सौराहा- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सहमतिमा नेतृत्व चयन गर्ने प्रस्ताव स्वीकार्य नभए मनोनयन दर्ता गर्न उपाध्यक्ष भीम रावललाई आग्रह गरेका छन्।
चितवनमा जारी एमालेको १०औं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा समय लिएर बोल्दै रावलले सहमति राम्रो कुरा भएको तर जबज अनुशरण गरेर अघि बढ्नुपर्ने बताएका थिए। रावलले आफू अध्यक्ष पदको उम्मेदवार भएकाले त्यसबाट पछि नहट्ने दोहोर्याएका थिए।
त्यसको जवाफमा ओलीले मनोनयन दर्ता गर्न सुझाव दिएका हुन्। ओलीले उम्मेदवारी दर्ता गरे पनि फिर्ता हुने बताएका छन्। 'उहाँका विरुद्ध कसैले मनोनयन नै गरेन भने कोसँग लड्ने होला?,' ओलीले हाँस्दै भने।
‘केका लागि लड्ने हो त्यो चाहिँ अलिकति विचार गर्नुपर्ला,’ ओलीले थप भने, ‘सबैले त जित्दैन होला। केन्द्रित सदस्य पनि ३०१ हुने भएकाले यसमै निर्वाचित भएकोमा गर्व गर्नुपर्छ।’
जबजको प्रसङ्ग पनि आएको भन्दै उनले यसमा सहमति हैन भन्ने नभएको दाबी गरे।विगतमा जबरजस्ती सहमति गरिएको तर अहिले सहमति अधिकार र विधानभित्रबाटै हुने ओलीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।