• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

बहुमनबाट निस्केर बहुमतमा खुम्चिँदै ओली

64x64
डिबी खड्का मंगलबार, मंसिर १४, २०७८  १४:०४
1140x725

काठमाडौं- नारायणी किनारमा नेकपा एमालेको दशौं महाधिवेशन उद्घाटन हुँदै गर्दा एमालेजनसँग अध्यक्षमा केपी शर्मा ओलीलाई नै दोहोर्‍याउनुपर्ने अनेक कारण थिए। असमयमै सत्ताच्युत हुँदाको चोट मात्र होइन, गठबन्धनको घेराबन्दीसँग जुध्न ओलीको अनिवार्यता रहेको उनीहरु बताउँथे।

यस्तो बताउँदै गर्दा उनीहरुको एउटा अपेक्षा थियो- यसपल्ट नेतृत्व चयन सर्वसम्मत हुन्छ। नारायणी किनार पुगेका १० जना भन्दा बढी एमाले कार्यकर्तासँग संवाद गर्दा रोल्पाका बालाराम बस्नेतदेखि रौतहटका सञ्जयप्रसाद साहसम्मको समान धारणा थियो- सबैलाई मिलाएर लैजानुपर्छ। 

सबैलाई मिलाउने सबैभन्दा ठूलो जिम्मेवारी अध्यक्षका रुपमा ओलीकै थियो। अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका भीम रावलसमेत ओलीसँग 'संवाद' चाहिरहेका थिए। उद्घाटनको दिन राति ११ बजे चितवनको सौराहामा रावलसँग नेपाल लाइभले कुरा गर्दैगर्दा उनी ओलीले 'सल्लाह नगरेको' गुनासो गरिरहेका थिए। जति दिन घर्किदै गयो, उति उनको गुनासो आक्रोशमा परिणत हुँदै गयो। अनि एकखाले अहं पनि बढ्दै गयो।

परिणाम, वडा र पालिकाका अधिवेशन सर्वसम्मत गरेर प्रतिनिधि समेत सर्वसम्मत नै चयन गरेको एमालेले केन्द्रीय कमिटीमा निर्वाचन गर्नुपर्‍यो।

पार्टीमा ओलीसँग फरक मत राख्ने ठूलो संख्या टुक्रिएर गइसकेको समयमा अध्यक्षमा ओलीको जित हुनु आश्चर्यको कुरा होइन। उनी एमालेमा कार्यकर्ता मात्रै होइन, 'फ्यान'समेत भएका नेता हुन्। अब भने आफ्नै अनुदार शैलीले बहुमनका अध्यक्ष ओली बहुमतमा खुम्चिनेछन्।

महत्त्वाकांक्षाले बिगारेको माहोल
नारायणी किनारमा उद्घाटन सत्र चल्दै गर्दा धेरैलाई लागेको थियो, 'कुन आड र आँटले भीम रावल ओलीसँग टक्राउँदैछन्। पहाडसँग कुम ठोक्काउन किन चाहन्छन्?' उद्घाटन सत्रको दिन सौराहमा हामीले उनलाई यही प्रश्न राखेका थियौं। उनको उत्तर थियो, 'मैले कुनै भयंकर अप्ठ्यारो कुरा छिचोलेर यो आँट गरेजस्तो लाग्दैन। यो स्वाभाविक रुपमा आएको छ। सैद्धान्तिक र संगठनात्मक दृष्टिकोणबाट हच्किनुपर्ने कारण नै छैन।'

हच्किनुपर्ने कारण नदेख्दा पनि रावलमा आत्मविश्वास थिएन। प्यानल नबनाउने एमालेको निर्णयका कारण उनीसँग समूह थिएन। यता ओलीको अवस्था भने बलियो थियो। बेलुकी ८ बजे बोलाएको बैठकमा ओली १२ बजे आउँदा पनि केन्द्रीय कमिटीका नेताहरु हर्षित नै थिए।

ओली आउनुअघि नै केन्द्रीय कमिटी बैठक हुने हलमा एउटा हल्ला आइपुग्यो- विधान संशोधन गरेर पदाधिकारी र केन्द्रीय कमिटीको संख्या बढाइँदैछ। हामीले हलमा उपलब्ध नेताहरुसँग 'भेरिफाइ' गर्ने कोसिस गर्‍यौं, सबैभन्दा अगाडिको टेबलमा बसिरहेका अध्यक्षका प्रत्यासी भीम रावललाई सोध्यौं। उनीसँग ओलीको सल्लाह त के, हामीले जस्तै हल्ला समेत उनले सुनेका रहेनछन्। हाम्रो भनाइमा विश्वास नै गरेनन्।

Ncell 2
Ncell 2
nimb
nimb

त्यसपछि उभिएर गफ गरिरहेका घनश्याम भुसालको काननजिकै मुख लिएर सुस्तरी सोध्यौं। उनले सदाबहार शैलीमा भने, 'मसँग तपाईंसँग जति पनि सूचना छैन।'

