• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ २६, २०८३ Fri, Sep 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

द्रुतमार्ग निर्माणको गतिमा खोकनाको ‘ब्रेक’, फेरि फेरिन सक्छ प्रस्थान विन्दु

सेनाले ३० अर्ब माग्दा करिब ९ अर्ब विनियोजन
64x64
नारायण अधिकारी बुधबार, मंसिर १५, २०७८  ०९:२०
1140x725

काठमाडौं- निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना काठमाडौं-तराई मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) तोकिएको समयमै बन्नेमा शंका उत्पन्न भएको छ। आर्थिक वर्ष २०८०/८१ मा सम्पन्न गर्ने लक्ष्य राखिएको फास्ट ट्र्याक प्रवेश विन्दु खोकना-बुङमतीमा भएको जग्गा अधिग्रहण विवाद र बजेट अभावका कारण समयमा नै बनिसक्नेमा आशंका उत्पन्न भएको हो।

फास्ट ट्र्याक परियोजना कार्यान्वयन तथा अपरेसन प्रमुख प्राविधिक प्रमुख सेनानी विश्वबन्धु पहाडीले खोकना-बुङमती विवाद थप लम्बिँदै गए निर्धारित समयमै निर्माण सम्पन्न हुन नसक्ने बताएका छन्। फास्ट ट्र्याक निर्माणका लागि पाँच हजार १७२ रोपनी जग्गा अधिग्रहण गर्नुपर्नेमा चार हजार ७६१ रोपनी मात्रै अधिग्रहण भएको छ। खोकना-बुङमतीको ४११ रोपनी अर्थात् ८ प्रतिशत जग्गा अधिग्रहण हुन सकेको छैन।

आउँदो चैतसम्ममा खोकना-बुङमती विवाद समाधान हुन नसके फास्ट ट्र्याक निर्माण सम्पन्नको समयसीमा दम्बिने सेनाले जनाएको छ। सेनाले विवाद रहेको उक्त ठाउँलाई छाडेर अन्यत्र काम गरिराखेको छ। आउँदो चैतसम्ममा खोकना-विवाद सल्टाएर त्यहाँबाट पनि काम सुरु गर्ने सेनाको योजना छ।

खोकना-बुङमती विवाद समाधानका लागि राष्ट्रिय योजना आयोगका सहसचिवको नेतृत्वमा पाँच सदस्यीय समिति गत पुस १७ मै गठन भएको थियो। तर, समिति गठन भएको एक वर्ष पुग्न लाग्दासमेत विवाद समाधान हुन सकेको छैन। उक्त समितिपछि पनि सांसद गणेश पहाडी नेतृत्वको १३ सदस्यीय समिति गठन भएको छ। तर, एक पटक ‘फिल्ड भिजिट’बाहेक अन्य काम गर्न सकेको छैन।

किन भइरहेछ खोकनामा विवाद?
सुरुमा बुङमतीस्थित पुरातात्विक महत्व नष्ट हुने गरी फास्ट ट्र्याक बनाउन लागेको भन्दै खोकनाबासीले निर्माणमा अवरोध गरेका थिए। त्यसकारण त्यहाँ ट्र्याक निकाल्न सकिएको थिएन। अहिले पुरातात्विक महत्व जोगाएर सेनाले अन्यत्रै रेखाङ्‍कन सारिसकेको छ। तर, विवाद भने कायमै छ। 

खोकना-बुङमतीमा विकास आयोजनाहरु एकै ठाउँमा खप्टिँदा विवाद समाधान हुन नसकेको सेनाको निष्कर्ष छ। त्यही स्थानबाट ‘आउटर रिङरोड’ पनि बन्दैछ। स्रोतका अनुसार विवादलाई समाधान हुन नदिएर आउटर रिङरोडको खाका प्रभावित पार्न केही व्यक्ति लागेका छन्। खोकना हुँदै जाने आउटर रिङरोडले फास्ट ट्र्याकको प्रस्थान विन्दु निर्धारण हुन्छ। अहिलेसम्म खाका निश्चित नभएकाले फास्ट ट्र्याकको प्रस्थान विन्दु प्रभावित हुने संभावना पनि छ। 

