• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १९, २०८३ Fri, Sep 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

एमाले महाधिवेशन : नेता प्रतिस्पर्धाका लागि तयार, कार्यकर्ता भन्छन्– सर्वसम्मत हुनुपर्छ

डिबी खड्का/बीपी अनमोल शुक्रबार, मंसिर १०, २०७८  १६:४५
1140x725

चितवन– रौतहटको फतुवा विजयपुर नगरपालिका–१ का वडाअध्यक्ष सञ्जयप्रसाद साहले केही समयअघि माओवादी केन्द्र छाडेर एमाले रोजे। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता 'अवैध' ठहर गर्दै सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रबीलाई साबिककै दलका रुपमा ब्युताइदिएपछि उनी एमाले बनेका थिए। 

साहले रोजेको एमाले यतिबेला १० औं राष्ट्रिय महाधिवेशनमा होमिएको छ। उनीसहितका नेता कार्यकर्ता आज (शुक्रबार)बाट चितवनमा सुरु भएको महाधिवेशनमा सहभागी छन्। 

आफूले कम्युनिस्टको भोटले चुनाव जितेको बताउने साहले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कम्युनिस्टबाट च्यूत भएका कारण एमाले रोजेको बताए। 

तर, उनलाई एमालेमा पूर्वमाओवादीलाई पाखा लगाइने हो कि भन्ने त्रास छ। 

एमाले महाधिवेशनको उद्घाटन सत्रभन्दा अघि नै नेताहरुले विभिन्न पदमा उम्मेदवारी घोषणा गर्न थालेपछि उनमा चिन्ता थपिएको हो। 

उनको चाहना महाधिवेशनबाट एमालेमा सर्वसम्मत नेतृत्व चयन होस्, नेताहरु एक आपसमा चुनावी प्रतिस्पर्धामा नउत्रिऊन् भन्ने छ। माओवादीबाट आएकालाई पनि समेटेर महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनु पर्नेमा उनको जोड छ। 

‘अहिले एमालेको नेतृत्व सर्वसम्मत होस् भन्ने चाहना छ,’ महाधिवेशनस्थल चितवनको नारायणी नदी किनारमा भेटिएका उनले भने, ‘माओवादी छाडेर हामी आएका छौं। हामीलाई पनि उचित रुपमा समेटोस्, हाम्रा नेताहरुलाई समेटिदिऊन् भन्ने चाहना छ।’

चुनाव हुँदा पूर्वमाओवादी पक्षले हार्ने सम्भावनालाई भने उनी नकार्छन्। माओवादीबाट आएका नेताहरुलाई पनि एमालेका प्रतिनिधिले मत दिने उनको अपेक्षा छ। 

Ncell 2
Ncell 2
nimb
nimb

०००

स्याङ्जाको हरिनास गाउँपालिकाबाट महाधिवेशनमा सहभागी हुन आएका ६५ वर्षीय बाबुराम लम्साल पनि एमाले नेतृत्व सर्वसम्मत हुनुपर्ने पक्षमा छन्। अध्यक्षमा केपी शर्मा ओलीको विकल्प नभएको बताउने लम्साल अन्य पदाधिकारी पनि सर्वसम्मत हुनुपर्ने पक्षमा छन्। 

‘ओली नै अध्यक्ष हो। अरु पदाधिकारी पनि सर्वसम्मत भए खुसी लाग्थ्यो’, उनले भने। 

लम्सालको जस्तै धारणा छ, अखिल नेपाल महिला संघ बाँकेकी जिल्ला सदस्य उषा थापाको पनि। 

अध्यक्षसहित सबैतिर सर्वसम्मत भए त्यसले राम्रो सन्देश जाने बताउँछिन् उनी। एमाले कार्यकर्ताको माग एमालेमा ओलीको नेतृत्व भएको बताउने थापाले भनिन्, ‘केपी बाको नेतृत्वले सफलता लेओस् भन्ने चाहना छ। निमुखा जनताको भविष्य परिवर्तन उहाँकै नेतृत्वमा हुन सक्छ।’ 

नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एमालेबाट विभाजित नेकपा एकीकृत समाजवादीसहितको सत्ता गठबन्धन निर्माण भएकाले पनि एमालेले महाधिवेशनबाट एकताको सन्देश दिनुपर्ने उनी बताउँछिन्। 

