काठमाडौं– ‘जातीय विभेदविरुद्ध लघु चलचित्र प्रतियोगिता’ हुने भएको छ। ‘जातीय व्यवस्था विरुद्धको लडाइँ’ भन्ने नारासहित नेपाल चलचित्र निर्देशक समाजले कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय र यूएनडीपीसँगको सहकार्यमा प्रतियोगिताको आयोजना गर्न लागेको हो।
तीन मिनेट समय सीमा तोकिएको प्रतियोगितामा मोबाइलले खिचेका लघु चलचित्रलाई स्थान दिइने आयोजकले जनाएका छन्। १०८० पिक्सेल्ससम्मको गुणस्तरमा खिचिएका लघु चलचित्रहरुले भाग लिन सक्नेछन्।
डिसेम्बर १० सम्म प्रतियोगितामा भाग लिन सकिनेछ। प्रतियोगिताका लागि स्क्रिप्टेडदेखि एनिमेसन, भ्वाइसओभरलगायत किसिमका लघु चलचित्रहरुले भाग लिन सक्नेछन्। प्रतिस्पर्धामा भाग लिने लघु चलचित्रहरुलाई सामाजिक सञ्जालमा पाएको प्रतिक्रिया र तीन जना निर्णायकहरुको मुल्यांकनका आधारमा उत्कृष्ट छनोट गरिने आयोजकले जनाएका छन्।
प्रतियोगितामा प्रथम हुनेका लागि दुई लाख बराबरको पुरस्कार राखिएको छ। त्यस्तै, दोस्रो हुनेले १ लाख ५० हजार र तेस्रोले ५० हजार रुपैयाँ पुरस्कार पाउने आयोजकल नाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।