• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

वामपन्थीले हुर्काइरहेका ‘राजावादी’

64x64
डिबी खड्का आइतबार, मंसिर १९, २०७८  १७:५८
1140x725

काठमाडौं– २०७२ सालमा नेपालको संविधान जारी भएपछि गरिएको पहिलो आमनिर्वाचन २०७४ बाट 'राजावादी'हरुलाई बिदा गर्ने अवसर लोकतान्त्रिक गणतन्त्र अंगिकार गरेका दलहरुसँग थियो। ११ वर्षअघि राजतन्त्र ढालेका दलहरुले त्यसका पक्षधरलाई समेत संसद्बाहिरै राख्ने अवसर उपयोग गर्न सकेनन्। त्यसको परिणाम हुन् राजेन्द्र लिङ्देन।

२०७४ सालमा झापा क्षेत्र नम्बर ३ को मतपरिणाम घोषणा हुँदा दृष्य कस्तो दारुण देखियो भने गणतन्त्रका लागि मरिमेटेका कांग्रेस नेता कृष्ण सिटौला हारे। राजावादी भएका कारण त्यही क्षेत्रका जनताले २०६२\६३ मा कालोमोसो दलेका राजेन्द्र लिङ्देनले माननीयको माला लगाए। 

यो स्वर्णिम अवसर दिनेमा दक्षिणपन्थ पक्षधर र सामन्तवादको अवशेष भन्दै लिङ्देनको घर जलाउने माओवादी पनि हो। एमालेका लागि आफ्नै अध्यक्ष केपी शर्मा ओलीलाई झापा क्षेत्र नम्बर ३ मा जिताउने 'अवसर' कार्यान्वयनको अर्को शृंखला थियो त्यो।

गणतन्त्रवादीले जिताउँदै लगेका राजावादी
वामगठबन्धन अर्थात् एमाले–माओवादीको समेत भोट प्राप्त गर्दा लिङ्देनले कांग्रेस नेता सिटौला भन्दा १२ हजार बढी मतले जिते। सिटौलाले ३१,१७१ मत प्राप्त गरेका थिए भने लिङ्देनले ४४,६१४ मत। तर, उक्त क्षेत्रमा लिङ्देनको राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकमा जम्मा १६ हजार १ सय ६८ मत मात्रै प्राप्त गर्‍यो। यसको अर्थ लिङ्देन जिताउने झन्डै २८ हजार मत एमाले र माओवादीको थियो।

बहुदलपछि बनेको, तर त्यसपछि पनि राजाले गरेका शासनमा रजगज गरेको पञ्चहरुको यो पार्टीको सुक्दै गरेको 'बिउ'मा लिङ्देनको जित 'टुसा' बनेर पलाएको छ। इतिहास भइसकेको राजसंस्थालाई ब्युँताउने र खुट्टो टेक्दै गरेको धर्मनिरपेक्षतालाई फेरि ढाल्ने 'खड्ग' बोकेर लिङ्देन राप्रपाको नेतृत्व लिन आइपुगेका हुन्। 

जितकै दिन उनले भनिसके, 'हामीले राजसंस्था र हिन्दूराज्य चाहियो भनेर सडकमा भएकालाई जोड्न सकेका छैनौं। त्यसतर्फ ध्यान दिनुपर्छ।' नेपालको संविधानअन्तर्गत रहेको संघीय संसद्का यी सदस्यले निर्धक्क संविधानविरुद्ध लाग्ने उद्घोष गर्ने वातावरण वामपन्थी दलहरुले नै सिर्जना गरेका हुन्। 

'लोपोन्मुख' पार्टी राप्रपाबाट झापा-३ मा जितेपछि बनेको उनको व्यक्तित्वले उक्त पार्टी बौरिँदो छ। त्यही जितको हवाला दिएर उनी यतिबेला राप्रपाको अध्यक्ष बनेका छन्। हेर्दा राप्रपाका प्रतिनिधिले जिताए जस्तो देखिए पनि यसमा सबैभन्दा ठूलो योगदान एमाले र माओवादीको छ। उनीहरुले लिङ्देनको व्यक्तित्व 'राष्ट्रिय' नबनाएका भए उनको उदय सायद सम्भव हुने थिएन।