Ncell 2
Ncell 2
nimb
nimb

खोकनामा बागमती करिडोर, विद्युतीय प्रसार लाइन, स्मार्ट सिटी जस्ता विकास निर्माणका आयोजना पनि छन्। धेरै आयोजना एकै ठाउँमा हुँदा त्यसको असर खोकना-बुङमतीमा देखिएको फास्ट ट्र्याक परियोजना कार्यान्वयन तथा अपरेसन प्रमुख, प्राविधिक प्रमुख सेनानी पहाडीले बताए। विकास आयोजनाहरु एकै ठाउँमा खप्टिँदा त्यसबाट लिन सकिने लाभलाई मध्यनजर गर्दै विवाद गरेको हुनसक्ने पहाडीको विश्लेषण छ।

चाहिएको ३० अर्ब, आयो ९ अर्ब
फास्ट ट्र्याक निर्माणका लागि आर्थिक वर्ष २०७८/७९ का लागि नेपाली सेनाले ३० अर्ब रुपैयाँ माग गरेको थियो। तर, सरकारले ८ अर्ब ९३ करोड १० लाख रुपैयाँ मात्र दिएको छ। सैनिक स्रोतले भन्यो, ‘अघिल्ला वर्षहरुमा भन्दा अब हुने काम महँगो भएकाले ३० अर्ब चाहिने भनेर माग गरिएको थियो। तर, मागको झण्डै एक तिहाई मात्रै बजेट आएपछि यसको असर फास्ट ट्र्याक निर्माणमा देखिन्छ नै। यही कारण तोकिएकै समयमा निर्माण सम्पन्न गर्न कठिनाई हुन्छ।’

यसअघि ट्र्याक खोल्नेलगायत कम खर्चिला काम थिए। तर, अब सुरु हुने काम भने महँगो प्रकृतिको भएको भन्दै सेनाले सोहीअनुसार बजेट माग गरेको थियो। सेनाले अहिले पनि बजेट कम भएको विषयमा सम्बन्धित निकायलाई जानकारी गराइराखेको छ। तर, जवाफ भने आशलाग्दो नरहेको सेनाले जनाएको छ। 

सैनिक स्रोतले भन्यो, ‘पानी पर्ला, त्यसपछि त्यो पानी रिजर्भ गरेर वितरण गर्छौ भन्ने किसिमको जवाफ आउँछ। बजेट अहिले चाहिएको छ, उहाँहरु अन्य क्षेत्रले काम गर्न नसकेर बजेट फ्रिज हुन्छ र त्यसपछि दिन्छौं भनेजस्तो कुरा गर्नुहुन्छ।’

पुसबाट सुरुङ खन्न थालिने
फास्ट ट्र्याकमा कुल ६.४१५ किलोमिटर लामा तीन वटा सुरुङ मार्ग बन्नेछन्। जसमा महादेवडाँडा सुरुङ मार्ग ३.३५५ किलोमिटर, धेद्रे सुरुङ मार्ग १.६३० किलोमिटर र लेनडाँडा सुरुङमार्ग १.४३० किलोमिटरका हुनेछन्। ती सुरुङ मार्ग निर्माणका लागि नेपाली सेनाले यसअघि नै ठेक्का लगाइसकेको छ।

महादेवटार सुरुङ मार्ग निर्माणका लागि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेड र धेद्रे-लेनडाँडाका लागि पोली चङ्दा इन्जिनियरिङ कर्पोरेसनले गत वैशाख ३१ गते ठेक्का लिएर काम सुरु गर्ने प्रक्रिया थालेका छन्। ती कम्पनीका टोलीले फिल्ड भिजिट, साइट क्याम्प व्यवस्थापन, फिल्ड सर्भे, जिओटेक्निकल तथा जिओफिजिकल इन्भेस्टिगेसन अन्तर्गत ड्रिलिङको काम गरिसकेको छ। आउँदो पुसबाट सुरुङ खन्न सुरु गर्ने प्रमुख सेनानी पहाडीले बताए।

