• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, जेठ ३१, २०८३ Sun, Jun 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

राजनीतिमा आउन कलाकारहरूको दौडधुप

64x64
युवराज भट्टराई बुधबार, मंसिर १५, २०७८  १८:३१
1140x725

काठमाडौं– नेकपा (एमाले)को महाधिवेशन मंसिर १० मा चितवनको भरतपुरमा सुरु हुँदा कलाकार एकनारायण भण्डारीको ‘राम्रो नेपालमा हाम्रो एमाले’ बोलको गीत सार्वजनिक भयो। यो गीतमा उनको रचना र संगीत छ। गीतको सम्मान स्वरुप उनले अध्यक्ष केपी ओलीबाट प्रमाणपत्र पाए। तर, उनको राजनीतिक आस्था भने एमाले होइन।

एमालेले २०७४ सालको निर्वाचनको बेला प्रचारमा ल्याएको ‘मै पनि एमाले, सही पनि एमाले’ गीतको शब्द र संगीत पनि एकनारायणकै हो। यो गीत बद्री पंगेनी र प्रिया भण्डारीले गाएका थिए। एकनारायण भण्डारी राजनीतिक रूपमा नेपाली कांग्रेसप्रति आस्था राख्छन्।

अहिले देशका मुख्य पार्टीहरुको महाधिवेशनको माहोल छ। एमालेको महाधिवेशन मंगलबार सकिएको छ। राप्रपाको महाधिवेशन बुधबार काठमाडौँमा सुरु भएको छ। कांग्रेसको महाधिवेशन मंसिर २४ गतेदेखि हुँदैछ। माओवादीको राष्ट्रिय सम्मेलन पनि अर्को महिना हुँदैछ। एकनारायणले झैँ कतिपय कलाकारले पार्टी महाधिवेशनमा आफ्नो कला मात्र प्रस्तुत गरेका छैनन्, बरु ‘राजनीतिक अनुहार’ पनि देखाइरहेका छन्।

राष्ट्रिय सभा सदस्य रहेकी गायिका कोमल वली एमाले केन्द्रीय सदस्य नै बनेकी छन्। रेडियो नेपालको जागिर छाडेपछि २०७३ सालमा राप्रपा प्रवेश गरेकी वली एक वर्ष नपुग्दै एमालेतिर लागेकी थिइन्। राप्रपा विभाजन उनको एमाले प्रवेशको कारण बनेको थियो।

उनलाई २०७४ सालको प्रतिनिधि सभा निर्माचानमा दाङ क्षेत्र नम्बर–३ बाट उम्मेदवार बनाउने एमाले नेताहरुले आश्वासन दिएका थिए। तर, टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएर फिर्ता लिएकी थिइन्। 

चितवन महाधिवेशनबाट एमाले केन्द्रिय सदस्य भएपछि उनले सामाजिक सञ्जालमा लेखेकी थिइन्, ‘मलाई सर्वसम्मत केन्द्रिय सदस्यमा मनोनयन गर्नु भएकोमा श्रद्धेय अध्यक्ष केपी ओलीज्यू, नेतागणलगायत प्रतिनिधिज्यूहरूलाई आदर र धन्यवाद व्यक्त गर्दछु। तपाईंहरुको विश्वासलाई डगमगाउन नदिने प्रतिबद्धता व्यक्त गर्दछु।’

चितवनको एमाले महाधिवेशनमा देखिएका अर्का कलाकार हुन् वैकुण्ठ महत। उनी ‘मै पनि एमाले, सही पनि एमाले’का निर्माता र ‘राम्रो नेपालमा हाम्रो एमाले’ गीतका गायक हुन्। एमालेनिकट रहेका उनले पनि पछिल्लो गीतका लागि चितवन महाधिवेशनमा एमाले अध्यक्ष ओलीबाट प्रमाणपत्र पाएका थिए। 

