काठमाडौं– ‘लिटिल बुद्ध’ उपनामले चिनिने र्यापर साकार तीन वर्षपछि सार्वजनिक कार्यक्रममा देखा पर्ने भएका छन्। मंसिर १८ गते साकार ‘लिटिल बुद्ध लाइभ कन्सर्ट’ कार्यक्रममा देखिन लागेका हुन्।
तीन वर्षपछि सार्वजनिक रुपमा सांगीतिक कार्यक्रम गर्न लागेका साकारको कन्सर्ट ठमेल क्षेत्रमा हुन लागेको हो।
ठमेलस्थित ‘सुगर केटिएम’मा उनको कन्सर्टको आयोजना हुँदै छ। ‘पिभिइ नेटवर्क’ले प्रायोजक गरेको कन्सर्टमा साकारले आफ्नो एल्मब ‘ड्रागन फायर’ र ‘वल्र्ड टुर’को बारेमा पनि घोषणा गर्ने बताइएको छ।
आफ्नो नयाँ एल्मब ‘ड्रागन फायर’मा समावेश केही गीतहरु साकारले आफ्नो युट्युब च्यानलमार्फत सार्वजनिक गरिसकेका छन्।
युवापुस्तामा निकै क्रेज भएका साकारको ‘किङ अफ नेपहप’, ‘केही मिठो बात’जस्ता गीतहरु निकै चर्चित छन् भने उनले यसअघि ‘श्री ५’ र ‘कब्जा’जस्ता एल्बम पनि निकालिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।