• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिल्म समीक्षा

सुँगुर धपाइरहेको जाभ्या र नवराज विकहरू

64x64
युवराज भट्टराई शनिबार, मंसिर १८, २०७८  १०:०९
1140x725
तस्बिर : मराठी स्टार्स

मराठी भाषाको शब्द ‘फैंड्री’को अर्थ हुन्छ, सुँगुर। तर, यो शब्द जनावरलाई बुझाउन कम र कथित तल्लो जातिका मानिसलाई बुझाउन बढी प्रयोग गरिन्छ। भारतको अह्मेदनगर नजिकैको गाउँ अकोनेरका जाभ्याले त्यहाँ आतंक मच्चाइरहेको जंगली सुँगुर पक्रिएर ल्याउँदा गाउँलेहरुले उनी र उनको परिवारले यही शब्दले बोलाइरहेका हुन्छन्।

सन् २०१४ मा सिनेमा हलहरुमा प्रदर्शनमा आएको मराठी भाषाको फिल्म ‘फैंड्री’का एक पात्र हुन जाभ्या (सुजर पावर अभिनित)। १३ वर्षिया युवकको दृष्टिकोणबाट प्रस्तुत यो फिल्ममा तल्लो जातको उसले माथिल्लो जातकी आफ्नै उमेरकी केटीलाई मन पराएको मनोविज्ञानलाई देखाइएको छ। निर्देशक नागराज मञ्जुलेको डेब्यू फिल्म भए पनि गजब निर्देशन क्षमता देखाएका छन्। उनी यो फिल्ममा भारतीय समाजमा स्थापित जात व्यवस्थाको उग्र रुपलाई चित्रण गर्न सफल छन्।

‘मुम्बई अन्तराष्ट्रिय फिल्म महोत्सव’मा फैंड्रीले जुरी अवार्ड पाएको थिया। त्यस्तै भारतको ६१औं राष्ट्रिय फिल्म अवार्डमा उत्कृष्ट निर्देशनका लागि इन्दिरा गान्धी अवार्ड पनि पाएको थियो।

फिल्ममा कथित ‘अछुत’ परिवारको जीविकोपार्जनको परिस्थितिदेखि समाजले उनीहरुप्रति गर्ने व्यवहारजस्ता विषय समेटिएका छन्। फिल्मले समाजलाई पूर्ण रूपमा चित्रण गर्न सक्दैन। तर, कुनै न कुनै रुपमा समाजमा अवस्थित जात व्यवस्थालाई उतार्न सफल भएको छ। नागराजले जात व्यवस्था र कथित तल्लो जातको एक युवकको मनमा उम्रिरहेको प्रेम फैंड्रीमा प्रस्तुत गरेका छन्। जात व्यवस्थाका कारण ती युवकको मनमा हुर्किरहेको एकतर्फी प्रेम मरेको छ। 

जाभ्याको परिवार गाउँकै एकमात्र अछुत जाति हो। परिवारमा दुई छोरी, एक छोरा र उनीहरुका बुबाआमा छन्। बृद्ध बुबा कच्रु (किशोर कदम अभिनित)को ध्यान आफ्नी कान्छी छोरीका लागि दाइजोमा दिन आवश्यक पैसा जुटाउनमा छ। जेठी छोरीको विवाह पनि दाइजोकै कारण टुटेकाले कान्छी छोरीलाई राम्रो घरमा पठाउन चाहन्छन्। तर, त्यसका लागि आवश्यक रकम जुटाउनु उनीहरुको लागि ‘घाँटीमा अड्किएको हड्डी’ सरह हो। दैनिक श्रम गरेर जीविकोपार्जन गर्ने उनीहरुका लागि छोरीको विवाहका लागि आवश्यक २० हजार जुटाउनु सहज काम होइन।

जाभ्याको आफ्नो दैनिकी र विचार परिवारको भन्दा अलग छ। उ विद्रोह चाहन्छ। आफूमाथि जातकै कारण लगाइएको बन्देज तोड्न चाहन्छ। तर, उसको कल्पनासँग सामाजिक यथार्थ फरक हुन्छ। बुबासँग दैनिक काममा जानुभन्दा उ स्कुल जान चाहन्छ।