उता कांग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार बनेकी निर्देशक तथा कोरियोग्राफर रेनेशा वान्तवा राई भने पराजित भएकी छन्। उनी इलाम क्षेत्र नं २ बाट जनजाति महिला कोटामा महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवार थिइन्। राई इलामका कांग्रेस नेता नरेन्द्रकुमार वान्तवाकी छोरी हुन्। यसपटक ‘युवापुस्तामा राजनीति आउनुपर्ने’ भन्दै सक्रिय हुन खोजेकी थिइन्। तर, सक्रिय राजनीतिमा आउने उनको चाहनामा ‘ब्रेक’ लागको छ।

nimb
nimb
Ncell 2
Ncell 2

अभिनेता रोज राणा भने प्युठानबाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा चयन भएका छन्। चलचित्र निर्माता संघका महासचिवसमेत रहेका उनी प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा निकट मानिन्छन्। रोज प्युठानका क्षेत्रीय सभापति पनि हुन्। उनी सर्वसम्मत महाधिवेशन प्रतिनिधि चुनिएका हुन्।

अभिनेत्री रेखा थापा राप्रपाको राजनीतिमा सक्रिय छिन्। बुधबारबाट सुरु भएको राप्रपाको महाधिवेशन प्रतिनिधि पनि हुन्। अध्यक्षमा राजेन्द्र लिङदेनलाई जिताउने अभियानमा रहेकी रेखा आफैँ पनि केन्द्रीय सदस्यको आकांक्षी हुन्। उनी सामाजिक सञ्जालदेखि पार्टीकै कार्यक्रममा पनि लिङदेनका लागि भोट माग्नमा व्यस्त छिन्। 

२०७० सालमा माओवादी केन्द्र प्रवेश गरेर उनले आफ्नो राजनीतिक जीवन सुरु गरेकी थिइन्। ‘म सानैदेखि अलि क्रान्तिकारी, अग्रगामी सोच भएको युवती थिएँ’, भन्दै माओवादी केन्द्र प्रवेश गरेकी रेखाले सिंहदरबार घेराउ कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नाचेर चर्चा कमाएकी थिइन्। उनलाई माओवादीले पर्सा–१ बाट चुनावमा उठाउने चर्चा पनि थियो। तर, उनको मतदाता नामावलीमा नामै नभएपछि उनको चर्चा सेलाएको थियो।

प्रचण्डसँगको निकटता र माओवादीसँगको राजनीतिक यात्रा त्यसको तीन वर्षपछि टुंगियो। २०७३ मंसिर २७ मा उनी तत्कालीन राप्रपा नेपाल प्रवेश गरिन्। राप्रपा नेपाल प्रवेश गर्दा उनले भनेकी थिइन्, ‘राजनीतिलाई नजिकबाट बुझिरहेको थिएँ। म एउटा हिन्दू नारी हुँ, राष्ट्रवादी केटी हुँ।’

अभिनेत्री करिश्मा मानन्धर पनि कलाकारिताबाट राजनीतिमा लागेकी थिइन्। अहिले भने उनी सक्रिय छैनन्। करिश्मा सुरुमा बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीमा थिइन्। हाल कुनै पार्टीमा छैनन्। तर, उनको निकटता एमाले अध्यक्ष ओलीसँग छ। केही समयअघि ओलीले गरेको फोन र उनीसँगको भेटघाटका कारण करिश्माले एमाले प्रवेश गर्न लागेको चर्चासमेत चलेको थियो। तर, त्यो चर्चालाई करिष्माले पुष्टि गरिनन्।

एमाले अध्यक्ष ओलीसँगको करिश्माको निकटता प्रतिनिधि सभा विघटनको समयमा पनि देखिएको थियो। कुनै बेला सँगै राजनीतिमा हिँडेका बाबुराम भट्टराईले ट्विटरमा ‘ओली प्रतिगमनविरुद्ध सबै जिल्लामा हुने जसपाको जनसभामा सहभागी बनौं’ भन्दै ट्विट गरेपछि करिश्मा एमाले अध्यक्ष ओलीको पक्ष र बाबुरामको विपक्षमा देखिएकी थिइन्। भट्टराईको आह्वानको विरोध गर्दै करिश्माले लेखेकी थिइन्, ‘तपाईंजस्तो पढेलेखेको, राजनीति गर्ने मानिसको उर्जा अर्को पार्टीको विरोधमा मात्रै सीमित भएको देख्दा दुःख लाग्छ डा साब। यही हो नेपालीले पाएको गणतन्त्र? यही हो राजनीतिक संस्कार? देशको विकास कहिले हुने?’ 

