• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

माओवादी केन्द्रको महासचिवमा विप्लवको चर्चा

64x64
वीरेन्द्र ओली शनिबार, मंसिर १८, २०७८  २०:०५
1140x725

काठमाडौं- नेकपा (माओवादी केन्द्र)ले आउँदो पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्दै छ। काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको भवनमा सम्मेलन गर्ने तयारी गरिएको हो। देशभरबाट आउने करिब दुई हजार प्रतिनिधिलाई मात्रै राखेर सम्मेलनको उद्घाटन गरिने भएको छ। युद्धकालीन ‘जनवादी केन्द्रीयता’मा चल्दै आएको माओवादीले यो सम्मेलनमा लोकतान्त्रिक अभ्यास (निर्वाचन)लाई पनि आत्मसाथ गर्ने बताउँदै आएको छ।

माओवादीको आगामी राष्ट्रिय सम्मेलनबाट पुष्पकमल दाहाल (प्रचण्ड) नै अध्यक्षमा दोहोरिने पक्का छ। किनकि, अध्यक्षमा प्रचण्डसँग प्रतिस्पर्धाका लागि कसैले 'आँट' गर्ने देखिएको छैन। त्यस्तो आँट कसैले गरिहाल्ने पनि देखिँदैन। प्रचण्डपछिका केही वरिष्ठ नेताहरु (उपाध्यक्षजस्ता) 'सेरेमोनियल’ पदमा खुम्चिने अवस्था छ। तर, महासचिवका लागि भने सबैभन्दा बढी प्रतिस्पर्धा चल्ने देखिन्छ।

माओवादीमा अहिले जनार्दन शर्मा, वर्षमान पुन, कृष्णबहादुर महरा, पम्फा भुसाल, देवेन्द्र पौडेल गिरिराजमणि पोखरेललगायत नेताहरु महासचिवको आकांक्षीका रुपमा देखिएका छन्। 

महासचिव नै भावी पार्टी नेतृत्वमा पुग्ने सम्भावना धेरै हुने भएकाले नेताहरुबीच तीव्र प्रतिस्पर्धा देखिएको छ। तर, यस्तो प्रतिस्पर्धा चलिरहँदा एउटा रोचक तस्बिर पनि देखापर्न थालेको छ। त्यो हो, महासचिवको अनुहारको।

माओवादी अध्यक्ष प्रचण्डको जोड सकेसम्म माओवादी केन्द्रमै भएका नेताहरुबाट महासचिव बनाउनेमा देखिएको छ। उनी त्यसकै निम्ति प्रयासरत छन्। तर, त्यसो हुन नसकेमा आगामी सम्मेलनपछि नेत्रविक्रम चन्द (विप्लव) लाई आफ्नो पार्टीको महासचिव बनाउनेगरी एकता गर्नुपर्नेमा माओवादीकै कतिपय नेताहरु लागिपरेका छन्।

प्रचण्ड आफैंले आफूपछिका उत्तराधिकारी कसैलाई नदेखेको बारम्बार बताउँदै आएका छन्। आफूले भरोसा गर्ने खालको नेतृत्वको विकास भइनसकेको उनको भनाइ हुने गर्छ। गत मङ्सिर ७ गते अखिल नेपाल शिक्षक सङ्‍गठनको राष्ट्रिय परिषद् बैठकलाई सम्बोधन गर्दै प्रचण्डले आफूलाई छिटोभन्दा छिटो नेतृत्व छाड्न मन भएको बताएका थिए। ‘मलाई नेतृत्व छिटोभन्दा छिटो छोड्न मन छ। साँच्चै त्यस्तो मन छ। छोडेर किताब लेखेर बस्न पाए। अहिलेसम्म गरेको अनुभवको संस्मरण लेख्ने मन छ,’ प्रचण्डले भनेका थिए, ‘यसो हेर्छु दायाँबायाँ, छाँटकाँट देख्दिनँ। बेला भएको छैन भन्ने लाग्छ। आफ्नो अन्तरआत्माले मान्दैन।’

आफ्नो पार्टीमा नेतृत्व गर्नसक्ने नेता नदेखेरै उनले यस्तो भनेको आकलन गर्न सकिन्छ। र, यही कुरा अगाडि सारेर पनि उनले नेतृत्व छाडिहाल्ने सङ्‍केत देखाएका छैनन्। त्यसैले माओवादीमा महासचिव पदका लागि विप्लवको खोजी हुन थालेको छ।

