• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १९, २०८३ Fri, Sep 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

रंगीनबाट ‘सफेदतर्फ’ रेखा

64x64
डिबी खड्का शुक्रबार, मंसिर १७, २०७८  १८:५७
1140x725

काठमाडौं– बितेका वर्षका ‘शुक्रबार’ रेखाका लागि विशेष रहन्थे, किनकि शुक्रबार नयाँ फिल्म रिलिज हुने दिन। यो शुक्रबार पनि रेखाका लागि विशेष भयो, उनले राष्ट्रिय प्रजातन्त्र पार्टीको महामन्त्रीमा उम्मेदवारी दिइन्। 

निर्माता र अभिनेत्रीका रुपमा फिल्म क्षेत्रमा झन्डै दुई दशक बिताएकी उनी राजनीतितर्फ प्रवेश गर्न खोजेको त दशक बित्यो। तर, राम्ररी खुट्टा टेक्ने ठाउँ पाइरहेकी थिइनन्। राप्रपाको यो महाधिवेशनमा उम्मेदवारी दिएकै ठाउँमा जितिन् भने उनका लागि एउटा 'छलाङ' हुनसक्छ।

रंगीनबाट ‘सफेदतर्फ’
कला क्षेत्रलाई रंगीन दुनियाँका रुपमा बुझिन्छ। त्यही रंगीन दुनियाँमा रंगीविरंगी पहिरनसहित रेखाले लामै समय रजगज गरिन्। शुक्रबार भने थापाको पहिरनसमेत सांकेतिक थियो। 

उनले 'सफेद' रङको कुर्तासलवार लगाएकी थिइन्। त्यसमाथि उस्‍तै रङको कोट। आफूलाई 'धार्मिक' दर्शाउन निधारमा सुन्तला रङको टीका लगाएकी थिइन्। हिन्दू धर्मलाई राजनीतिक अजेन्डा बनाएको राप्रपामा त्यो टीकाको रणनीतिक अर्थ छ। 

'सफेद' रङको पहिरनबाट पनि उनी निश्चित संकेत गर्न खोजिरहेकी छिन्। त्यो भनेको आफूले 'रंगीन' दुनियाँबाट 'सफेद'तर्फ यात्रा गरेको संकेत हुनसक्छ। यसै पनि कलाकारहरुलाई 'फेसन सेन्स' हुन्छ। फिल्ममा नेतालाई प्रस्तुत गर्दा त्यही रङको प्रयोग बढी हुन्छ। नेताहरुले उक्त रङलाई बढी प्रयोग गरेको समेत देखिन्छ। 

'लाल'तर्फको असफल यात्रा 
पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारले २०६६ वैशाखमा तत्कालीन प्रधानसेनापति रुक्माङ्गत कटवाललाई बर्खास्त गर्ने निर्णय गर्‍यो। राष्ट्रपति डा रामवरण यादवले सरकारको निर्णय उल्टाउँदै कटवाललाई थमौती गरिदिए।

त्यसैको प्रभावमा प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा गरे। प्रचण्डको सरकार ढलेपछि तत्कालीन एमाले नेता माधवकुमार नेपालको नेतृत्वमा सरकार बन्यो। संविधानसभामा हारेर पनि प्रधानमन्त्री बनेका माधव नेपालको सरकारलाई 'कठपुतली' भन्दै तत्कालीन एकीकृत नेकपा माओवादीले सिंहदरबार घेराउ कार्यक्रम गर्‍यो।

Ncell 2
Ncell 2
nimb
nimb

निरन्तर भइरहेको उक्त कार्यक्रममा माओबादीले दबाब बढाउन कलाकारलाई समेत निम्तो गर्‍यो। त्यही निम्तो मान्दै थापा विरोध प्रदर्शनमा आइपुगिन्। तत्कालीन समयमा असाध्यै चर्चित बनेको गीत बज्यो, 'लालुपाते नुघ्यो भुइँतिर'। माओवादी अध्यक्ष प्रचण्डसँगै छमछमी नाँचिन् रेखा थापा।

त्यसपछि माओवादीनिकट पुगेकी उनले ठूलो संख्यामा कलाकारहरुलाई माओवादी प्रवेश गराइन्। एकैपल्ट ९६ जना फिल्मकर्मीलाई माओवादीमा प्रवेश गर्ने वातावरण बनाउनुमा उनको महत्वपूर्ण भूमिका थियो।

दोस्रो संविधानसभाको चुनावको केही अघिसम्म रेखालाई प्रत्यक्षबाट सभासद उठाइने भनियो। चुनावकै सँघारमा आएर उनले राजनीतिको चक्रव्यूहमा आफू फसेको थाहा पाइन् र त्यही दिनबाट उनमा माओवादी मोह सकिएको थियो। उनी काठमाडौंबाट टिकट लिएर प्रत्यक्ष निर्वाचन उठ्न जाँदै गर्दा हेटौंडा पुगेपछि अर्कै उम्मेदवार तयार पारिएको जानकारी पाएकी थिइन्।

