सौराहा- नेकपा (एमाले)को १०औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका उपाध्यक्ष भीम रावलले आफू अध्यक्षको उम्मेदवारीबाट पछि नहट्ने बताएका छन्।
सौराहामा जारी महाधिवेशनको बन्दसत्रमा समय लिएर बोल्दै रावलले लोकतान्त्रिक अभ्यास र स्वस्थ प्रतिस्पर्धा गर्ने जबजको सिद्धान्त अनुशरण गर्ने र आफू उम्मेदवार बन्ने प्रस्ट पारे।
बन्दसत्रको हलले उम्मेदवारहरुको नामावली प्रस्तुत गर्ने अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिने निर्णय गरेको थियो। लगत्तै आफ्ना कुरा राखेका रावलले आफूलाई हलको निर्णय मान्य नभएको बताए।
उनले कुनै व्यक्तिलाई उम्मेदवारको नाम प्रस्ताव गर्ने अधिकार हुने हो भने अब उप्रान्त निर्वाचन नहुने र फलानोले प्रस्ताव गरे हुन्छ भनेर विधानमा लेख्नुपर्ने टिप्पणीसमेत गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।