• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २३, २०८२ Thu, Oct 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष
रंगीनबाट ‘सफेदतर्फ’ रेखा
64x64
डिबी खड्का शुक्रबार, मंसिर १७, २०७८  १८:५७
1140x725

काठमाडौं– बितेका वर्षका ‘शुक्रबार’ रेखाका लागि विशेष रहन्थे, किनकि शुक्रबार नयाँ फिल्म रिलिज हुने दिन। यो शुक्रबार पनि रेखाका लागि विशेष भयो, उनले राष्ट्रिय प्रजातन्त्र पार्टीको महामन्त्रीमा उम्मेदवारी दिइन्। 

निर्माता र अभिनेत्रीका रुपमा फिल्म क्षेत्रमा झन्डै दुई दशक बिताएकी उनी राजनीतितर्फ प्रवेश गर्न खोजेको त दशक बित्यो। तर, राम्ररी खुट्टा टेक्ने ठाउँ पाइरहेकी थिइनन्। राप्रपाको यो महाधिवेशनमा उम्मेदवारी दिएकै ठाउँमा जितिन् भने उनका लागि एउटा 'छलाङ' हुनसक्छ।

रंगीनबाट ‘सफेदतर्फ’
कला क्षेत्रलाई रंगीन दुनियाँका रुपमा बुझिन्छ। त्यही रंगीन दुनियाँमा रंगीविरंगी पहिरनसहित रेखाले लामै समय रजगज गरिन्। शुक्रबार भने थापाको पहिरनसमेत सांकेतिक थियो। 

उनले 'सफेद' रङको कुर्तासलवार लगाएकी थिइन्। त्यसमाथि उस्‍तै रङको कोट। आफूलाई 'धार्मिक' दर्शाउन निधारमा सुन्तला रङको टीका लगाएकी थिइन्। हिन्दू धर्मलाई राजनीतिक अजेन्डा बनाएको राप्रपामा त्यो टीकाको रणनीतिक अर्थ छ। 

'सफेद' रङको पहिरनबाट पनि उनी निश्चित संकेत गर्न खोजिरहेकी छिन्। त्यो भनेको आफूले 'रंगीन' दुनियाँबाट 'सफेद'तर्फ यात्रा गरेको संकेत हुनसक्छ। यसै पनि कलाकारहरुलाई 'फेसन सेन्स' हुन्छ। फिल्ममा नेतालाई प्रस्तुत गर्दा त्यही रङको प्रयोग बढी हुन्छ। नेताहरुले उक्त रङलाई बढी प्रयोग गरेको समेत देखिन्छ। 

'लाल'तर्फको असफल यात्रा 
पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारले २०६६ वैशाखमा तत्कालीन प्रधानसेनापति रुक्माङ्गत कटवाललाई बर्खास्त गर्ने निर्णय गर्‍यो। राष्ट्रपति डा रामवरण यादवले सरकारको निर्णय उल्टाउँदै कटवाललाई थमौती गरिदिए।

त्यसैको प्रभावमा प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा गरे। प्रचण्डको सरकार ढलेपछि तत्कालीन एमाले नेता माधवकुमार नेपालको नेतृत्वमा सरकार बन्यो। संविधानसभामा हारेर पनि प्रधानमन्त्री बनेका माधव नेपालको सरकारलाई 'कठपुतली' भन्दै तत्कालीन एकीकृत नेकपा माओवादीले सिंहदरबार घेराउ कार्यक्रम गर्‍यो।

Ncell 2
Ncell 2

निरन्तर भइरहेको उक्त कार्यक्रममा माओबादीले दबाब बढाउन कलाकारलाई समेत निम्तो गर्‍यो। त्यही निम्तो मान्दै थापा विरोध प्रदर्शनमा आइपुगिन्। तत्कालीन समयमा असाध्यै चर्चित बनेको गीत बज्यो, 'लालुपाते नुघ्यो भुइँतिर'। माओवादी अध्यक्ष प्रचण्डसँगै छमछमी नाँचिन् रेखा थापा।

त्यसपछि माओवादीनिकट पुगेकी उनले ठूलो संख्यामा कलाकारहरुलाई माओवादी प्रवेश गराइन्। एकैपल्ट ९६ जना फिल्मकर्मीलाई माओवादीमा प्रवेश गर्ने वातावरण बनाउनुमा उनको महत्वपूर्ण भूमिका थियो।

दोस्रो संविधानसभाको चुनावको केही अघिसम्म रेखालाई प्रत्यक्षबाट सभासद उठाइने भनियो। चुनावकै सँघारमा आएर उनले राजनीतिको चक्रव्यूहमा आफू फसेको थाहा पाइन् र त्यही दिनबाट उनमा माओवादी मोह सकिएको थियो। उनी काठमाडौंबाट टिकट लिएर प्रत्यक्ष निर्वाचन उठ्न जाँदै गर्दा हेटौंडा पुगेपछि अर्कै उम्मेदवार तयार पारिएको जानकारी पाएकी थिइन्।

त्यसको केही समयपछि पंक्तिकारसँग गरेको कुराकानीमार्फत् उनले आफू ‘माओवादी नभएको’ घोषणा गरिन्। उनले दाबी गरिन्, ‘मैले एमाओवादीको सदस्यता लिएकै थिइनँ।’ सदस्यता नलिनुलाई उनी आफ्नो बुद्धिमत्ता जस्तै गरी प्रस्तुत गर्छिन्। यसरी उनको रातो रङ रुचाउने पार्टी माओवादी अर्थात् 'लाल'सँग मोह सकिएको थियो।

