सौराहा- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दशौं महाधिवेशनबाट सहमतिमा नेतृत्व चयनको पहल गरिएको बताउँदै सहमति नभएका ठाउँमा निर्वाचन हुने बताएका छन्।
चितवनको सौराहामा जारी एमाले महाधिवेशनको बन्दसत्र हलले सहमतिमा नेतृत्व चयनका लागि भन्दै उम्मेदवारको नामावली प्रस्ताव गर्ने अधिकार ओलीलाई दिने निर्णय गरेको थियो।
त्यसलगत्तै अध्यक्षमा उम्मेदवारी घोषणा गरेका उपाध्यक्ष भीम रावलले आफू उम्मेदवारीमा अडिग रहेको र हलको निर्णय मान्य नहुने बताएका थिए।
त्यसपछि ओलीले उठेका प्रश्नको जवाफ दिँदै सहमति हुने ठाउँमा सहमतिबाट टुंगो लगाउने र सहमति हुन नसकेको ठाउँमा निर्वाचन हुने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।