काटमाडौं– बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशल पछिल्लो समय आफ्नो विवाहको कुरालाई लिएर चर्चामा छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार उनीहरु विगत दुई वर्षदेखि प्रेम सम्बन्धमा छन्। अहिले उनीहरु प्रेम सम्बन्धलाई विवाहमा बदल्न लागेका हुन्।
कट्रिना र विक्की दुवैले आधिकारिक रुपमा पुष्टि नगरेपनि भारतीय सञ्चारमाध्यममा आएका रिपोर्टकाअनुसार उनीहरुको विवाह ९ डिसेम्बरलाई तोकिएको छ।
रिपोर्टकाअनुसार उनीहरुको विवाह भारतको राजस्थानको सवाई माधोपुरस्थित सिक्स सेन्सेज फोर्टमा हुनेछ।
कट्रिना र विक्कीको विवाह हिन्दी रितिरिवाज अनुसार हुने बताइएको छ। उनीहरुको विवाहका लागि ७ डिसेम्बरबाट कार्यक्रम सुरु हुनेछ। ७ डिसेम्बरमा संगीत, ८ डिसेम्बरमा मेहन्दी र ९ डिसेम्बरमा विवाहको कार्यक्रम राखिएको बताइएको छ।
विवाहको कार्यक्रममा लागि दुई जनाको परिवारसँगै बलिउडका कलाकारहरुको उपस्थिति हुनेछ।
विक्की र कट्रिनाको विवाहमा अर्को अच्चम लाग्ने मापदण्ड पनि राखिने भइएको छ। दुईको विवाहका लागि ‘नो मोबाइल’ लागु गरिने बताइएको छ।
जसअनुसार उनीहरुको विवाहमा आउने पाहुना वा कसैले पनि आफ्नो मोबाइल फोनको प्रयोग गर्न पाउने छैनन्। विवाहको तस्बिर तथा भिडियो कट्रिना र विक्कीको अनुमतिबिना बाहिर आउन नदिनका लागि यो नियम लगाइएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।