पार्टीका केही शीर्ष नेता विप्लवलाई महासचिव मान्न सहमत नहुन सक्छन्, तर धेरैजसो नेता र कार्यकर्ता उनी महासचिव हुँदा उत्साहित हुने देखिन्छ। विप्लव अझै पनि संसदीय राजनीतिमा ‘अनटेस्टेड’ हुनु यसको एउटा कारण हो। यही कारण पनि उनको राजनीतिक सक्रियतालाई लिएर माओवादीका धेरैजसो नेता र कार्यकर्ता पार्टी थप बलियो हुनेमा आशावादी देखिन्छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

विप्लवसँग पार्टी एकताका लागि माओवादीमा जोडबल पनि चलिरहेको छ। तर, उनीसँगको भेटघाटमा भने प्रचण्डबाहेक प्रवक्ता कृष्णबहादुर महरामात्रै जोडिएका छन्। महराले यसबीचमा चारपटक विप्लवसँग भेटेर पार्टी एकताका विषयमा छलफल गरिसकेका छन्। यसमा महरा र विप्लवको पुरानो साइनोले पनि काम गरेको हुनसक्छ। किनभने, विद्यालय तहमा महराले विप्लवलाई पढाएका थिए। त्यसकारण पनि उनीहरुबीच निकट सम्बन्ध छ। सरकारले प्रतिबन्ध फुकुवा गरेर विप्लव सार्वजनिक भएपछि सबैभन्दा पहिलो उनले महरालाई नै निवासमा गएर भेटेका थिए। यसले पनि महरा र विप्लवको निकटता देखाउँछ।

खुमलटार स्रोतका अनुसार महराले विप्लवसँगको वार्तामा गरेको रिपोर्टिङ नियमितरुपमा प्रचण्डलाई बुझाउँदै आएका छन्। त्यसैले विप्लवसँगको एकतामा अहिले प्रचण्ड, महरा र विप्लवमात्रै जोडिएको देखिन्छ। 

तर, विप्लव नेतृत्वको नेकपाका सचिवालय सदस्य धमेन्द्र बास्तोलाले मुद्दा मिल्ने विषयमा सहकार्य गर्दै जानेगरी छलफल भइरहेको बताए। ‘माओवादी केन्द्र र नेकपाबीच मुद्दा मिल्ने विषयमा सहकार्य गर्दै जाने भन्ने छ। त्यसमा एमसीसी, महँगी, भ्रष्टाचार, जनजीविकाका मुद्दा र राष्ट्रियताका सवालका विषयमा सहकार्य गर्दै जाने भन्ने छ,’ बास्तोलाले नेपाल लाइभसँग भने, ‘अजेण्डामा सहमति गर्दै मन मिल्दै गएमा एकता पनि हुनसक्छ।’ तर, तत्काल पार्टी एकता गरेर विप्लवलाई महासचिव नै बनाउनेगरी छलफल नभएको बास्तोलाले बताए।

विप्लवको यात्रा  : घुमिफिरी रुम्जाटार
तत्कालीन माओवादी शान्ति प्रक्रियामा आएपछि बालाजु, खरिपाटी हुँदै पालुङटार प्लेनमसम्म पुग्दा विप्लवले संसदीय अभ्यासभन्दा बाहिर प्रचण्ड, बाबुराम भट्टराईलगायतको मूल नेतृत्व जान नसक्ने निष्कर्ष निकालिसकेको नेताहरु बताउँछन्। त्यही बुझेरै उनले मन्त्री र सांसद बन्ने आकांक्षा देखाएनन्। बरु आफ्नो जीवनशैलीलाई सामान्य बनाए। प्रचण्ड स्वयंले बारम्बार मन्त्री र सांसदको अफर गर्दा उनले सधैं अस्वीकार गरे, त्यसबेला। त्यसपछि उनी माओवादी पार्टीमा झन् बढी बागी विचार राख्ने बने। र, दुई लाइन सङ्‍घर्ष चर्केपछि मोहन वैद्यलाई अघि सारेर पार्टी विभाजन गर्नुपर्छ भन्ने अवस्थामा पुगे। पार्टीमा दुई लाइन सङ्‍घर्ष उत्कर्षमा पुगेपछि २०६९ मा माओवादी विभाजन हुनपुग्यो। विभाजनलगत्तै वैद्य नेतृत्वको नेकपा-माओवादीले तत्कालीन एनेकपा माओवादी र त्यसका अध्यक्ष प्रचण्डमाथि निरन्तर प्रहार गर्न थाल्यो।

Xtrem

Xtrem

त्यसलगत्तै, २०७० सालको दोस्रो संविधानसभा निर्वाचन उनीहरुले बहिस्कार गरे। पहिलो संविधानसभा निर्वाचनमा पहिलो शक्ति भएको माओवादी दोस्रो संविधानसभा निर्वाचनपछि तेस्रो शक्तिमा खुम्चियो। माओवादीलाई कमजोर बनाए कांग्रेस, एमालेलगायत शक्तिहरुले खेद्‍ने र त्यसपछि आफ्नो कित्तामा ल्याउन सकिने उनीहरुको बुझाइ थियो। तर, परिस्थिति त्यस्तो पनि भएन। पहिलो संविधानसभामा भएको सहमतिमा प्रचण्ड अडिएनन्। बरु उनकोसमेत निर्णायक भूमिकाका कारण दोस्रो संविधानसभाबाट संविधान जारी भयो।

