• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, माघ ३, २०८२ Sat, Jan 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

सेयर बजारमा साताको पहिलो दिनमै गएको पहिरोले के संकेत गर्छ? जानकारहरु यसकारण आशावादी छन्

64x64
सुमित्रा कार्की आइतबार, मंसिर १२, २०७८  २०:४१
1140x725

काठमाडौं- मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाले सेयर बजारमा पहिरो ल्याएको छ। समीक्षा सार्वजनिक भएपछिको पहिलो कारोबार दिन, आइतबार सेयर बजारमा ८०.२९ अंकको गिरावट आएको छ। नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको थियो। 

समीक्षामा लगानीकर्ताले हटाउन माग गरेको ४/१२ को क्याप (कुनै व्यक्ति वा संस्थाले सेयर धितो राखेर एउटा बैंक वा वित्तीय संस्थाबाट ४ करोड रुपैयाँ र समग्र बैंकिङ च्यानलबाट १२ करोड रुपैयाँ मात्र ऋण लिन पाउने व्यवस्था) लाई राष्ट्र बैंकले यथावत् राखेको थियो। जसको प्रभाव आज सेयर बजारमा देखिएको पुँजी बजार फोरमका सदस्य राजन लम्सालले बताए। 

‘मौद्रिक नीति समीक्षामार्फत् लगानीकर्ताले सेयर बजारको लागि केही सकारात्मक अपेक्षा गरेका थिए। तर, यसले लगानीकर्तालाई निराश बनाएको छ। राष्ट्र बैंकले ४/१२ को क्याप नहटाए पनि केही परिमार्जन गर्ने आशा लगानीकर्ताले राखेका थिए। यसले लगानीकर्तामा निराशा थपिँदा आज बजार घट्न गयो। तर, विस्तारै सेयर बजार फर्किन्छ,’ उनले भने। 

मौद्रिक नीतिमा सेयर बजारविरोधी केही विषय नआए पनि लगानीकर्ताहरुले थप अपेक्षा गरेका कारण बजार सकारात्मक हुन नसकेको सेयर बजार जानकार तथा इन्भेस्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार बताउँछन्। उनी भन्छन्, ‘आज बजार घटेको भए पनि कारोबार रकम भने उत्साहजनक नै छ। लगभग छ अर्ब रुपैयाँको कारोबार भएको छ। खरिद-बिक्री रकममा सुधार भएको छ। यसले गर्दा आगामी दिनमा सेयर बजारले आफ्नो लय समात्छ।’

लगानीकर्ताको मनोविज्ञानका कारण बजारमा केही दिन प्रभाव परे पनि यसको असर लामो समयसम्म नरहने रौनियारको बुझाइ छ। सेयर बजारले अब ४/१२ क्यापलाई पचाइसकेको बताउँदै उनी भन्छन्, ‘बजारले अहिलेको ४/१२ को क्यापलाई पचाइसकेको छ। अबको केही दिन सेयर बजारमा यस्तो गिरावट देखिए पनि त्यो क्षणिक हो।’

पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष संरक्षणा चौधरीका अनुसार आज सेयर बजारमा ‘प्यानिक सेल’ भयो। उनी भन्छिन्, ‘४/१२ को क्याप हट्छ भनेर मार्केटमा एक खालको हल्ला फिँजाइएको थियो। तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले केही गर्छ भन्ने हल्ला थियो। यसले गर्दा विगत दुई महिनादेखि सेयर बजार स्थिर थियो।’

अहिले सेयर बजारको मुख्य सिजन चलिरहेको लम्साल बताउँछन्। सूचीकृत कम्पनीहरूले धमाधम वित्तीय विवरण सार्वजनिक गरिरहेका छन्। नाफा औसतमा बढेको देखिएको छ। कम्पनीहरूको लाभांश प्रस्ताव गर्ने क्रम पनि जारी छ। धेरैले ‘बुक क्लोज’ मिति तय गरी साधारण सभा बोलाइरहेका छन्। कतिपय कम्पनीले लगानीकर्ताको खातामा लाभांशसमेत पठाइसकेका छन्। यसले गर्दा बजार धेरै नघट्ने लम्सालको बुझाइ छ।

बजार बढ्दा होस् वा घट्दा, लगानीकर्ताले कम्पनीहरूको बारेमा निरन्तर अध्ययन गरेर लगानी गर्नुपर्ने रौनियार बताउँछन्। उनी भन्छन्, ‘लगानीकर्ताले लगानी गर्ने वा गरिएका कम्पनीको प्रमुख वित्तीय सूचक ख्याल गर्नुपर्छ। लाभांश क्षमता, व्यवसाय विस्तारको सम्भावना, भावी योजना पनि हेर्नुपर्छ। लगानी गर्दा जोखिम बहन क्षमतामा पनि ध्यान दिन बिर्सिनु हुँदैन। यसरी सेयर बजारमा प्रवेश गरेका लगानीकर्ताले कहिल्यै पनि प्यानिक भएर सेयर बिक्री गर्दैनन्।’