त्यसको केही समयपछि पंक्तिकारसँग गरेको कुराकानीमार्फत् उनले आफू ‘माओवादी नभएको’ घोषणा गरिन्। उनले दाबी गरिन्, ‘मैले एमाओवादीको सदस्यता लिएकै थिइनँ।’ सदस्यता नलिनुलाई उनी आफ्नो बुद्धिमत्ता जस्तै गरी प्रस्तुत गर्छिन्। यसरी उनको रातो रङ रुचाउने पार्टी माओवादी अर्थात् 'लाल'सँग मोह सकिएको थियो।

'पहिलोपल्ट जानीबुझी गरेको निर्णय' राप्रपा प्रवेश
थापा माओवादी पार्टीमा पुगे पनि अध्यात्म त्यसमा पनि हिन्दू धर्मप्रति झुकाव राख्ने स्वभावकी हुन्। उनको यो स्वभाव अर्की कलाकार कोमल वलीलाई जानकारी थियो। गायनका साथै सञ्चारकर्ममा सक्रिय कोमल वली राजनीतिक फड्को मार्ने प्रयासमा थिइन्। 

झलनाथ खनाल एमाले अध्यक्ष भएको समयमा एमालेमा सक्रिय हुने उनको चाहना पूरा भइरहेको थिएन। बरु राप्रपाका नेताहरुसँग वलीको निकटस्थता पुरानै थियो। गणतन्त्रपछि त्यति नसप्रिएको उक्त पार्टी एउटा सिढी हुने वलीको बुझाइ थियो। 

पुरानै चिनजानमा रहेका थापा र वलीको सल्लाह भयो। दुवै एकसाथ राप्रपामा प्रवेश गरे। राप्रपामा प्रवेश गरेपछि अभिनेत्री थापाले पंक्तिकारलाई प्रतिक्रिया दिएकी थिइन्, 'पहिलो पल्ट रेखा थापाले जानीबुझी गरेको निर्णय हो यो। किनभने, अहिले म जान्ने भएँ, ठूली पनि भएँ। यसकारण यो एक सच्चा देशभक्त छोरीले गरेको निर्णय हो।'

माओवादीमा प्रवेश गर्नुलाई 'कलाकार रेखा थापा'को निर्णय संज्ञा दिएकी थिइन्। यसरी त्यसलाई प्रमाणित गर्न खोजेकी थिइन्, 'हिजो जनलहर देखेर कलाकार रेखा थापा कतै गई होली, तर मनैदेखि माओवादी नभएकाले सदस्यता लिएकी थिइनँ। आएको अवसर उपयोग गरिहालौं भन्ने थियो।'

आफू मनैदेखि माओवादी नभएकाले दोस्रो संविधा सभाको चुनावलगत्तै अलग्गिएको रेखाले बताइन्। उनले राप्रपा रोज्नुको कारण भनेकी थिइन्, 'म हिन्दू नारी हुँ। मलाई हिन्दू राष्ट्रको विचार मन परेको छ । मलाई राप्रपाको राष्ट्रवादले आकर्षित गरेको छ।'

राप्रपा पनि उनी महामन्त्रीको उम्मेदवार भएको राजेन्द्र लिङ्देनको प्यानल हो। जसले हिन्दु राष्ट्र मात्रै नभइ राजतन्त्र फर्काउने कुरालाई मूल अजेन्डा बनाइरहेको छ। भृकुटीमण्डपमा थापाले भोट माग्दै गर्दा लागिरह्यो- फिल्ममा पहिरनदेखि प्रयोगसम्ममा 'अग्रगामी छलाङ' रुचाउने रेखा यी 'पश्चगामी' अजेन्डामा कसरी 'कन्भिन्स्ड' भइरहेकी होलिन्?  

प्रकाशित मिति: शुक्रबार, मंसिर १७, २०७८  १८:५७
  • #राप्रपा_महाधिवेशन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवित उद्धार गरियो शुक्रबार, भदौ १९, २०८३
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शुक्रबार, भदौ १९, २०८३
भोटेकोशी बाढी : १ हजार २९० शव फेला, ४ हजार ७९८ बेपत्ताको खोजी जारी शुक्रबार, भदौ १९, २०८३
नुवाकोटका बाढीपीडितको पुनस्र्थापनाबारे मन्त्री रावलद्वारा जनप्रतिनिधिसँग छलफल शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
मन्त्रिपरिषद् बैठक: यस्ता छन् सात निर्णय बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्