काठमाडौं– रंगकर्ममा स्थापित नाम हो विजय बराल। नेपाल रंगमञ्चमा उनी लामो समयदेखि सक्रिय छन्। रंगमञ्चमा देखिरहने बरालको नयाँ फिल्म ‘इरोर्स अफ गड (इओजी)’को टिजर सार्वजनिक भएको छ।
प्रखु पाण्डेको निर्देशनमा बनेको फिल्ममा विजयसँगै घनश्याम जोशी, विकास जोशी, राज न्यौपाने, भोलाराज सापकोटा लगायत मुख्य भूमिकामा छन्। सँगै कमलमणि नेपाल, सुचित्रा उप्रेती, सरिता ढुंगानालगायतका कलाकारलाई फिल्ममा देख्न सकिनेछ।
फिल्मको टिजर हेर्दा यसमा मानिस र ईश्वरबीच साक्षात्कार भएको घट्नालाई प्रस्तुत गरेको देखिएको छ। अपराध र कमेडी विधामा रहेको फिल्मलाई संगीत सापकोटाले लेखेका छन्।
सगुन पोखरेल यो फिल्मका निर्माता हुन्। फिल्ममा महन थापा, डेभिन चौधरी र सुनिल तामाङको लगानी रहेको छ। क्रिसिश ज्याकले खिचेको फिल्मलाई मनिराज पौडलल सह निर्देशन गरेका छन् भने रोमि मोसेसले यसलाई सम्पादन गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।