‘गठबन्धन र विभिन्न परिस्थितिका कारण हामी एकजुट हुनुपर्छ। त्यसैले अध्यक्षसँगै पदाधिकारी र अरु पनि सर्वसम्मत होस् भन्ने चाहन्छौं,’ उनले भनिन्, ‘सर्वसम्मत भए नयाँ सन्देश जान्थ्यो। गाउँ, टोलमा राजनीति गर्न पनि सहज हुन्थ्यो।’

महाधिवेशन स्थलमा भेटिएकी राधा भुसाल पनि यसपटकको महाधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्नुपर्ने बताउँछिन्। अध्यक्षमा ओलीसहित अन्य पदहरुमा पनि सर्वसम्मति हुनुपर्ने उनको जोड छ।  

‘बाटोघाटोको दुःख छ। हिलो बाटो हुँदै आएका हौं। हाम्रो गाउँ उज्यालो हुनुपर्‍यो’, उनले भनिन्, ‘एमालेलाई जिताउन सकियो भने राम्रो हुन्थ्यो।’

माओवादीको आधार इलाका मानिने रोल्पाबाट एमाले महाधिवेशनमा सहभागी हुन चितवन आइपुगेका बालाराम बस्नेत पनि ओलीको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन होस् भन्ने चाहन्छन्। 

रोल्पामा माओवादीको ‘चकचकी’ हुँदा पनि आफू एमालेमै रहेको बताउने उनमा ओलीले देशमा केही गर्ने आशा छ। 

एमालेका दुई सचिव गोकर्ण विष्ट र प्रदीप ज्ञवालीको जिल्ला गुल्मीबाट महाधिवेशनमा सहभागी हुन आएका नवराज विष्ट पनि पार्टी नेतृत्व सर्वसम्मत चयन हुनुपर्ने पक्षमा छन्। एमालेका नेता कार्यकर्ता महाधिवेशनमा चुनावी प्रतिस्पर्धाभन्दा पनि सर्वसम्मतको पक्षमा रहेको उनी बताउँछन्। 

गुल्मीका दुईजना नेता विष्ट र ज्ञवाली सचिव रहेको र दुबै माथिल्लो पदमा जाँदा आफूहरु खुसी हुने उनले बताए।  

‘दुवै नेता उपल्लो स्तरमा जाँदा खुशी छौं। नमिले सचिवमै रहँदा ठीक हुन्छ। सहमतिका लागि सचिवमै रहेपनि हुन्छ’, उनले भने। 
एमाले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका उपाध्यक्ष भीम रावलले अध्यक्षमा केपी ओलीलाई समर्थन गर्नुपर्ने बताउँछन् यमबहादुर जिसी।

महाधिवेशनमा सहभागी हुन चितवन आइपुगेका जिसीलाई रावलले अन्तिममा ओलीलाई समर्थन गर्ने आशा भने नलागेको होइन। 

एमालेमा विभाजनको असर केही छैन भन्ने देखाउन पनि सर्वसम्मत नेतृत्व चयन हुनुपर्ने उनी बताउँछन्। 

‘केपी ओलीलाई भीम रावलले अन्तिममा समर्थन गर्नुहुन्छ’, उनले भने, ‘अध्यक्षसहित सबैमा सर्वसम्मत चयन होस् भन्ने चाहना छ। सर्वसम्मत भए एमाले अझ बलियो हुन्थ्यो।’

नेता भने प्रतिस्पर्धाका लागि तयार
महाधिवेशनस्थलमा भेटिएका धेरैजसो कार्यकर्ता र प्रतिनिधि महाधिवेशन एकताको हुनुपर्ने र सर्वसम्मत नेतृत्व आउनुपर्ने पक्षमा रहेपनि नेताहरु भने चुनावी प्रतिस्पर्धाको तयारीमा होमिएका छन्। 

कतिपय नेताले चितवन पुग्नुअघि नै उम्मेदवारी घोषणा गरिसकेका थिए भने कतिपयले आफू नजिकका सञ्चारमाध्यम र कार्यकर्ताबाट अनौपचारिक रुपमा उम्मेदवारी घोषणा गरिसकेका छन्। 

