काठमाडौं– पत्रकार मानछिरिङ तामाङले निर्देशन गरेको ‘इन्फेक्टेट एब्रोड २०१९’ अर्को नयाँ वृत्तचित्रले जापानमा अवार्ड जित्न सफल भएको छ।
जापानको टोकियो शहरमा २१ नोभेम्बरदेखि २३ सम्म आयोजित टोकियो फिल्म अवार्ड महोत्सवमा उक्त वृत्तचित्रले अवार्ड जित्न सफल भएको हो।
यो वृत्तचित्रमा कोभिड–१९ बाट बाँचेका निर्देशक तामाङको कथाको वरिपरि घुमेको छ।
स्मरणीय छ, यसअघि पनि पत्रकार तामाङले भेडी गोठालोसम्बन्धी डकुमेण्ट्री बनाएका थिए, जसले अमेरिकाका विभिन्न राज्यहरुमा आयोजित फेस्टिवलहरुमा सहभागी भएर विभिन्न अवार्डहरु जितेका थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।