजेश हमाल, गायक बद्री पङ्गेनी, रामकृष्ण ढकाल, अनिल सिंह र प्रमोद खरेल, गायिका मिलन नेवार र अस्मिता अधिकारी, हास्यकलाकार सन्दीप क्षेत्री र राजा राजेन्द्र तथा मोडल उषा उप्रेती कार्यक्रममा सहभागी हुने आयोजकले गृष्मा ब्रोडकास्टिङले जनाएको छ।
दोस्रो संस्करणको सफल आबद्धपश्चात् यो पटक फेरि टीभीएस मुख्य प्रायोजकको रुपमा आबद्ध भएको छ। यो पटक टीभीएसले आफ्नो नयाँ बाइक टीभीएस राइडर साथ लिएर प्रचार अगाडि बढाउने भएको छ।
केही साता अगाडिमात्र नेपाली बजारमा सार्वजनिक गरिएको टीभीएस राइडरलाई यसको स्पोर्टी लुक्स, पावर र पिकअप ले गर्दा ग्राहकहरुको मन जित्न सफल भएको कम्पनीको भनाइ छ। सातवटै प्रदेशमा सप्तरंगसँग आबद्ध भइ टीभीएस राइडर पनि सातवटै प्रदेशमा भव्य लञ्च गरिने कम्पनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।