'पहिलोपल्ट जानीबुझी गरेको निर्णय' राप्रपा प्रवेश
थापा माओवादी पार्टीमा पुगे पनि अध्यात्म त्यसमा पनि हिन्दू धर्मप्रति झुकाव राख्ने स्वभावकी हुन्। उनको यो स्वभाव अर्की कलाकार कोमल वलीलाई जानकारी थियो। गायनका साथै सञ्चारकर्ममा सक्रिय कोमल वली राजनीतिक फड्को मार्ने प्रयासमा थिइन्। 

झलनाथ खनाल एमाले अध्यक्ष भएको समयमा एमालेमा सक्रिय हुने उनको चाहना पूरा भइरहेको थिएन। बरु राप्रपाका नेताहरुसँग वलीको निकटस्थता पुरानै थियो। गणतन्त्रपछि त्यति नसप्रिएको उक्त पार्टी एउटा सिढी हुने वलीको बुझाइ थियो। 

पुरानै चिनजानमा रहेका थापा र वलीको सल्लाह भयो। दुवै एकसाथ राप्रपामा प्रवेश गरे। राप्रपामा प्रवेश गरेपछि अभिनेत्री थापाले पंक्तिकारलाई प्रतिक्रिया दिएकी थिइन्, 'पहिलो पल्ट रेखा थापाले जानीबुझी गरेको निर्णय हो यो। किनभने, अहिले म जान्ने भएँ, ठूली पनि भएँ। यसकारण यो एक सच्चा देशभक्त छोरीले गरेको निर्णय हो।'

माओवादीमा प्रवेश गर्नुलाई 'कलाकार रेखा थापा'को निर्णय संज्ञा दिएकी थिइन्। यसरी त्यसलाई प्रमाणित गर्न खोजेकी थिइन्, 'हिजो जनलहर देखेर कलाकार रेखा थापा कतै गई होली, तर मनैदेखि माओवादी नभएकाले सदस्यता लिएकी थिइनँ। आएको अवसर उपयोग गरिहालौं भन्ने थियो।'

आफू मनैदेखि माओवादी नभएकाले दोस्रो संविधा सभाको चुनावलगत्तै अलग्गिएको रेखाले बताइन्। उनले राप्रपा रोज्नुको कारण भनेकी थिइन्, 'म हिन्दू नारी हुँ। मलाई हिन्दू राष्ट्रको विचार मन परेको छ । मलाई राप्रपाको राष्ट्रवादले आकर्षित गरेको छ।'

राप्रपा पनि उनी महामन्त्रीको उम्मेदवार भएको राजेन्द्र लिङ्देनको प्यानल हो। जसले हिन्दु राष्ट्र मात्रै नभइ राजतन्त्र फर्काउने कुरालाई मूल अजेन्डा बनाइरहेको छ। भृकुटीमण्डपमा थापाले भोट माग्दै गर्दा लागिरह्यो- फिल्ममा पहिरनदेखि प्रयोगसम्ममा 'अग्रगामी छलाङ' रुचाउने रेखा यी 'पश्चगामी' अजेन्डामा कसरी 'कन्भिन्स्ड' भइरहेकी होलिन्?  

प्रकाशित मिति: शुक्रबार, मंसिर १७, २०७८  १८:५७
  • #राप्रपा_महाधिवेशन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 
बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
टी–२० विश्वकप छनोट : कुवेतमाथि ५८ रनको जित बुधबार, असोज २२, २०८२
टी–२० विश्वकप छनोट : कुशल भुर्तेलको अर्धशतकमा कुवेतलाई १४२ रनको मध्यम लक्ष्य बुधबार, असोज २२, २०८२
देउवाले बोलाए पदाधिकारी बैठक बुधबार, असोज २२, २०८२
टी-२० विश्वकप छनोट: नेपालले टस हार्‍यो, कुवेतविरुद्ध पहिला ब्याटिङ गर्दै बुधबार, असोज २२, २०८२
आन्दोलनभन्दा वार्ता र संवादबाट समस्या समाधान गर्न गृहको अनुरोध बुधबार, असोज २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन मंगलबार, असोज २१, २०८२
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
आन्दोलनभन्दा वार्ता र संवादबाट समस्या समाधान गर्न गृहको अनुरोध बुधबार, असोज २२, २०८२
फूलपातीकै दिनदेखि मलाई पक्राउ गर्न प्रयास भइरहेको छ, बालेनको योजनामा ओलीसहित लेखकलाई पनि पक्राउ गर्ने षड्यन्त्र हुँदैछ : महेश बस्नेत बुधबार, असोज २२, २०८२
देउवाले बोलाए पदाधिकारी बैठक बुधबार, असोज २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विपद जोखिम नरहेका जिल्लामा सार्वजनिक सेवा सुचारु गर्न गृहको निर्देशन आइतबार, असोज १९, २०८२
वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित, विश्वकप क्वालिफायर भने खेल्ने बुधबार, असोज १५, २०८२
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन मंगलबार, असोज २१, २०८२
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
आन्दोलनभन्दा वार्ता र संवादबाट समस्या समाधान गर्न गृहको अनुरोध बुधबार, असोज २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्