• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

सेयर बजारमा साताको पहिलो दिनमै गएको पहिरोले के संकेत गर्छ? जानकारहरु यसकारण आशावादी छन्

64x64
सुमित्रा कार्की आइतबार, मंसिर १२, २०७८  २०:४१
1140x725

काठमाडौं- मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाले सेयर बजारमा पहिरो ल्याएको छ। समीक्षा सार्वजनिक भएपछिको पहिलो कारोबार दिन, आइतबार सेयर बजारमा ८०.२९ अंकको गिरावट आएको छ। नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको थियो। 

समीक्षामा लगानीकर्ताले हटाउन माग गरेको ४/१२ को क्याप (कुनै व्यक्ति वा संस्थाले सेयर धितो राखेर एउटा बैंक वा वित्तीय संस्थाबाट ४ करोड रुपैयाँ र समग्र बैंकिङ च्यानलबाट १२ करोड रुपैयाँ मात्र ऋण लिन पाउने व्यवस्था) लाई राष्ट्र बैंकले यथावत् राखेको थियो। जसको प्रभाव आज सेयर बजारमा देखिएको पुँजी बजार फोरमका सदस्य राजन लम्सालले बताए। 

‘मौद्रिक नीति समीक्षामार्फत् लगानीकर्ताले सेयर बजारको लागि केही सकारात्मक अपेक्षा गरेका थिए। तर, यसले लगानीकर्तालाई निराश बनाएको छ। राष्ट्र बैंकले ४/१२ को क्याप नहटाए पनि केही परिमार्जन गर्ने आशा लगानीकर्ताले राखेका थिए। यसले लगानीकर्तामा निराशा थपिँदा आज बजार घट्न गयो। तर, विस्तारै सेयर बजार फर्किन्छ,’ उनले भने। 

मौद्रिक नीतिमा सेयर बजारविरोधी केही विषय नआए पनि लगानीकर्ताहरुले थप अपेक्षा गरेका कारण बजार सकारात्मक हुन नसकेको सेयर बजार जानकार तथा इन्भेस्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार बताउँछन्। उनी भन्छन्, ‘आज बजार घटेको भए पनि कारोबार रकम भने उत्साहजनक नै छ। लगभग छ अर्ब रुपैयाँको कारोबार भएको छ। खरिद-बिक्री रकममा सुधार भएको छ। यसले गर्दा आगामी दिनमा सेयर बजारले आफ्नो लय समात्छ।’

लगानीकर्ताको मनोविज्ञानका कारण बजारमा केही दिन प्रभाव परे पनि यसको असर लामो समयसम्म नरहने रौनियारको बुझाइ छ। सेयर बजारले अब ४/१२ क्यापलाई पचाइसकेको बताउँदै उनी भन्छन्, ‘बजारले अहिलेको ४/१२ को क्यापलाई पचाइसकेको छ। अबको केही दिन सेयर बजारमा यस्तो गिरावट देखिए पनि त्यो क्षणिक हो।’

पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष संरक्षणा चौधरीका अनुसार आज सेयर बजारमा ‘प्यानिक सेल’ भयो। उनी भन्छिन्, ‘४/१२ को क्याप हट्छ भनेर मार्केटमा एक खालको हल्ला फिँजाइएको थियो। तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले केही गर्छ भन्ने हल्ला थियो। यसले गर्दा विगत दुई महिनादेखि सेयर बजार स्थिर थियो।’

अहिले सेयर बजारको मुख्य सिजन चलिरहेको लम्साल बताउँछन्। सूचीकृत कम्पनीहरूले धमाधम वित्तीय विवरण सार्वजनिक गरिरहेका छन्। नाफा औसतमा बढेको देखिएको छ। कम्पनीहरूको लाभांश प्रस्ताव गर्ने क्रम पनि जारी छ। धेरैले ‘बुक क्लोज’ मिति तय गरी साधारण सभा बोलाइरहेका छन्। कतिपय कम्पनीले लगानीकर्ताको खातामा लाभांशसमेत पठाइसकेका छन्। यसले गर्दा बजार धेरै नघट्ने लम्सालको बुझाइ छ।

