• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

एमाले महासचिवमा शंकर पोखरेलले कसरी मारे बाजी?

किशोर दहाल/डिबी खड्का सोमबार, मंसिर १३, २०७८  २०:४२
1140x725

काठमाडौं- नेकपा एमालेमा महासचिवका बलिया दाबेदार मानिएका विष्णु पौडेललाई उपाध्यक्षतर्फ धकेल्दै महासचिव हासिल गर्न सफल भएका छन् शंकर पोखरेल। धेरैको मनमा एउटा प्रश्नले डेरा जमाएको हुनुपर्छ- एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपामा समेत महासचिव बनेका पौडेल एमालेकै महासचिव किन बन्न सकेनन्? अर्का प्रत्यासी सुरेन्द्र पाण्डे भने महाधिवेशन सुरु हुनु केही दिनअघि नै महासचिवको रिङबाट बाहिर परिसकेका थिए।

तीन दिन लामो घम्साघम्सीपछि पोखरेलले आइतबार राति पौने ९ बजेतिर महासचिवमा बाजी मारेका हुन्। त्यो समयसम्म केन्द्रीय कमिटीकै 'व्यवस्थापकीय' काममा सक्रिय पौडेलले अन्तिम समयमा आफूले उपाध्यक्षमा उक्लिनुपर्ने सुइँको पाएका हुन्। 

अध्यक्ष केपी शर्मा ओलीनिकट एक नेताका अनुसार आइतबार राति साढे ८ बजे लगभग सबै पदमा प्रस्ताव गरिने नामको टुंगो लाग्यो। बाँकी थियो, उपाध्यक्ष एक पद र महासचिव। कसलाई बनाउने भनेर ओली समूहका शीर्ष नेताहरुबीच छलफल सुरु भयो। छलफलकै क्रममा ओलीले नेताहरुलाई भने, ‘महासचिव मलाई नै रोज्न दिनुहोस्।’

केन्द्रीय सदस्यसहित अन्य पदाधिकारीको सूची हातमा बोकेका महासचिवका प्रत्यासी पौडेलले त्यो डकुमेन्ट ओलीलाई बुझाए। ओलीको रोजाइमा परे, पोखरेल। पौडेलको नाम उपाध्यक्षमा लेखियो।

पहिल्यै गरेका थिए संकेत
एमालेले लामो समयसम्म महासचिव नै पार्टी प्रमुख हुने अभ्यास गरेको र केही कम्युनिस्ट पार्टीमा अझै पनि सो पद नै प्रमुख हुने व्यवस्था भएका कारण पनि यसको थप महत्त्व छ। मुख्य रुपमा भने, पार्टीभित्र पकड, आगामी नेतृत्वमा उक्लिने सिँढी र बाह्य प्रभावको हिसाबले एमालेमा महासचिवलाई निकै महत्त्वका साथ लिइन्छ।

पोखरेललाई आफ्नो उत्तराधिकारी बनाउन सक्ने संकेत ओलीले विधान महाधिवेशनमै गरेका थिए। गत असोज १५ गते भएको एमालेको प्रथम विधान महाधिवेशन अध्यक्ष केपी शर्मा ओली आफ्नो राजनीतिक प्रतिवेदन पढिरहेका थिए। रुघा र खोकीका कारण असहज महशुस गरिरहेका उनले केही बेरमा शंकर पोखरेललाई खोजे। र भने- 'कमरेडहरु, मलाई अलिकति रुघाखोकीको कारणले प्रतिवेदन प्रस्तुत गर्न अलि समस्या भएकाले म कमरेड पोखरेललाई आग्रह गर्छु। मेरो तर्फबाट उहाँले प्रस्तुत गर्नुहुन्छ।'

पढ्दापढ्दै गाह्रो भएपछि अर्को व्यक्तिलाई पूरा गर्न लगाउनु सामान्य हो। तर, ओलीले जसलाई रोजे, त्यसलाई भने विभिन्न अर्थ लगाइयो। एमालेका कतिपय नेता तथा कार्यकर्ताले त्यतिबेलै अड्कल लगाए- ओलीले आफ्नो उत्तराधिकारीको रुपमा पोखरेललाई रोजे!

महाधिवेशनअघि अध्यक्ष ओली पूर्वदेखि पश्चिमका विभिन्न कार्यक्रममा पुगे। ती कार्यक्रममा नछुट्ने नेता थिए शंकर पोखरेल। ओलीलाई प्रमुख अतिथि भनेर निम्त्याइएको मञ्चको प्रयोग पोखरेलले समेत गरे। त्यो एमाले कार्यकर्तामा 'स्वीकार्यता' बढाउने ओली रणनीति थियो। आगामी ‘उत्तराधिकारी’लाई ‘चिनाउने’ प्रयत्न पनि।

Ncell 2
Ncell 2
nimb
nimb

र उनै पोखरेल निर्विरोध एमाले महासचिव भएका छन्। ओलीले प्रस्तुत गरेको पदाधिकारीको अन्य केही पदमा थप उम्मेदवारी परेर निर्वाचन हुने स्थिति बनेको भए पनि पोखरेललाई चुनौती दिन कोही अघि सरेनन्।