जाभ्याको दैनिकीमा घरको काम र बुबाआमासँग छाक टार्न गरिने संघर्षबाट फुर्सद हुँदा स्कुल जान र ‘कालो भंगेरा’ खोज्नमा बित्छ। कालो भंगेराको खोजी उसको प्रेम प्राप्तीसँग जोडिएको छ।

जाभ्याले मन पराउने शालु (राजेश्वरी खारत अभिनित) उनी उच्च जातिकी हुन्। आर्थिक रुपले पनि सम्पन्न परिवार छ। स्कुलमा आउँदा होस् वा बजार जाँदा, उनले लगाउने पोशाकदेखि उनको रहनसहन सबैले उनको जात र आर्थिक अवस्था झल्काउँछ। जाभ्या भने आफू स्कुल जाँदा लगाउने पोशाककै लागि पनि निरन्तर घरमा झगडा गर्नु पर्छ।

Ncell 2
Ncell 2
nimb
nimb

वर्ण र बिम्बमार्फत जातीयताको चित्रण
फिल्मभर नै निर्देशक नागराजले जात व्यवस्थालाई चित्रण गर्न व्यक्तिको वर्णलाई प्रयोग गरेका छन्। फिल्ममा तल्लो जातका जाभ्यालाई ‘कालो’ वर्णमा देखाइएको छ। उनीहरुको घरमा कान्छी छोरीलाई विवाहका लागि हेर्न आएका मानिसहरु पनि कालै वर्णका छन्। शालुको परिवारलाई ‘गोरो’ वर्णमा देखाइएको छ। फिल्मको एक दृश्यमा आफूलाई गोरो बनाउन र उच्च जातसँगको भिन्नतालाई कम गर्न जाभ्याले अनुहारमा सेतो धुलो (पाउडरजस्तै केही) लगाएको देखाइन्छ।

स्कुलमा खेलिरहेका युवतीहरूमध्ये एकलाई सुँगुरले छोएपछि उसलाई पवित्र बनाउन शिरदेखि पाउसम्म नुहाउन लगाइन्छ। उसका कपडाहरू गौमुत्रमा धोइन्छ। सुँगरले छोएकी युवतीलाई अरुले छुन नहुने देखाइएको छ। जबसम्म उ नुहाएर पवित्र हुँदिन, तबसम्म ‘अछुत’ हुन्छे।

आफ्नो परिवार र आफूअघिको पुस्ता स्थापित मान्यताकै आधारमा चले पनि जाभ्याको हरेक कदम ती मान्यता विपरीत छन्। पढाइप्रतिको उसको रुचि, उच्च जातकी युवतीलाई मन पराउनुसँगै परिवारले गर्दै आएको कामलाई नकार्नु उसले चालेका विद्रोहका केही कदम हुन्। 

एक दृश्यमा जाभ्याले गाउँको उच्च जातको मानिसको इनारमा खसेको सुँगुर निकाल्न नकारेको दृश्य छ। तर, उसको बुबा त्यही काम गर्न बाध्य छन्। छोराले नकारेकै घरमा गई उनी इनारमा डुबेको सुँगुर निकाल्छन्। त्यहाँ घरमुलीले भनेको संवाद छ, ‘तेरो छोरा धेरै बुद्धिमान हुँदैछ।’

Xtrem

Xtrem

आफ्नो साथी बेदान्तसँग कक्षामा पढाई भइरहेको बारेमा बुझ्न जाँदा जाभ्यालाई ‘अछुतको छोरा’ भन्दै बोलाइन्छ। अमानवीय जात व्यवस्था नमान्नुलाई समाजले कुनै अपराध गरेको रुप दिइरहेको हुन्छ। जभ्यामाथि पनि उच्च जातका मानिस निर्मम भइरहेका हुन्छन्।