Ncell 2
Ncell 2

अहिलेको बजार दीर्घकालीन लगानी गर्ने लगानीकर्ताका लागि उपयुक्त भएको कारण बजार चाँडै आफ्नो लयमा आउने नेपाल पुँजी बजार फोरमकी अध्यक्ष राधा पोखरेल बताउँछिन्। उनी भन्छिन्, ‘लगानी गर्दा लगानी गरिएका कम्पनीको आधारभूत पक्षमा ध्यान दिन भुल्नु हुँदैन। यसले सक्षम र स्थायी लगानीकर्ता बनाउँछ। सेयर बजारमा अहिले सेयर बेच्ने लगानीकर्ता दीर्घकालीन होइनन्। यसले गर्दा बजारको  गिरावट लामो समयसम्म रहँदैन।’

यस्तो रह्यो आजको सेयर बजार
नेपाल स्टक एक्सचेञ्‍ज (नेप्से)का अनुसार आइतबार ८०.२९ अंकले घटेर सेयर बजार मापक परिसूचक नेप्से २६५१.४९ विन्दुमा ओर्लिएको छ। आज समग्र सेयर बजार २.९४ प्रतिशतले घटेको छ। आज कारोबारमा आएको २३४ कम्पनीमध्ये १० कम्पनीको सेयर मूल्य सामान्य बढेको छ भने बाँकी कम्पनीको सेयर ओरालो लागेको छ। आज ठूला कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १४.१९ अंकले घटेर ५०१.४६ विन्दुमा ओर्लिएको छ।

आज कूल पाँच अर्ब ८३ करोड ५१ लाख ३५ हजार रुपैयाँ बराबरको एक करोड १९ लाख तीन हजार २०२ कित्ता सेयर खरिद-बिक्री भएको नेप्सेले जनाएको छ। सबै समूहका सूचक घटेका छन्। विकास बैंक, व्यापार, हाइड्रोपावर लगायतका समूहमा भारी गिरावट आएको छ। 

आज सबैभन्दा धेरै आईसीएफसी फाइनान्स कम्पनीका लगानीकर्ताले प्रतिकित्ता ९.७८ प्रतिशतका दरले कमाएका छन्। यस्तै सबैभन्दा धेरै हिमालयन पावर पार्टनर कम्पनीका लगानीकर्ताले प्रतिकित्ता ८.४९ प्रतिशतका दरले गुमाएका छन्। सबैभन्दा धेरै गुमाउने दोस्रो कम्पनी मानुषी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता रहेका छन्।

२९ करोड ८१ लाख रुपैयाँभन्दा बढीसहित खरिद-बिक्री रकममा महालक्ष्मी विकास बैंक सबैभन्दा अघि छ। यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल पुनर्बिमा कम्पनी र नेसनल हाइड्रोपावर परेका छन्।

प्रकाशित मिति: आइतबार, मंसिर १२, २०७८  २०:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
पाँच अंकले बढ्यो नेप्से मंगलबार कारोबारमा आएकामध्ये ११८ कम्पनीको सेयर मूल्य बढ्यो भने १३४ कम्पनीको मूल्य घट्यो। ८ कम्पनीको सेयर मूल्य स्थिर रह्यो। सेयर मूल्... मंगलबार, पुस २९, २०८२
बढ्यो सेयर बजार, खुम्चियो कारोबार रकम १२९ कम्पनीको मूल्य बढ्दा ११५ को घट्यो भने १५ को स्थिर रह्यो । सबै समूहका सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो । बैंकिङ ०.३०, विका... बिहीबार, पुस २४, २०८२
सामान्य अंकले बढ्यो नेप्से सोमबारको तुलनामा मंगलबार शून्य दशमलव शून्य तीन प्रतिशतले बढेर नेप्से २५ सय ८२ दशमलव २३ विन्दुमा बन्द भएको छ । मंगलबार, पुस ८, २०८२
ताजा समाचारसबै
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
रेजा पहलवीले गरे इरानमा अमेरिकी हस्तक्षेपका निम्ति आह्वान शनिबार, माघ ३, २०८२
भावी सरकारमा पनि मिडियाकर्मीको प्रतिनिधित्व हुनुपर्छ : सञ्चारमन्त्री शनिबार, माघ ३, २०८२
यी हुन् गगन थापाको सभापतित्वमा बसेको काँग्रेस कार्यसमिति बैठकले गरेका निर्णयहरु शनिबार, माघ ३, २०८२
बर्दिया १ बाट चुनाव लड्ने तयारीमा बामदेव गौतम शनिबार, माघ ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
यी हुन् गगन थापाको सभापतित्वमा बसेको काँग्रेस कार्यसमिति बैठकले गरेका निर्णयहरु शनिबार, माघ ३, २०८२
पेट्रोलियम पदार्थको मूल्य घट्यो शुक्रबार, माघ २, २०८२
देउवा पक्षको आक्रोश – निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्