सक्रिय राजनीतिमा लाग्न चाहेका अर्का कलाकार हुन् भुवन केसी। उनी दोस्रो संविधानसभा चुनावमा काठमाडौं क्षेत्र नम्बर–१ बाट एमालेको उम्मेदवार हुने चर्चा थियो। टिकट पाउन उनले निकै दौडधुप पनि गरेका थिए। तर, सफल भएनन्। एमालेले उनलाई त्यति बेला समानुपातिक सभासदको उम्मेदवारको सूचीमा भने राखेको थियो। सभासदै हुने मौका चाहिँ पाएनन्। उनले आफू मनमोहन अधिकारी प्रधानमन्त्री भएको बेलादेखि नै एमालेबाट प्रभावित भएको बताउने गरेका छन्।

देशमा चुनावी माहोल तातेका बेला राजनीतिमा आउने भन्दै चर्चा चल्ने कलाकार भने धेरै छन्। तीर्थ थापा, जोगेन्द्र थापा, शिवहरी नेपाल, पशुपति शर्मा, बद्री पंगेनी, सुनिल थापा, राधिका हमाल लगायत कलाकारहरु सक्रिय राजनीतिमा आउने चर्चा बेलाबेला चल्ने गरेको छ।

प्रकाशित मिति: बुधबार, मंसिर १५, २०७८  १८:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
बालबालिकालाई मायाले दिइने 'गुलियो' नयाँ जनस्वास्थ्य संकट, के भन्छन् विज्ञ? भर्खरै दुई वर्ष पार गरेका यी बालकको जिब्रोले प्राकृतिक रैथाने खाना भन्दा बढी बजारका प्रशोधित र गुलिया खानेकुराहरु चकलेट, विस्कुट, लल... शुक्रबार, जेठ १५, २०८३
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
ताजा समाचारसबै
गगन थापाको आरोप-‘सरकारले कर छुट देखाएर पछाडिबाट बढी कर असुल्यो’ आइतबार, जेठ ३१, २०८३
टेम्पो भीरबाट खसालेको अभियोगमा वन कार्यालयका १० कर्मचारी प्रहरीको नियन्त्रणमा आइतबार, जेठ ३१, २०८३
गुरु बराल भन्छन्– कांग्रेस सरकारको मतियार बन्यो आइतबार, जेठ ३१, २०८३
युवा विदेश जान अब बाध्य हुँदैनन्ः अर्थमन्त्री वाग्ले आइतबार, जेठ ३१, २०८३
प्रजातन्त्रका लागि लडेको कांग्रेसमै निरङ्कुशता सुरु भयो : शेखर कोइराला आइतबार, जेठ ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
फिफा विश्वकप : ब्राजील र मोरक्को भिड्दै, अहिलेसम्मको हेड टू हेड यस्तो छ शनिबार, जेठ ३०, २०८३
विश्वकपमा मेरो फेभरेट देश खेलेको छैन : प्रधानमन्त्री शनिबार, जेठ ३०, २०८३
मोरक्कोसँग ब्राजिलको बराबरी आइतबार, जेठ ३१, २०८३
सेफ सन्तोष साह पक्राउ शनिबार, जेठ ३०, २०८३
सशस्त्र प्रहरीद्वारा २५ लाख मूल्यको यौनवर्धक औषधि बरामद शनिबार, जेठ ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ बुधबार, जेठ २७, २०८३
फिफा विश्वकप : उद्घाटन खेलमै तीन खेलाडीलाई रातो कार्ड शुक्रबार, जेठ २९, २०८३
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
यी हुन् गृहमन्त्रीका चार निर्णय मंगलबार, जेठ २६, २०८३
फिफा विश्वकप : ब्राजील र मोरक्को भिड्दै, अहिलेसम्मको हेड टू हेड यस्तो छ शनिबार, जेठ ३०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्