गाउँमा लागेको मेलामा आँखाभरि आँसु लिएर नाचिरहेको जाभ्यालाई देखेर अरु मानिस रमाइरहेका हुन्छन्। आफ्नो स्तरभन्दा माथि उठाउनका लागि उसले चालिरहेका कदमहरूमा पनि समाजलाई असैह्य हुन्छ। तर, आफूले मन पराउने शालुलाई खुसी पार्न भए पनि ऊ नाच्छ। निर्देशक नागराजले यो दृश्यमा टाउकोमा बत्ती बोकेर आँखाबाट बर्बर आशु खसाइरहेको जाभ्यालाई यसरी खिचेका छन्, जो कोही दर्शकलाई छुन पर्याप्त छ।

एउटा दृश्यमा जाभ्या र उसको साथी प्रिय हुँदा उनीहरुको पृष्ठभूमिमा अम्बेडरको चित्र देखिन्छ। तर, अम्बेडरले भन्ने गरेको समानता उनीहरुले भोग्न पाएका हुँदैनन्। आफ्नो जातका कारण आफूसँग पढ्ने साथीहरुबीच गएर घुलमिल हुन नपाएका उनीहरुको यथार्थ र निरिहतामाथि न अम्बेडकरको सिद्धान्त काम लाग्दैन। 

कालो भँगेरा र प्रेम प्राप्तिको रहर
जाभ्या फिल्मभरि नै कालो भँगेराको खोजीमा हुन्छ। आफ्नो साथी प्रियसँग मिलेर ऊ आफ्नो वरिपरि रहेका ठाउँ, रुख र बञ्जरहरूमा भँगेराको खोजी गरिरहेको हुन्छ। वास्तवमा भँगेरा खोज्नुको कारण जाभ्याको प्रेम प्राप्तिको रहरसँग जोडिएको छ। गाउँको साइकल मेकानिक रहेको चंकेश्वर (स्वयः निर्देशक नागराज अभिनित)ले कालो भँगेरा भेटेर त्यसलाई जलाएको खरानी आफूले मन पराएको व्यक्तिमा छर्किए ती केटी आफ्नो हुने बताएको हुन्छ। चंकेश्वरले सुनाएको प्रसंगपछि जाभ्याको दैनिकीमा कालो भँगेराको खोजी थपिएको छ।

आफ्नो संकुचित अवस्था र जकडिएको जात व्यवस्थाबाट माथि उठ्न खोजिरहेको जाभ्याले भँगेरा भेट्दैन। तर, उसको सपना भने त्यो भेटेरै छाड्ने हुन्छ। वास्तवमा ऊ आफूले लेखेको प्रेमपत्र शालुलाई दिन सक्दैन, न शालुसँग सामुन्ने पर्दा बोल्न नै सक्छ। उसलाई खुसी बनाउन, फकाउन उसको अघि आएर थुप्रै क्रियाकलाप गरिरहे पनि शालुसँग कहिल्यै बोल्न पाएको हुँदैन। सपनामा भने आफूले कालो भंगेरा पाएको र त्यसलाई जलाइ खरानी शालुमाथि छर्किएपछि आफूसँगै आएको देख्छ।

एकातिर यी दृश्यमार्फत निर्देशक नागराजले जाभ्यामा शालुलाई पाउने रहर र उप्रतिको प्रेम कुन हदसम्म छ भन्ने देखाएका छन्। अर्कातिर, जात व्यवस्थाका कारण दुई विपरित जातका मानिसबीच सम्बन्ध सपनामा मात्रै सम्भव छ र यथार्थमा धेरै समस्या छन् भन्ने देखाउँछन्। 

विभेदमा रमाइरहेको समाज
गाउँमा आतंक मच्चाइरहेको एक सुँगुरलाई जाभ्याको परिवारले पक्रिन खोजिरहेको दृश्य देखाइन्छ। रहर नुहँदा पनि उनीहरु यो काम गर्न बाध्य हुन्छन्। नगरेमा गाउँबाट उनीहरुलाई एक्लो बनाइन्छ, त्यहाँबाट निकालिन्छ। जाभ्याको स्कुल आसपास पुगेको सुँगुर पक्रिन सुरु गर्दा जाभ्या भने आफूलाई स्कुलका साथीहरुले त्यो रुपमा देख्छन् भन्ने डर मानिरहन्छ। जातको कारण विभेद भोगिरहेको उ थप विभेदमा पर्न चाहँदैन्। तर, बृद्ध बुबा र आमाको लाचार अवस्था देखेपछि सुँगुर पक्रिनमा उ पनि सक्रिय हुन्छ।