केन्द्रबाट टाढिएको क्षतिपूर्ति महासचिव
पोखरेल एमालेको नवौं महाधिवेशनमा उपमहासचिवमा पराजित भएका थिए। दुई जनाको लागि भएको निर्वाचनमा घनश्याम भुसाल र विष्णु पौडेल पहिलो र दोस्रो हुँदा पोखरेल तेस्रो भएका थिए।

२०७४ सालमा सम्पन्न आम निर्वाचनमा उनी प्रदेश सभाको लागि उम्मेदवार बने। माओवादी केन्द्रसँगको गठबन्धनका कारण उनले प्रदेश सभामै चित्त बुझाउनुपर्‍यो। उनलाई मुख्यमन्त्री बनाउने बाचासहित प्रदेश सभा निर्वाचनको उम्मेदवार बनाइएको थियो। नेपालमा राज्य पुनःसंरचनाको बहसमा अन्य एमाले नेताभन्दा अघि बढेर पुस्तक समेत लेखिसकेका पोखरेल कालान्तरमा मुख्यमन्त्री पनि बने।

महाधिवेशनमा पराजित हुनु र लुम्बिनी प्रदेशको सांसद्/मुख्यमन्त्री हुनुले उनलाई केन्द्रीय राजनीतिबाट ओझेलमा पर्ने आकलन गरिएको थियो। तर, प्रदेशको राजनीतिक खिचातानीमा 'खुम्चिन' उनले सधैं अस्वीकार गरिरहे। तत्कालीन नेकपादेखि अहिलेको एमालेमा देखिएका आन्तरिक विवाद मिलाउन उनी लुम्बिनीबाट तत्काल काठमाडौं आइपुग्थे। उनको सक्रियता सधैं पार्टीको केन्द्रमा रहन्थ्यो, रहिरह्यो। सामाजिक सञ्जालमा उनले अभिव्यक्त गर्ने धारणाले पनि उनको दिमागमा हरबखत संघ र पार्टी केन्द्रको राजनीति नै रहने गरेको देखिन्छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

बीचका केही वर्ष औपचारिक भूमिकाको सन्दर्भमा केन्द्रीय राजनीतिबाट टाढिनुपरेको क्षतिपूर्ति समेत पोखरेलले महासचिवमा बाजी मारेर देखाएका छन्। 

उनले  महासचिव प्राप्त गर्ने दाबी गर्दै उनीनिकट एक नेताले एक महिनाअघि भनेका थिए, 'ओली पक्षका विचारकका रुपमा उहाँलाई लिइन्छ। जबजलाई कार्यक्रममा सिमित नराखेर सिद्धान्त बनाउनुपर्छ भनेर उहाँले अनेरास्ववियुको अध्यक्ष हुँदा नै भन्नुभएको थियो। त्यहीबेला मदन भण्डारीले समेत उहाँलाई सम्भावना भएको नेता भन्नुभएको थियो।'

एमालेको छैटौं महाधिवेशनले जबजलाई पार्टीको मार्गदर्शक सिद्धान्तका रुपमा पारित गर्‍यो। त्यसले पोखरेललाई अझ प्रभावशाली बनायो। सातौं महाधिवेशनमा उनले अघि सारेको संविधानसभामा जानुपर्ने विचारले उनलाई चर्चित बनाएको थियो। पछि एमाले संविधानसभा स्वीकार्ने ठाउँमा पुगेपछि उनको 'दूरदर्शिता'को प्रशंसा भयो।  

उनी एमालेको ओली पक्षका विचारक हुन्। अर्को पक्षका घनश्याम भुसाल को विचारलाई काउन्टर दिनसमेत ओलीलाई महासचिव पोखरेल जस्तै व्यक्ति चाहिएको थियो। सधैं ओलीको साथमा रहेका पोखरेललाई 'उत्तराधिकार' दाबी गर्न उनको वैचारिक पृष्ठभूमिले सजिलो बनायो भने व्यवस्थापनमा कौशल रहेका पौडेललाई पछि पार्ने मुख्य हतियार नै यही भयो। 

एमालेभित्रको राजनीतिमा आफ्नो भूमिकालाई निर्णायक बनाउँदै आएकी राष्ट्रपति तथा एमालेकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीको साथ पनि पोखरेललाई थियो। किनकि, पोखरेलको राजनीतिक उदयदेखि नै उनलाई भण्डारीप्रति निकट नेताको रुपमा चिनिन्छ। अर्कोतिर, भण्डारीले अपनत्व महसुस गर्ने जबजप्रति पोखरेल जत्तिको प्रतिबद्ध नेता अरु छैनन्।

प्रकाशित मिति: सोमबार, मंसिर १३, २०७८  २०:४२
  • #एमाले_दशौं_राष्ट्रिय_महाधिवेशन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्