त्यसपछि पल्लो कुनाको अग्रभागमा बसिरहेका सुवास नेम्वाङ नजरमा परे। उनीसँग सूचनाको भेरिफाइ गरियो। नेम्वाङ शैलीमा उत्तर थियो, 'मैले पनि त्यस्तै-त्यस्तै हल्ला सुनेको छु।' नेम्वाङले यति 'क्लु' दिएपछि प्रस्ताव आउन लागेको सूचना सही रहेको अनुमान लगाउन सकिन्छ। किनभने उनी प्राय: यसैगरी प्रस्तुत हुन्छन्।

दुई महिनाअघि मात्रै गरिएको विधान अधिवेशनले गरेका निर्णय संशोधन गर्नुपर्ने कुरा केन्द्रीय कमिटीका उपाध्यक्ष र उपमहासिचवले जानकारी नपाउनु सामान्य कुरा होइन। दिउँसो मञ्चमा खचाखच कार्यकर्ताबाट 'आई लभ यू' सुनेका ओली आफूले बोलेका कुरा 'वाणी' र गरेको काम खोटरहित हुने मनोवृत्तिमा पुगेको यसैले देखाउँथ्यो। 

त्यसपछिका दिनमा यो क्रम बढ्यो। उनले फरक मत राख्नेहरुको कुरा 'इग्नोर' गर्दै गए। महत्त्वाकांक्षाले उनलाई फुलाउँदै लग्यो। केन्द्रीय कमिटीको नाम एकलौटी प्रस्ताव गर्ने अधिकार हासिल गर्ने ठाउँसम्म पुर्‍यायो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

नारायणी किनारमा देखिएको त्यो अनुकूल माहोल सौराहाको आँगनमा आइपुग्दा बिग्रिँदै गएको थियो। अन्ततः उनलाई बाहिरबाट मात्रै होइन, आफ्नै गुटभित्रका नेताहरुको 'प्रेसर' समेत थेग्न मुश्किल पर्‍यो।

छुद्र टिप्पणी, हेपाह प्रवृत्ति
लोकतान्त्रिक प्रणाली अवलम्बन गरेको पार्टीमा निर्वाचन हुनु ठूलो कुरा होइन। प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्नुपर्ने मान्यता बोकेको जनताको बहुदलीय जनबाद (जबज)लाई मार्गदर्शक सिद्धान्त मान्ने एमालेले त झन् यसलाई प्रोत्साहन गर्नुपर्ने हो। तर, एमालेको महाधिवेशनको माहोलमा त्यस्तो देखिएन। केन्द्रीय कमिटीको नाम प्रस्तुत गर्ने सर्वाधिकार पाएका ओलीविरुद्ध बन्दसत्रमा बोल्ने उपाध्यक्ष भीम रावलमाथि त्यहीँ छुद्र टिप्पणी गरिए। उनले आफ्नो शक्तिलाई यसरी प्रस्तुत गरे, 'केका लागि लड्ने विचार गरेको हो? अधिकारको प्रयोग मात्रै गर्न? निष्कर्ष त उस्तै-उस्तै निस्किने होला।'

ओलीले आफू कमजोर भएका बेला आफ्ना विचार दबाइएको तीतो क्षण बिर्से। आठौं महाधिवेशनका क्रममा सम्भवतः ओलीले आफू पराजित हुने प्रक्षेपण गरेकै थिए। किन लडे?

यसपल्ट एक भएर अघि बढ्नुपर्ने कुरा एमाले दृष्टिमा अनुचित होइन। आउँदै गरेका दुई निर्वाचनमा एमालेको जितका लागि आन्तरिक एकता सबैभन्दा महत्त्वपूर्ण पाटो हो। त्यसको महसुस आम कार्यकर्ताले गरेका छन्। एकता अहंकारले होइन, समन्वयले सम्भव हुने कुरा अध्यक्ष ओलीले उहिल्यै बिर्सेका हुन्। उनलाई सम्झाउने आँट भएको व्यक्ति एमालेमा छैनन्।

हलभित्र ओलीले रावलको आवाजलाई आफ्ना समर्थकले बजाएको तालीका सहारामा दबाउने प्रयास गरे। बन्दसत्र हलबाहिर ओलीका कार्यकर्ताले रावलको फरकमत छापिएको पुस्तिका समेत बाँड्न दिएनन्। कम संख्याको उपस्थितिलाई बहुमतबाट पेल्ने प्रयासले पार्टीमा फरक मत राख्नेहरुलाई स्पेस नरहेको स्पष्ट पार्‍यो। 

चितवनको हात्ती जस्तै ठूलो पार्टी बनाउने एमाले कार्यकर्ताको चाहना छ, ओलीको यही कार्यशैलीले निरन्तरता पाउने हो भने एमाले सौराहाको एकसिंगे गैडा जस्तै लोपोन्मुख बन्न पनि बेर लाग्नेछैन।

प्रकाशित मिति: मंगलबार, मंसिर १४, २०७८  १४:०४
  • #एमाले_दशौं_राष्ट्रिय_महाधिवेशन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्