संरक्षण हुँदै जाने सम्भावना
२००७ सालमा प्रजातन्त्र ल्याएर अर्को ८ वर्षमा खोसिएको र २०४६ सालमा बहुदल ल्याएर २०५९ सालमा खोसिएको इतिहास लोकतान्त्रिक गणतन्त्रका पक्षधरले बिर्सेका छन्। यो व्यवस्थाका लागि रगत बगाउनेहरुको योगदानलाई कुल्चिँदै 'अब्बल राजावादी' जिताउन उनीहरु फेरि पनि सक्रिय हुने सम्भावना टरेको छैन। 

Ncell 2
Ncell 2
nimb
nimb

राप्रपाले त आफ्नो प्रमुख दुई अजेन्डामा एक हिन्दूराज्य घोषणालाई राखेको छ। धर्मनिरपेक्षतावादी नेकपा एमाले पनि त्यही लाइनतिर झुकिरहेको संकेत यसका अध्यक्ष केपी शर्मा ओलीका पछिल्ला गतिविधिले गरिरहेका छन्। 

संयोगले केही दिनको अन्तराल पारेर यी  दुवै 'झापाली'हरु आ-आफ्नो पार्टीको नेतृत्वमा पुगेका छन्। हिन्दू धर्मका विषयमा उनीहरुको 'समान मान्यता'ले अझ निकट पुर्‍याउन सक्छ। त्यसैमाथि ५ दलीय गठबन्धनका कारण एक्लिएका ओलीले आगामी निर्वाचनमा केही ठाउँमा राप्रपासँग तालमेल गर्ने सम्भावना कायम छ। 

दुवै पार्टी अध्यक्षले आफूलाई सुरक्षित गर्न पनि एक अर्कालाई सघाउनुपर्ने हुन सक्छ। किनभने २०७४ सालको मतपरिणाम अनुसार लिङ्देनको क्षेत्रमा एमालेसँग १९ हजार ८ सय २९ भोट छ, जुन एमालेको उम्मेदवार जिताउन प्रशस्त हुँदैन। कांग्रेस एक्लैको ३१,१७१ मत छ।

ओलीले चुनाव जितेको झापा क्षेत्र नं ५ मा राप्रपाको ९ हजार ५९ मत छ, जुन मतले ओलीलाई चुनाव जित्न थप सहज बन्न सक्छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

जरो गाड्दै जाने जोखिम
झापा मात्रै होइन, एमालेले राप्रपासँग थप दुई जिल्लामा रणनीतिक सहकार्य गर्नसक्ने सम्भावना छ। ती पनि महानगर र उपमहानगर रहेका चितवन र बाँकेका निर्वाचन क्षेत्र।

चितवन क्षेत्र नम्बर ३, २०७४ सालमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' वाम गठबन्धनबाट विजयी भएको क्षेत्र हो। समानुपातिक मत परिणामको हिसाब गर्ने हो भने माओवादी केन्द्र मात्रै उक्त क्षेत्रमा तेस्रो हुन्छ। उसँग जम्मा २२ हजार ९ सय ८८ मत छ। 

पहिलो पार्टी कांग्रेस देखिन्छ, कांग्रेससँग २६ हजार १ सय ३७ मत छ भने एमाले दोस्रो पार्टी हो र उसँग २४ हजार १ सय ५५ मत देखिएको छ। राप्रपाको समानुपातिक मत जम्मा ५ हजार ६ सय ३३ छ। 

समानुपातिक मत परिणामअनुसार विक्रम पाण्डेले जम्मा ३१ हजार ७ सय ७० मात्रै प्राप्त गर्नुपर्ने हुन्छ, तर उनले ३८ हजार ९३५ मत पाए।

चितवनमा एमालेलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड हराउनु छ। त्यसका लागि अघिल्लो वर्ष कांग्रेसले समर्थन गरेका पाण्डेलाई सघाउन सक्छ। सबैभन्दा धेरै मतदाता भएको कांग्रेसभित्र चितवनमा माओवादीसँग गठबन्धन हुन नदिन दबाब छ। 

बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा राप्रपाबाटै निर्वाचित राणा प्रतिनिधि सभाको उम्मेदवार बन्ने र एमालेले सघाउने चर्चा चलिरहेको छ। झापाका लिङ्देन, चितवनका पाण्डे र बाँकेका धवल शमशेर राणालाई जिताइयो भने पूर्वबाट सुरु गरेको राजावादी रोप्ने क्रम पश्चिमसम्म फैलाउनु जस्तै हुनेछ।

प्रकाशित मिति: आइतबार, मंसिर १९, २०७८  १७:५८
  • #राप्रपा_महाधिवेशन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्