काठमाडौं– बलिउड अभिनेत्री प्रीति जिन्टा आमा बनेकी छिन्। ४६ वर्षकी प्रीति सरोगेसीमार्फत जुम्ल्याहा सन्तानकी आमा बनेकी हुन्।
आफ्नो सन्तानको जन्मबारे जानकारी दिँदै प्रीतिले सामाजिक सञ्जालमा खुसी साटेकी छिन्। उनले इन्स्टाग्राममार्फत आफ्नो सन्तानको जानकारी दिदैं लेखेकी छिन्, ‘म आज सबैसँग निके खुसीको कुरा साट्न चाहन्छु। जीन र म निकै खुसी छौं। हाम्रो मन प्रेमले भरिएको छ किनकी हामी आफ्ना जुम्ल्याहा सन्तान जय जिन्टा गुनइनफ र जिया जिन्टा गुडइनफलाई आफ्नो परिवारमा स्वागत गर्दै छौं।’
सँगै प्रीतिले आफ्नो जीवनको नयाँ सुरुवातको लागि उत्साहित भएको लेखेकी छिन्। सरोगेसीमार्फत सन्तानलाइ जन्म दिने र चिकित्सकलाई धन्यवाद पनि भनेकी छिन्।
प्रीतिले ५ वर्षअघि आफूभन्दा १० वर्ष कान्छा अमेरिकी नागरिक रहेका जेन गुडइनफसँग विवाह गरेकी थिइन्। विवाहपछि हाल दुवै जना अमेरिकामा बस्दै आएका छन्। अभिनेत्री प्रीतिले भने सन् २०१८ मा ‘भैयाजी सुपरहिट’पछि कुनै पनि फिल्ममा अभिनय गरेकी छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।