११ वटा क्लष्टरमा विभाजन गरेर निर्माण सुरु गरिएको फास्ट ट्र्याकमा दुई वटा क्लस्टरको ठेक्का लागिसेकको छ। ६, ७ र ८ क्लष्टरको ठेक्का आगामी पुसभित्र लगाइसक्ने सेनाको तयारी छ। 

२०७४ वैशाख २१ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार राष्ट्रिय गौरवको आयोजना फास्ट ट्र्याक निर्माणको जिम्मा नेपाली सेनाले पाएको थियो। त्यसको दुई वर्षपछि २०७६ भदौ १ गते विस्तृत परियोजना प्रतिवेदन स्वीकृत भएको थियो। 

फास्ट ट्र्याक निर्माणका लागि एक खर्ब ७५ अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ। आर्थिक वर्ष २०७३/७४ बाटै सेनाले फास्ट ट्र्याक निर्माणको सुरुवात गरेको थियो।

फास्ट ट्र्याक चार लेनको  हुनेछ। तीन वटा सुरुङ मार्ग हुने यो सडकको लम्बाई ७२.५ किलोमिटर हुनेछ। पहाडी भूभागमा २५ मिटर र तराईमा २७ मिटर चौडा बन्नेछ। यो सडकमा ८७ वटा पुल हुनेछन्, जसको लम्बाई १०.५९६ किलोमिटर हुनेछ।

 

प्रकाशित मिति: बुधबार, मंसिर १५, २०७८  ०९:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
भदौभित्रै कृष्णभीरमा यातायात सञ्चालन गर्ने गरी काम तीव्र कृष्णभीरमा पहाड काटेर करिब २५० मिटर नयाँ ट्रयाक निर्माण गर्न १० वटा मेसिन र ३० जना कर्मचारी खटाइएको छ। बिहीबार, भदौ २५, २०८३
भोटेकोशी बाढीपछि पुनर्निर्माणमा सवा ७ खर्ब लाग्ने, ऊर्जामै ३ खर्ब ९० अर्ब राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्ष... बिहीबार, भदौ २५, २०८३
रसुवा जाने वैकल्पिक सडक सञ्चालनमा, ठूला सवारी दुईतर्फी चल्ने ढिकुरे–फेदीबेसी चोक–हिरामुनिटार–चोगते–बोरे भञ्ज्याङ–सानो खोला–धनस्वारा–पाटिखर्क–भोर्ले–जिबजिबे–बोगटीटार हुँदै कालिकास्थान–धुन्चे जोड... सोमबार, भदौ २२, २०८३
ताजा समाचारसबै
बाढी प्रभावित नुवाकोट र रसुवा जाने एमाले टोलीलाई ओलीको निर्देशन शुक्रबार, भदौ २६, २०८३
भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित क्षेत्रमा ८ हजार ७ सयभन्दा बढी सेना परिचालन, आज थप ३० जनाको उद्धार शुक्रबार, भदौ २६, २०८३
रास्वपाले ‘राइट टु रिकल’ दस्तावेज बनाउन ११ सदस्यीय समिति गठन गर्‍यो शुक्रबार, भदौ २६, २०८३
नर्भिकको छैटौँ वार्षिक साधारण सभा सम्पन्न, सिटी हस्पिटलदेखि एकीकृत क्यान्सर संस्थान स्थापनासम्मको योजना शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध महाभियोगको सूचना संसद् सचिवालयमा दर्ता बिहीबार, भदौ २५, २०८३
गरिमा चौधरी हत्या प्रकरण : मुख्य प्रतिवादी प्रोग्रेशसहित १० जना रिहा शुक्रबार, भदौ २६, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, यस्ता विषयमा हुँदैछ छलफल बिहीबार, भदौ २५, २०८३
भरतपुरमा इभी कारमा आगलागी, चालकको मृत्यु शुक्रबार, भदौ २६, २०८३
पदभारपछि नवनियुक्त उद्योगमन्त्रीले भने–‘जनताको आवश्यकता जति ग्यास दिनैपर्छ’ बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्