complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

हिमाली : मेड बाई मदर्स

64x64
युवराज भट्टराई सोमबार, मंसिर ६, २०७८  ०७:०५
1140x725

काठमाडौं– स्याङ्जा वालिङकी गिता राना मगरका श्रीमान् वैदेशिक रोजगारीमा थिए। कोरोना महामारीमा जागिर गुमेपछि नेपाल फर्किए। श्रीमान् विदेशमा हुँदा गिता घरायसी काम मात्र गर्दिन थिइन्। दैनिक चार-पाँच घण्टा ‘हिमालीः आमाको कोसेली’का लागि खट्थिन्।

तर, अहिले उनको दैनिकी फेरिएको छ। घरायसी काममा श्रीमानले सघाउँछन्। गीता भने दैनिक ११/१२ घण्टा हिमालीकै लागि काम गर्छिन्। 

‘अहिले उहाँको श्रीमानले नै आफू विदेश नजाने, घरको काम गर्ने र श्रीमतीलाई हिमालीमै काम गर्न दिने सोच बनाउनु भएको छ,’ हिमालीः आमाको कोशेलीका संस्थापकमध्येका एक दिनकर नेपाल भन्छन्, ‘गिताजीले मासिक २५/३० हजार कमाउनु भएको छ। श्रीमानले खाना बनाएर ल्याइदिनु हुने हुँदा उहाँले कामका लागि पर्याप्त समय पाउनुभएको छ।’

गिताजस्तै धेरै महिला हिमालीमा आवद्ध भएर काम गरिरहेका छन्। उनीहरुमध्ये कतिले उद्योगमै आएर सिलाइबुनाइको काम गर्छन् भने कतिपयले घरबाटै गरिरहेका छन्।

आमाहरुको हातमा आम्दानी होस् भन्ने हेतुले सुरु भएको थियो हिमाली। चार वर्षअघि जब दिनकर र सुवास पंगेनी वालिङबाट सात किलोमिटर टाढा रहेको चिसापानी गाउँमा पुगे, त्यहाँको दयनीय अवस्था देखेर उनीहरुलाई अत्यास लाग्यो। गाउँबाट बसाइ सर्ने क्रम तीव्र थियो। भएका केही पनि बसाइँ सर्ने योजनामा थिए। बसाइँ गएकाहरुको घर ‘घर’ जस्ता थिएनन्। झारले ढाकेको र जीर्ण थिए।

‘हामीले हाम्रो पारम्परिक सेटअपमा रहेर के गर्न सकिन्छ भनेर सोच्न थाल्यौं,’ दिनकर भन्छन्, ‘परम्परागत हिसाबले हेर्दा घर धान्ने जिम्मा महिलाकै छ। उहाँहरुलाई उत्पादनमा जोड्न सकियो भने बसाइँसराइ रोकिन्छ, हातैमा पैसा आयो भने उहाँहरु आफै पनि आत्मनिर्भर बन्नुहुन्छ भन्ने सोच थियो।’

परम्परागत नेपाली सामाजिक संरचनाअनुसार महिलाको हातमा सम्पत्तिको अधिकार छैन। महिलाको हातमा आम्दानीको स्रोत हुनुपर्छ भन्ने सोचसहित दिनकर र सुवासले हिमालीको सुरुवात गरेका थिए।

सुवासको बुबाको ४० वर्ष पुरानो कम्पनीको नाम थियो ‘हिमाली।’ ४० वर्ष सञ्चालन भएको पेयपदार्थको डिलरकै नामबाट सुवास र दिनकरले आफ्नो नयाँ व्यवसायको नाम राखेका थिए। ‘त्यही नामबाट नयाँ काम सुरु गरौं, तर यस्तो काम जसमा गर्व पनि गर्न सकियोस भन्ने हाम्रो सोच थियो,’ दिनकर भन्छन्।

Ncell 2
Ncell 2
nimb
nimb

हिमालीको मूलमन्त्र छ– ‘जबसम्म आमाहरुको हातमा आफ्नै कमाईको पैसा हुँदैन, तबसम्म छोरीहरु स्वतन्त्र हुँदैनन्।’

