• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १९, २०८३ Fri, Sep 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

माओवादी केन्द्रबाट आएका बादल र लेखराजलाई जिताउलान् एमाले कार्यकर्ताले?

64x64
डिबी खड्का सोमबार, मंसिर १३, २०७८  २३:३४
1140x725

काठमाडौं– दशौं महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्न हरेक जोडबल गरेको नेकपा एमालेको संस्थापन अर्थात् अध्यक्षका उम्मेदवार केपी शर्मा ओली पक्ष चुनाव हुने पदमा पनि आफ्नो पल्लाभारी रहनेमा ढुक्क देखिन्छ। तर, संस्थापन पक्षबाट प्रस्तावित माओवादीका दुई पदाधिकारीका विषयमा भने सन्देह छ। 

संस्थापन पक्षबाट रामबहादुर थापा 'बादल' उपाध्यक्षका उम्मेदवार छन्। त्यही पदमा एमालेका संस्थापनइतरका नेता घनश्याम भुसालले उम्मेदवारी दिएपछि निर्वाचन हुने भएको हो। भुसालले ओलीसँग फरक मत राख्ने गरेको भएपनि एमाले कार्यकर्ताले उनको विद्वताको कदर गर्दै आएका छन्। 

नवौं महाधिवेशनमा उपमहासचिवमा भुसालले सबैभन्दा बढी मत ल्याएका थिए। भुसालले जित्दा ओली समूहबाट हार्नेमा अहिलेका निर्विरोध महासचिव शंकर पोखरेल थिए। त्यसैले भुसालको उम्मेदवारीले संस्थापन पक्षका ७ मध्ये जसलाई पनि खतरामा पार्न सक्छ। उपाध्यक्षमा दोहोरिएकी अष्टलक्ष्मी शाक्य एकमात्र महिला नेता हुन्। लामो राजनीतिक इतिहास भएकी उनलाई एमाले कार्यकर्ताले दोहोर्‍याएर 'अन्याय' गर्ने छैनन्। 

वरिष्ठ उपाध्यक्षका लागि अन्तिमसम्म भिडेका सुवासचन्द्र नेम्वाङ उपाध्यक्षमा पराजित हुने सम्भावना देखिँदैन। नेकपा कालमा एमाले कार्यकर्ता उनलाई अध्यक्षसमेत स्वीकार्न तयार भएका थिए। त्यसैले उनी लोकप्रिय मतसहित जित्न सक्ने अनुमान गरिन्छ। 

महासचिवका बलिया उम्मेदवारद्वय विष्णु पौडेल र सुरेन्द्र पाण्डे सहमतिका लागि उपाध्यक्षमा उक्लिएका हुन्। उनीहरुको त्यो भावनाको कदर एमाले कार्यकर्ताले गर्ने नै छन्। संस्थापनइतर समूहलाई समेट्ने क्रममा उपाध्यक्षमै दोहोर्‍याइएका हुन् युवराज ज्ञवाली। नवौं महाधिवेशनमा उपाध्यक्ष जितेका उनी ओलीको वचन राख्दै सोही पदमा बसेका छन्। त्यसकारण उनलाई हराएर 'एकताको महाधिवेशन'बाट अनेकताको सन्देश दिन संस्थापन पक्षका कार्यकर्ता चाहँदैनन्। 

बलिया उम्मेदवारसँग बादल आफैं पनि बलिया उम्मेदवार छन्। नेकपा कालको संघर्षमा कमजोर रहेका ओलीलाई साथ दिएका बादललाई संस्थापन पक्षले गुन तिर्ने बेला भएको छ। यदि बादलले हारे भने नेकपाकै लिगेसी दाबी गर्ने ओली पक्षकै हार हुनेछ। 

उपमहासचिवमा टोपबहादुर रायमाझी सर्वसम्मत भइसकेका छन्। यस हिसाबले पदाधिकारीमा पूर्वमाओवादीको प्रतिनिधित्व सुनिश्चित भने भइसकेको छ। 

पूर्वमाओवादीका लेखराज भट्टलाई सचिवमा प्रस्ताव गरिएको छ। संस्थापन पक्षले 'भाग' दिएपनि एमालेकै अर्को पक्षले खोस्न सक्ने डर केही एमाले कार्यकर्तामा देखिन्छ। किनभने संस्थापनइतरबाट उम्मेदवारी दिने भीम आचार्य त्यही पदमा दोहोरिन चाहेका छन्। उनले नवौं महाधिवेशनमा सचिव पदमा जित हासिल गरेका थिए। एमालेको संगठनमा उनको राम्रो पकड रहेको मानिन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

