काठमाडौं- मङ्गलबार आफ्नो आधिकारिक ट्विटर ह्याडलबाट बलिउड अभिनेत्री प्रियंका चोपडाले श्रीमान निक ‘जोनस’ हटाएकी थिइन्। आफ्नो नामसँगै लेखिएको श्रीमानको थर हटाएपछि एकाएक सामाजिक सञ्जालमा दुई जनाको डिभोर्स हुन लागेको हल्ला चल्यो। निरन्तर सामाजिक सञ्जालदेखि सञ्चारमाध्यममा दुईको डिभोर्स हुन लागेको हल्ला चलेपछि प्रियंकाले समाजिक सञ्जालमा निकको एक भिडियो राख्दै लेखिन्, ‘म तिम्रो अंगालोमा मरिसकें।’
प्रियंकाको पोस्टले नै सामाजिक सञ्जालमा र सञ्चारमाध्यममा भइरहेको अनुमानलाई गलत सावित गर्यो। यसलाई थप पुष्टि प्रियंकाकी आमाले गरिन्। आफ्नो छोरी ज्वाइँको डिभोर्सबारे आइरहेका समाचारलाई उनले खण्डन गरेकी थिइन्।
एकाएक डिभोर्सको अफवाह फैलिएको प्रियंका र निकको जोडीले २०१८ डिसेम्बर २ मा विवाह गरेका थिए। भारतको उदयपुरमा हिन्दू र क्रिश्चियन परम्पराअनुसार विवाह बन्धनमा बाँधिएका थिए उनीहरु।
बलिउडमा यादगारमध्ये एक बनेको निक र प्रियंकाको विवाहमा दुईले जोधपुरस्थित ताज उम्मेद भवन प्यालेस भाडामा लिएका थिए। जसका लागि दुईले चार करोड रुपैयाँ खर्च गरेका थिए। राजस्थानमा भएको विवाह २९ नोमेम्बरमा सुरु भएर ३ डिसेम्बरसम्म चलेको थियो। डिसेम्बर २ मा उनीहरुले हिन्दू परम्पराअनुसार विवाह गरेका थिए भने ३ डिसेम्बरमा क्रिश्चियन परम्पराअनुसार विवाह गरेका थिए।
प्रियंका र निकको विवाहलगत्तै निकले एक म्यागजिनलाई दिएको अन्तर्वार्तामा आफ्नो प्रेम कहानी सुनाएका थिए। निकले सबैभन्दा पहिले ‘क्वान्टिको’ फिल्ममा प्रियंकाका को-एक्टर ग्राहम रोजर्सलाई म्यासेज गरेका थिए। उनले प्रियंका निकै सुन्दर भएको बताउँदै सन्देश पठाएका थिए। सेप्टेम्बर २०१६ मा पहिलोपटक निकले प्रियंकालाई ट्विटरमा म्यासेज गरेका थिए। उक्त म्यासेजमा निकले दुईका थुप्रै आपसी मित्रहरु भएको र दुईले भेट्नुपर्ने लेखेका थिए। प्रियंकाले भने जवाफमा निकलाई ‘म्यासेज पूरै टिमले पढ्नसक्ने भएकाले फोनमा सम्पर्क गर्न’ भनेकी थिइन्।
यसरी सुरु भएको यो जोडीको सम्बन्ध २०१७ मा थप विस्तारित भएको थियो। दोस्रो डेटमा उनीहरुको भेट मेट गालामा भएको थियो। त्यसबेला निक प्रियंकाको घर गएको बताएका थिए। तेस्रो डेटमा भने निकले प्रियंकालाई प्रपोज गरे। प्रियंकालाई ग्रिसमा निकले प्रपोज गरेका थिए।
यसरी सुरु भएको निक-प्रियंकाको सम्बन्ध बलिउडदेखि उनीहरुका प्रशंसकमाझमा पनि निकै चर्चित छ। उनीहरु दुवैलाई बलिउडमा रुचाइएको जोडीको रुपमा लिइन्छ। मङ्गलबार भने एकाएक अफवाहको रुपमा उनीहरुको ‘डिभोर्स’को हल्ला चलेको थियो। तर, धन्न बलिउडले रुचाएको जोडीबारेको यो हल्ला सत्य थिएन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।