डेढ घण्टा हराहारीको फिल्मको उत्कर्षमा समाजको यथार्थ देखाइएको छ। गाउँमा आतंक मच्चाउने सुँगरलाई धपाउने एक मात्र परिवार हुन्छ, जाभ्याको परिवार। 
तर, पूरै स्कुल र गाउँ भने उनीहरुको बाध्यतामा रमाइरहेको हुन्छ। उनीहरु जाभ्याको परिवारले सुँगुर पक्रिन गरिरहेको संघर्षलाई कुनै खेलको रुपमा हेर्छन्। गाउँले सबैले उनीहरुको परिवारमाथि विभेदपूर्ण कटाक्ष गरिरहेका हुन्छन्।

फिल्मभर नै मुख्य पात्र जाभ्या आफ्नो प्रेम प्राप्ति र जात व्यवस्था उठाउनका लागि लडिरहन्छ। फिल्ममा प्रेम प्राप्तिका लागि संघर्ष गरिरहँदा गत वर्ष जेठमा रुकुममा आफ्नो प्रेमीका लिन जाँदा मारिएका नवराजजस्तै लाग्छ ऊ। मात्र फरक फिल्ममा उसको मृत्यु हुँदैन। तर, मृत्युकै डर बनेको जातका कारण आफ्नो प्रेम खुलाउन सक्दैन्। फिल्ममा उसको प्रेम मरेको छ, यथार्थमा नवराजजस्ता प्रेमीहरु मरेका छन्।

फिल्मको अन्त्यमा मृत सुँगर सडकमा लिएर हिँडिरहेको ऊ र उसकी आमामाथि टिप्पणी गरिरहेका उच्च जातका मानिसहरुमाथि जाभ्या प्रतिकारमा उत्रिएको छ। आफूमाथि गरिएको व्यवहार र टिप्पणी सहन नसकेपछि कथित उच्च जातका मानिसहरूमाथि ढुंगा प्रहार गर्छ।

चाहे भारत होस् वा नेपाल, जातकै कारण भेदभावका घटना भइरहेका छन्। दुवै देशमा संविधानले कसैलाई पनि जातको आधारमा कुनै पनि किसिमको हिंसा वा भेदभाव गर्न नहुने व्यवस्था गरेको छ। तर, समाजको यथार्थ बेग्लै छ। नागराजको फिल्मले त्यही यथार्थलाई प्रस्तुत गरेको छ।

सामान्य किसिमले खिचिएका दृश्यहरुले क्रुर सत्य बोलेका छन्। यो कथा आजको समाजमा पनि भेटिनु यो समयकै एउटा लाजमर्दो पक्ष हो।

प्रकाशित मिति: शनिबार, मंसिर १८, २०७८  १०:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
‘पुष्पा २’ : तीन दिनमा २ सय करोड कमाउने पहिलो भारतीय फिल्म यो संवादको अर्थजस्तै भारतीय बक्स अफिसमा पनि फिल्म ‘वाईल्ड फायर’ बनेको छ। ‘रेकर्ड ब्रेक’ ओपनिङ गरेको फिल्म शुक्रबार र शनिबार पनि कमाइ... आइतबार, मंसिर २३, २०८१
दिमाग खराब : आम जनताको ‘फ्रस्टेसन’ बोल्ने फिल्म हिजोको दिनमा पार्टी, संगठनको आवश्यकता किन पर्यो, यसबारे निर्देशकले सोचेको भए फिल्म समसामयिक घटनाका फुटेजको सुन्दर संयोजनभन्दा माथि उ... आइतबार, कात्तिक २६, २०८०
हल्कारा : नेपाली फिल्म क्षेत्रको ‘अमूल्य’ पूँजी ‘हल्कारा’ हेरेर मन हलुका भएको कुरा म सुनाउन चाहन्छु। त्यति नै हलुका ५ वर्षअघि चाइनिज फिल्म ‘पोस्टम्यान इन द माउन्टेन’ हेर्दा पनि भएक... बुधबार, जेठ ३, २०८०
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्