सुरुवात भनेको महिलाको हातमा आफ्नो कमाईबाट गर्नुपर्ने बताउँछन् दिनकर। महिला हिंसा, सामाजिक असमानताजस्ता विषय ९० प्रतिशत समस्या महिलाको हातमा आम्दानी भएपछि आफैं समाधान हुँदै जाने उनको बुझाई छ।

‘संरचनागत समस्या समाधानका लागि महिलाको हातमा आम्दानी चाहिन्छ,’ दिनकर भन्छन्, ‘महिलाको हातमा महिलाकै कमाइ भएपछि घरायसी निर्णयमा महिलाको अधिकार हुन्छ। आमाको अवस्था देखेपछि छोरीहरु पनि स्वतन्त्र विचारसहित हुर्किन्छन्। आमाले चुलोको काम गरेको र बुबासँग पैसा मागेको देखेर हुर्किएका र आमाले कमाएर ल्याएर बुबालाई पैसा दिएको देखेर हुर्किने छोराछोरीको विचार नै फरक हुन्छ।’

तर, गार्मेन्ट क्षेत्रमा छिर्नु, वालिङमा उद्योग खोल्नु, ‘आमाहरु’को हातबाट बुनिएका कपडालाई ब्राण्डिङ गर्नु सजिलो थिएन। असहज नै भए पनि सुवास र दिनकरले त्यो यात्रा सुरु गरे। तीन वर्षअघि खुलेको हिमालीले अहिले धेरै महिलाको जीवन परिवर्तन गरेको छ। ‘हिमाली’ले अहिले पूर्णकालीन र आशिंक गरी ५० भन्दा धेरै महिलालाई रोजगारी दिएको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उनीहरुले चिसापानीबाट हिमालीको औपचारिक सुरुवात गरेका थिए। काठमाडौंबाट प्रशिक्षक र मेसिन लिएर उनीहरु त्यहाँ पुगेका थिए। सुरुवातमा उनीहरुसँग प्रशिक्षण लिन ४० भन्दा धेरै महिला आए। तर, विस्तारै संख्या घट्दै गयो। दिनकर भन्छन्, ‘काम सिक्न जाँदा कतिपयलाई जानै नदिने, कतिलाई विदेशबाट श्रीमानले फोनमा गाली गर्ने, घरमा सासुससुराले पनि हतोत्साही गर्ने अवस्था थियो।’

अप्ठ्यारा समय कति थिए, कति! काठमाडौंबाट पुरुष प्रशिक्षकलाई लगिएको हुनाले त्यसमा पनि अप्ठ्यारो अवस्था आयो। प्रशिक्षणमा जाने महिलाको गाउँमा ‘कुरा काट्न’ थालियो। त्यसपछि तालिम लिनेको संख्या आठमा झर्‍यो।
तर, अहिले हिमाली व्यवसायिक रूपमा स्थापित भएको छ। हिमालीले व्यापार मात्रै गरेको छैन, महिला शसक्तिकरणमा पनि टेवा पुर्‍याएको छ। 

व्यापारिक हिसाबले हेर्दा वालिङ उत्पादनको ‘इकोसिस्टम’ नै नभएको ठाउँ थियो। नेपालका काठमाडौं, बुटवल, भैरहवा, विराटनगरलगायत सीमित क्षेत्रमा मात्र उद्योग थिए। नयाँ ठाउँमा नयाँ शैलीको व्यवसाय लिएर जानु जोखिम नै थियो। स्थापना भएको केही समयमा नै कोरोना महामारी आएपछि थप अप्ठ्यारो अवस्था सिर्जना भयो। कच्चा पदार्थ ल्याउनै समस्या परेको थियो। 

दिनकर र सुवासले महामारीअघि पनि धेरै समस्या भोगिसकेका थिए। महामारीले समस्याको चाङ नै लगाइदियो। एक त स्थापित मान्यताविपरीत उनीहरुले महिलाहरुबाट व्यवसाय चलाउने प्रयास गरेका थिए, अर्को महिलाकै हातमा आम्दानी पुर्‍याउने व्यवसाय थालेका थिए। सुरुवातमा उनीहरुको व्यवसायलाई ‘पागलपन’को संज्ञा दिने पनि थिए। व्यवसायिक क्षेत्रभन्दा बाहिर वालिङ गएर उद्योग सञ्चालन गर्दा पनि उनीहरूलाई खिसी गर्ने धेरै थिए।

