काठमाडौं– ‘सोनी पिक्चर्स’का प्रमुख एमी पास्कलले टम होल्याण्डलाई लिएर थप दुई वटा ‘स्पाइडर मेन’ श्रृङ्खला बन्ने बताएका छन्। हालसालै उनले दिएको एक अन्तर्वार्तामा होल्याण्डलाई लिएर स्पाइडर मेनको नयाँ श्रृङखला निर्माण हुने बताएका हुन्।
सन् २०१७ देखि स्पाइडर मेन श्रृङ्खलामा लगानी गरिरहेकी पास्कलले होल्याण्डसँग सहकार्य गरेर थप स्पाइडर मेन श्रृङ्खला निर्माण हुने बताएकी हुन्। उनले भनेकी छिन्, ‘हामीले बनाइरहेको यो फिल्म स्पाइडर मेनको अन्तिम फिल्म होइन्, थप अरु फिल्म बन्छन्।’ उनले यो फिल्म भनेर ‘स्पाइडर मेनः ने वे होम’लाई इंकित गरेकी हुन्।
डिसेम्बर १७ बाट विश्वव्यापी रुपमा प्रदर्शनमा आउन लागेको फिल्म ‘स्पाइडर मेनः नो वे होम’ लाई लिएर विभिन्न किसिमका सिद्धान्तहरु निर्माण भइरहेका छन्। मार्वल सिनेमेटिक युनिभर्समा परिभाषित गरिएको नयाँ सिद्धान्तसँग जोडेर यसलाई हेरिएको छ।
जसअनुसार यसपछि पनि थप फिल्महरु बन्ने अनुमान दर्शकले गरेका छन्। केही समयअघि प्रदर्शनमा आएको ‘लोकी’ सिरिजमा देखिएको ‘टायमलाइन’को सिद्धान्त र होल्याण्ड अभिनित यसपटकको ‘स्पाइडर मेन’मा देखिएको टायमलाइनको विषयलाई समिक्षा गर्दै थप फिल्महरु बन्ने देखिएको हो।
पास्कलको अभिव्यक्तिपछि भने ‘स्पाइडर मेन’ श्रृङ्खलाका थप फिल्महरु बन्ने पक्का भएको छ। उनले टम होल्याण्डलाई नै इंकित गरेपछि होल्याण्डले नै आगामी फिल्महरुमा पनि अभिनय गर्ने पक्का देखिएको छ।
होल्याण्डले यसअघि ‘स्पाइडर मेनः होमकमिङ’ र ‘स्पाइडर मेनः फार फ्रम होम’मा पिटर पार्कर (स्पाइडर मेन)को भूमिकामा देखिसकेका छन्। डिसेम्बर १७ बाट प्रदर्शन हुन लागेको ‘स्पाइडर मेनः नो वे होम’मा भने आफ्नो परिचय खुलेपछिको घट्नालाई प्रस्तुत गरिदैं छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।