संविधान निर्माणको प्रक्रिया चलिरहेकै बेला प्रचण्डसँग छुट्टिएको दुई वर्ष पनि पुग्न नपाउँदै विप्लवले वैद्य नेतृत्वको माओवादीबाट पनि विद्रोह गरे, २०७१ सालमा। अनि आफ्नै नेतृत्वमा नेकपा गठन गरे। त्यहीबीचमा संविधानसभाबाट संविधान जारी भयो। २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा एमाले र माओवादीबीच भएको गठबन्धनले बहुमत ल्याएपछि गठबन्धनबाट केपी शर्मा ओली प्रधानमन्त्री भए। विप्लव नेतृत्वको नेकपाले सोचेजस्तो राजनीतिक लाभ हासिल गर्न सकेन। बरु संसदीय अभ्यासको विरोध गर्दै व्यापारी, कर्मचारी लगायतलाई भ्रष्टाचारी र घुसखोरको आरोप लगाएर आक्रमण गर्न थाल्यो। उसका हिंसात्मक गतिविधि आतङ्‍कवादी र गैरराजनीतिक भएको ठहर गर्दै ओली नेतृत्वको सरकारले २०७५ फागुन २८ गते नेकपामाथि नै प्रतिबन्ध लगायो।

प्रतिबन्धकालमा १३ जना नेता कार्यकर्ताको ज्यान जानुका साथै दुई हजारभन्दा धेरै नेता र कार्यकर्ता जेल परे। यसले विप्लव नेतृत्वको नेकपा झन् खुम्चिँदै गयो। सरकारले राजनीतिक गतिविधि गर्न नदिएपछि पार्टी सङ्‍गठन खुम्चिँदै जान थाल्यो। यही कारण विप्लव २०७७ माघ २० गते सरकारसँग तीन बुँदे सहमति गरेर शान्तिपूर्ण मूलधारको राजनीतिमा आउन सहमत भए। प्रचण्डलाई तह लगाउन ओलीसँग नजिकिएको आरोपसमेत उनलाई लगाउन थालिएको थियो। यतिसम्म कि उनले ओलीसँगै चुनावी मोर्चाबन्दी गर्ने चर्चासमेत चुलिएका थिए।

तर, त्यहीबीचमा ओली सरकारबाट बाहिरिए। त्यसपछि भने प्रचण्ड विस्तारै प्रचण्डसँग नजिकिन थाले। तीन बुँदे सहमति गरे पनि जेलमा रहेका आफ्ना नेता र कार्यकर्ता छाड्न ओली नेतृत्वको सरकार तयार नभएपछि विप्लव पहिले नै चिढिँदै गएका थिए। त्यसकै उत्कर्षमा अब उनी माओवादी केन्द्रको महासचिव बन्ने चर्चा हुन थालेको हो।

प्रतिबन्धितकालमा मृत्यु भएका नेकपाका कार्यकर्ताका परिवारले राहत पाएका छैनन्। जेलमा रहेका कैयौं नेता र कार्यकर्ता पनि रिहा भएका छैनन्। प्रतिबन्धको अवधिमा नेता कार्यकर्तालाई लागेको मुद्दासमेत फिर्ता हुन सकेको छैन। यसरी चौतर्फी प्रतिकूलतासँग जुधिरहेका विप्लव अब संसदीय अभ्यासमा अघि बढेमा आश्चर्य नहुने उनकै पार्टीका कतिपय नेता बताउँछन्। यसले पनि माओवादीको भावी महासचिवमा विप्लवको चर्चा बलियो बनाइदिएको छ।

प्रकाशित मिति: शनिबार, मंसिर १८, २०७८  २०:०५
  • #माओवादी_केन्द्र_राष्ट्रिय_सम्मेलन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
के छ विश्वप्रकाश शर्माको प्रतिवेदनमा ? (प्रस्तावसहित) सोमबार, असोज १९, २०८३
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु सोमबार, असोज १९, २०८३
कांग्रेसले अब के गर्ने, के नगर्ने ? गगन थापाले ल्याए १७ बुँदे आचारसंहिता सोमबार, असोज १९, २०८३
कांग्रेसको उपसभापतिमा उद्योगी विनोद चौधरीको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
केन्द्रीय समिति प्रवेशको तयारीमा कांग्रेसका ६ चर्चित युवा आइतबार, असोज १८, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्