माधवकुमार नेपाल, झलनाथ खनाल लगायतले एमाले छाडेर एकीकृत समाजवादी पार्टी गठन गरेपछि एमाले नेतृत्व ओलीको विकल्पविहीनताको अवस्थामा थियो। 

तर, माधव नेपाल एमालेमा रहँदा उनलाई साथ दिएका उपाध्यक्ष भीम रावलले अध्यक्षमा दावेदारी प्रस्तुत गरेसँगै कतै पार्टी पहिलाकै जस्तै गुटबन्दीमा फस्ने त होइन भन्ने त्रास नेता कार्यकर्तामा देखिन्छ।  

अध्यक्ष ओलीले केही दिन अघि एक कार्यक्रममा पक्षधरताका आधारमा नेताहरुको पद व्यवस्थापन नहुने बताएपछि पदाधिकारी र केन्द्रीय सदस्यका आकांक्षीहरुमा ‘बालकोट’ लाई मात्र रिझाएर नहुने हो कि भन्ने त्रास पनि देखिएको छ। उनीहरु महाधिवेशनस्थलमा प्रतिनिधिहरुलाई आफ्नो पक्षमा मत मागिरहेका छन्।

‘अहिलेको व्यवस्थापन भनेको चुनाव लडेर जित्ने। जुन पदमा भोट ल्याएर जित्छ, त्यही हो व्यवस्थापन। भोट ल्याएर जितेन भने ‘नो’ व्यवस्थापन’, ओलीले भनेका थिए। 

एमालेको नयाँ नेतृत्व सर्वसम्मत छानिन्छ कि निर्वाचनबाट भन्ने अन्योल कायम रहँदा आकांक्षीहरुले आफ्नो उम्मेदवारी घोषणा गर्दै आन्तरिक प्रचारप्रसार गरिरहेका छन्। उता, अध्यक्ष ओलीलाई भने आफ्ना पक्षका नेताहरुको सहज व्यवस्थापन ‘फलामको चिउरा चपाए सरह’ हुने देखिएको छ। 

तत्कालीन नेकपा हुँदा आफूलाई जस्तोसुकै अवस्थामा पनि साथ दिएका नेताहरुलाई पदाधिकारीमा व्यवस्थापन गर्न उनीमाथि ठूलो दबाब र चुनौती देखिएको छ। 

कतिपयले पदाधिकारीको संख्या बढाएरै भएपनि सहमतिमा नेतृत्व चयन गर्न सुझाव दिइरहेका छन्। 

एमालेमा यसअघि रहेका पदाधिकारी मात्र नभएर माओवादी छाडेर आफूलाई साथ दिएकाहरुको व्यवस्थापन पनि ओलीका लागि चूनौतीपूर्ण बनेको छ। निर्वाचनमा जाँदा पूर्वमाओवादी पक्षले एमाले प्रतिनिधिको मत नपाउने अवस्था बन्नसक्ने जोखिमतर्फ पनि ओली सचेत देखिएका छन्। 

आकांक्षी बढी हुँदा ‘सकस’
पदाधिकारीमा तीन दर्जन बढी नेताहरुले आकांक्षा देखाउँदा सर्वसम्मत नेतृत्व चयनमा सकस देखिएको छ। वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र सुवास नेम्वाङले आकांक्षा देखाएका छन्। 

बिहीबार चितवन पुगेका नेम्वाङले कुटनीतिक रुपमा जवाफ दिँदै ‘साथीहरुले मलाई वरिष्ठ उपाध्यक्षमा उठ्न भनेका छन्’ भन्दै आफ्नो दाबेदारी प्रस्तुत गरेका छन्। 

त्यस्तै, माओवादीबाट आएका रामबहादुर थापा र उपमहासचिव घनश्याम भुसाल पनि वरिष्ठ उपाध्यक्ष बन्ने पक्षमा रहेका छन्।  वरिष्ठ उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवहरुमा आकांक्षीको संख्या बढी हुँदा सहज व्यवस्थापन वा सहमतिमा नेतृत्व चयन हुने सम्भावना न्यून देखिएको छ। 

महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजकसमेत रहेका नेता रामबहादुर थापा ‘बादल’का अनुसार सकेसम्म सर्वसम्मत र नभए केही पदमा चुनाव हुन सक्छ। ‘महाधिवेशन सर्वसम्मतिमा हुन्छ, भएन भने केही पदमा चुनाव हुन सक्छ’, काठमाडौंबाट चितवन आइपुग्दा भरतपुर विमानस्थलमा थापाले भनेका थिए। 

एमालेमा पदाधिकारीमध्ये शक्तिशाली मानिने महासचिवमा वर्तमान उपमहासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य शंकर पोखरेलले आकांक्षा व्यक्त गरेका छन्। दुवैजना ओली पक्षका हुन्।  

उपमहासचिव र सचिवमा आकांक्षी धेरै
प्रतिस्पर्धा हुँदा सबैभन्दा चर्को प्रतिस्पर्धा सचिवमा हुने देखिएको छ भने उपमहासचिवमा आकांक्षा राख्ने हालसम्म तीनजना नेता मात्रै देखिएका छन्। 

नवौं महाधिवेशनबाट सचिवमा सबैभन्दा धेरै मत ल्याएर विजयी भएका गोकर्ण विष्ट उपमहासचिवका मुख्य दाबेदार हुन्। एमाले अन्तरसंघर्षका समयमा सहमतिको पहलका लागि उनले मध्यमार्गी भूमिका खेलेका थिए। पार्टी विभाजनको विपक्षमा रहेर सचिव योगेश भट्टराईपछि माधव नेपाल गुट छाडेर ‘एमाले’मा सक्रिय हुने उनी नै हुन्। त्यसैले यसपल्ट सर्वसम्मत गर्दा विष्टलाई विशेष अवसर प्राप्त हुने आकलन गरिएको छ।  

प्रतिनिधि सभामा विष्टकै जिल्ला गुल्मीबाट प्रतिनिधित्व गर्ने एमालेकै अर्का सचिव प्रदीप ज्ञवालीले पनि उपमहासचिवमा बढुवा हुने आकांक्षा दर्शाएका छन्। सचिवमा नदोहोरिने संकेत गर्दै उनले एक तह माथि उक्लिने संकेत गरेका छन्। 'बौद्धिक नेता'को छवि बनाएका, अध्यक्ष केपी शर्मा ओलीनिकट मानिने ज्ञवालीलाई उक्त पदका लागि बलिया दाबेदारका रुपमा हेरिएको छ। 

पार्टीका विभिन्न गुटलाई समायोजन मात्रै होइन, समावेशीकरणलाई पनि उत्तिकै महत्व दिनुपर्ने महिला नेताहरुको माग छ। यसपल्ट सर्वसम्मति हुने अवस्था निर्माण नहुँदा उपमहासचिवमा उम्मेदवारी दिने तयारी गरेकी छन् बिन्दा पाण्डेले। नवौं महाधिवेशनमा खुला सदस्यमा निर्वाचित उनी यसपल्ट उपमहासचिव दाबी गर्दैछिन्। अध्यक्षदेखि महासचिवसम्ममा पुरुषहरु हाबी हुँदा उनको आकांक्षाले उपमहासचिव महिलालाई दिनुपर्ने नैतिक दबाब सिर्जना गर्नेछ। 

उपमहासचिव विष्णु पौडेलले त्यही पदमा दोहोरिने अवस्था आइलाग्दा वा नवौं महाधिवेशनमा यही पदमा पराजित शंकर पोखरेललाई ‘सेटल’ गर्नुपर्ने परिस्थिति निर्माण हुँदा भने माथि उल्लिखित तीनै जनालाई सचिवमा चित्त बुझाउनुपर्ने हुनसक्छ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १०, २०७८  १६:४५
  • #एमाले_दशौं_राष्ट्रिय_महाधिवेशन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवित उद्धार गरियो शुक्रबार, भदौ १९, २०८३
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शुक्रबार, भदौ १९, २०८३
भोटेकोशी बाढी : १ हजार २९० शव फेला, ४ हजार ७९८ बेपत्ताको खोजी जारी शुक्रबार, भदौ १९, २०८३
नुवाकोटका बाढीपीडितको पुनस्र्थापनाबारे मन्त्री रावलद्वारा जनप्रतिनिधिसँग छलफल शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
मन्त्रिपरिषद् बैठक: यस्ता छन् सात निर्णय बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्