‘कम्पनी सुरु गरेको डेढ वर्षमा हामीले १५ चोटी बन्द गर्ने सल्लाह गर्‍यौँ,’ दिनकर सम्झिन्छन्, ‘तर, बन्द गरिहाल्ने हिम्मत पनि आएन। लगानी भइसकेको थियो। संघर्ष जारी राख्यौँ।’

चुनौती र अप्ठ्यारोले जेलिदाँ पनि उनीहरु पछि हटेनन्। जसरी पनि काम गर्नै पर्छ भन्ने सोचसहित अघि बढ्दा अहिलेको अवस्थामा आइपुगेको दिनकर बताउँछन्। उनी भन्छन्, ‘अब व्यवसायलाई निरन्तरता दिन सक्ने अवस्था सिर्जना भएको छ। पहिलेजस्तो बन्द नै होला कि भन्ने छैन।’

दिनकरलाई लाग्छ नेपालमा भइरहेका सीपलाई नै व्यवस्थापन गरेर ब्राण्डिङ गर्ने काम भएकै छैन। धेरै किसिमका सीप एकै ठाउँमा मिलाएर कुनै उत्पादन गर्ने र बजारमा पुर्‍याउने अवस्था नेपालमा नभएको उनी बताउँछन्। समाजले पनि यस्तो सोचलाई प्रोत्साहित गर्ने अवस्था नभएको उनको भनाइ छ।

दिनकर भन्छन्, ‘हिमालीको सुरुवात त्यो परम्परागत सोच भत्काउने गरि सुरु गरेका हौं। गार्मेन्ट क्षेत्रमै लागेका, २०/२५ वर्ष काम गरेकाहरूले हाम्रो सोचलाई फिलर आइडिया मात्र भएको भन्दै हामीले सक्दै नसक्ने बताए। हामीले सँगै काम गर्ने प्रस्ताव राख्दा असफल हुने सोचमा नलाग्ने बताए।’ 

अहिले हिमालीको काँधमा दायित्वसँगै जिम्मेवारी पनि भएको उनी बताउँछन्। धेरै परिवार हिमालीकै भरमा छन्। धेरै छोरीहरु आफ्नो आमाले हिमालीमा गरिरहेको आम्दानी देखेर हुर्किएका छन्। समाज परिवर्तनको बाटोमा लागेको उनको भनाइ छ।

यसको उदाहरण गत वर्ष देखिएको थियो।

काठमाडौंबाट एक जना मार्केटिङकी अध्यापिकालाई कम्पनीले वालिङ लगेको थियो। ती अध्यापिकाले हिमालीमा काम गर्ने एक महिलाकी छोरीलाई प्रश्न गरिन्, ‘आमा के गर्नुहुन्छ?’

छोरीले जवाफ दिइन्, ‘हिमालीमा काम गर्नुहुन्छ।’

अध्यापिकाको अर्को प्रश्न थियो, ‘अनि बुबा नि?’

‘बुबा काठमाडौं हुनुहुन्छ। तर, बुबाको भन्दा बढी त आमाले नै कमाउनुहुन्छ।’

अहिले हिमालीले तीन ठाउँबाट कपडाहरू उत्पादन गरिरहेको छ। विशेषगरी जाडोमा लगाउने न्यायो कपडा उत्पादन हुन्छ। स्याङ्जाबाहेक काठमाडौँमा पनि विभिन्न पसलसँग सहकार्य गरेर ‘आउटलेट’ खोल्ने योजना छ।

आफ्नो प्रयासमा सन्तुष्ट छन् हिमालीका दुई संस्थापक दिनकर र सुवास। आमाहरु जागिरका लागि बजार वा शहरसम्म आउन नसक्ने अवस्थामा उनीहरूले जागिरलाई नै आमाहरूसम्म पुर्‍याएका छन्।

प्रकाशित मिति: सोमबार, मंसिर ६, २०७८  ०७:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
रास्वपाले माग्याे मेयरसहितका जनप्रतिनिधि हुन चाहनेसँग आवेदन बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा केदार नरसिंह केसी निर्वाचित, अन्य काे काे ? बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्