काठमाडौं– सदाबहार अभिनेत्री करिश्मा मानन्धर र पछिल्लो समयकी चर्चित गायिका रचना रिमालले कक्षा १२ उत्तिर्ण गरेका छन्। शुक्रबार सार्वजनिक भएको कक्षा १२ को परीक्षाफलमा करिश्मा र रचना उत्तिर्ण भएका छन्।
अभिनेत्री करिश्माले १२ को परीक्षामा २.४१ जीपीए ल्याएकी छिन्। करिश्माले कक्षा १२ को परीक्षा गोदावरीस्थित किटिनी माविबाट दिएकी थिइन्।
यता गायिका रचनाले ३.४४ जीपीएसँगै कक्षा १२ पास गरेकी छन्। उनले गृह जिल्ला झापाको भद्रपुरस्थित प्रज्ञा एकेडेमीबाट कक्षा १२ को परीक्षा दिएकी थिइन्।
परीक्षा उत्तिर्ण गरेका दुवैले अब आगामी पढाइलाई निरन्तरता दिने बताएका छन्। आफू उत्तिर्ण भएको जानकारी दिँदै रचनाले अब स्नताकको पढाइ सुरु गर्ने र संगीत विषय लिएर पढ्ने बताएकी छिन्।
नेपाल आइडलबाट चर्चामा आएकी रचना केही समय यता काठमाडौंमै छन्। संगीतको कार्यमा व्यस्त उनले केही समयअघि संगीतकार चण्डिप्रसाद काफ्लेसँग औपचारिक संगीत शिक्षाको आरम्भ पनि गरेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।