अर्का प्रत्यासी टंक कार्कीले पनि नवौं महाधिवेशनमा केन्द्रीय सदस्य अघिल्लो रोलक्रममै जितेका थिए। चीनका लागि नेपालका राजदूत समेत रहिसकेका उनलाई कम आँक्न नमिल्ने प्रतिनिधीहरुको बुझाइ छ। 

सचिवमै दोहोरिएका गोकर्ण विष्ट नवौं महाधिवेशनमा सर्वाधिक मतसहित विजयी बनेका नेता हुन्। बोलेर कसैलाई नबिझाउने उनी एमाले एकताका लागि सक्रियसमेत रहेकाले कार्यकर्ताको रोजाइको अग्रभागमै पर्न सक्छन्। 

यसैगरी योगेश भट्टराईले त झन् सहमतिकै लागि भनेर सचिवभन्दा माथि दाबी नै प्रस्तुत नगर्ने घोषणा महाधिवेशनअघि नै गरेका थिए। कुनै समय संस्थापन इतरमा रहेका उनले ओलीलाई साथ दिएकै कारण अनेक कोणबाट आलोचना खेप्नुपरेको छ। त्यसैले उनलाई संस्थापन पक्षका पदाधिकारीले बिर्सिने सम्भावना कम रहन्छ।

छविलाल विश्वकर्मा एउटा समुदायबाट प्रतिनिधित्व गरेर ओली सरकारमा राजकीय पद हासिल गर्न नसकेका एकमात्र ओली पक्षका स्थायी कमिटी सदस्य हुन्। त्यति हुँदा पनि ओलीलाई नछाडेका उनी बलिया दाबेदार हुन्। समावेशी कमिटी निर्माणका लागि पनि उनलाई भोट हाल्नुपर्ने बाध्यता महाधिवेशन प्रतिनिधिलाई छ।

अन्य कमिटीमा एकतिहाइ महिलाहरुको प्रतिनिधित्व सुनिश्चित गरेको एमालेले पदाधिकारीमा जम्मा २ जनालाई उम्मेदवार बनाएको छ। तीमध्ये एक हुन् पद्मा अर्याल। विगतमा एमालेमा लडेरै जिल्ला अध्यक्ष भएकी एकमात्र महिलाका रुपमा उनलाई लिइन्थ्यो। स्याङ्जामा तत्कालीन मन्त्रीसमेत रहेका कांग्रेस नेता गोपालमान श्रेष्ठलाई हराएर प्रतिनिधि सभा निर्वाचनमा विजय हासिल गरेकी उनले महत्वपूर्ण मन्त्रालयको समेत जिम्मेवारी सम्हालिसकेकी छन्। एमालेमा महिला नेतृत्वमा 'माथि' पुग्न सक्ने क्षमता भएकी नेताका रुपमा उनलाई लिइन्छ। 

यसैगरी रघुवीर महासेठ एमाले कमजोर हुँदै गएको प्रदेश २ बाट समेत प्रतिनिधित्व गर्छन्। ओलीका विश्वासपात्र मानिने उनले ओली सरकारमा हुँदा २ वटा मन्त्रालय समेत सम्हालेका छन्। 

संस्थापन पक्षले अघि सारेका नेता लेखराज भट्टलाई माओवादीसँगको एकतालाई कायम राख्न मात्रै होइन, पदाधिकारीमा सुदूरपश्चिम शून्य हुन नदिन पनि जिताउनुपर्नेछ। कर्णाली प्रदेश पदाधिकारी शून्य बनाएर आलोचना खेपेको एमालेले सुदूरपश्चिममा पनि पदाधिकारी दिन सकेन भने संगठन झन् कमजोर हुने आकलन गरेको छ।

प्रकाशित मिति: सोमबार, मंसिर १३, २०७८  २३:३४
  • #एमाले_दशौं_राष्ट्रिय_महाधिवेशन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवित उद्धार गरियो शुक्रबार, भदौ १९, २०८३
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शुक्रबार, भदौ १९, २०८३
भोटेकोशी बाढी : १ हजार २९० शव फेला, ४ हजार ७९८ बेपत्ताको खोजी जारी शुक्रबार, भदौ १९, २०८३
नुवाकोटका बाढीपीडितको पुनस्र्थापनाबारे मन्त्री रावलद्वारा जनप्रतिनिधिसँग छलफल शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
मन्त्रिपरिषद् बैठक: यस्ता छन् सात निर्णय बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्