बजार बढ्दा होस् वा घट्दा, लगानीकर्ताले कम्पनीहरूको बारेमा निरन्तर अध्ययन गरेर लगानी गर्नुपर्ने रौनियार बताउँछन्। उनी भन्छन्, ‘लगानीकर्ताले लगानी गर्ने वा गरिएका कम्पनीको प्रमुख वित्तीय सूचक ख्याल गर्नुपर्छ। लाभांश क्षमता, व्यवसाय विस्तारको सम्भावना, भावी योजना पनि हेर्नुपर्छ। लगानी गर्दा जोखिम बहन क्षमतामा पनि ध्यान दिन बिर्सिनु हुँदैन। यसरी सेयर बजारमा प्रवेश गरेका लगानीकर्ताले कहिल्यै पनि प्यानिक भएर सेयर बिक्री गर्दैनन्।’

Ncell 2
Ncell 2
nimb
nimb

अहिलेको बजार दीर्घकालीन लगानी गर्ने लगानीकर्ताका लागि उपयुक्त भएको कारण बजार चाँडै आफ्नो लयमा आउने नेपाल पुँजी बजार फोरमकी अध्यक्ष राधा पोखरेल बताउँछिन्। उनी भन्छिन्, ‘लगानी गर्दा लगानी गरिएका कम्पनीको आधारभूत पक्षमा ध्यान दिन भुल्नु हुँदैन। यसले सक्षम र स्थायी लगानीकर्ता बनाउँछ। सेयर बजारमा अहिले सेयर बेच्ने लगानीकर्ता दीर्घकालीन होइनन्। यसले गर्दा बजारको  गिरावट लामो समयसम्म रहँदैन।’

यस्तो रह्यो आजको सेयर बजार
नेपाल स्टक एक्सचेञ्‍ज (नेप्से)का अनुसार आइतबार ८०.२९ अंकले घटेर सेयर बजार मापक परिसूचक नेप्से २६५१.४९ विन्दुमा ओर्लिएको छ। आज समग्र सेयर बजार २.९४ प्रतिशतले घटेको छ। आज कारोबारमा आएको २३४ कम्पनीमध्ये १० कम्पनीको सेयर मूल्य सामान्य बढेको छ भने बाँकी कम्पनीको सेयर ओरालो लागेको छ। आज ठूला कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १४.१९ अंकले घटेर ५०१.४६ विन्दुमा ओर्लिएको छ।

आज कूल पाँच अर्ब ८३ करोड ५१ लाख ३५ हजार रुपैयाँ बराबरको एक करोड १९ लाख तीन हजार २०२ कित्ता सेयर खरिद-बिक्री भएको नेप्सेले जनाएको छ। सबै समूहका सूचक घटेका छन्। विकास बैंक, व्यापार, हाइड्रोपावर लगायतका समूहमा भारी गिरावट आएको छ। 

आज सबैभन्दा धेरै आईसीएफसी फाइनान्स कम्पनीका लगानीकर्ताले प्रतिकित्ता ९.७८ प्रतिशतका दरले कमाएका छन्। यस्तै सबैभन्दा धेरै हिमालयन पावर पार्टनर कम्पनीका लगानीकर्ताले प्रतिकित्ता ८.४९ प्रतिशतका दरले गुमाएका छन्। सबैभन्दा धेरै गुमाउने दोस्रो कम्पनी मानुषी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता रहेका छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

२९ करोड ८१ लाख रुपैयाँभन्दा बढीसहित खरिद-बिक्री रकममा महालक्ष्मी विकास बैंक सबैभन्दा अघि छ। यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल पुनर्बिमा कम्पनी र नेसनल हाइड्रोपावर परेका छन्।

प्रकाशित मिति: आइतबार, मंसिर १२, २०७८  २०:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
रोकिएन बजारको ओरालो यात्रा, साताको अन्तिम दिन पनि दोहोरो अंकले घट्यो नेप्से शुक्रबार ११.९० अंक घटेको बजार २५८७.२५ विन्दुमा रोकिएको नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले जनाएको छ । शुक्रबार, असोज १६, २०८३
ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्ता पुँजीको कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित... शुक्रबार, असोज १६, २०८३
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने प्राधिकरणले असोज १२ गते सोमबार साँझदेखि प्रणालीको परीक्षणसमेत गरिसकेको छ। प्रणाली सञ्चालनमा आएपछि बीमा कम्पनीले आफूखुसी सर्भेयर छनोट... मंगलबार, असोज १३, २०८३
ताजा समाचारसबै
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति बुधबार, असोज २८, २०८३
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र बुधबार, असोज २८, २०८३
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्