काठमाडौं– तेलगु सिनेमा (टलिवुड)का कलाकार कैकला सत्यनारायण अस्पताल भर्ना भएका छन्। नोमेम्बरको सुरुदेखि नै स्वास्थ्यमा समस्या आएर भारतको सिकन्दरबादको अस्पतालमा उपचार गराइरहेका उनको अवस्था थप नाजुक भएपछि आइतबार हैदराबादस्थित अपोलो अस्पतालमा भर्ना गरिएको छ।
गत अक्टोबरमा अभिनेता सत्यनारायण बाथरुममा लडेका थिए, जसकारण उनको शरीरमा निकै चोट लागेको थियो। नोमेम्बर १ मा श्वास प्रश्वासमा समस्या भएपछि उनलाई अस्पताल लगिएको थियो।
भारतीय सञ्चारमाध्यमका अनुसार सत्यनायारणको स्वास्थ्य अवस्था निकै गम्भीश रहेको छ। केही दिनअघि उनमा कोभिड १९ को लक्षण पनि देखिएको थियो। जसकारण उनको उपचारमा थप कठिनाइ भइरहेको चिकित्सकले बताएका छन्।
सत्यनारायण टलिवुडका चर्चित कलाकार हुन्। २०१९ यता आफ्नो स्वास्थ्य अवस्था र उमेरका कारण उनले फिल्म क्षेत्रमा धेरै सक्रियता देखाएका थिएनन्। उनले यो क्षेत्रका ७ सयभन्दा धेरै फिल्ममा अभिनय गरिसकेका छन्। पछिल्लो पटक उनले २००९ मा महेश बाबु स्टारर फिल्म ‘महर्षि’ र २०१९ मा प्रदर्शनमा आएको फिल्म ‘कथानायाकुडु’मा अभिनय गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।