काठमाडौं– केही समययता स्वास्थ्यमा समस्या देखिएपछि अभिनयबाट पर रहेकी अभिनेत्री पल्पसा डंगोल ‘चम्सुरी’ फेरि अभिनयमा फर्किएकी छिन्। सामाजिक सञ्जालमा एक पोस्ट राख्दै उनले आफू फेरि टेलिभिजन श्रृङ्खला ‘मेरी बास्सै’मार्फत् अभिनयमा फर्किएको बताएकी हुन्।
गत जेठमा उनको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो। मिर्गौलामा समस्या देखिएकी उनको मिर्गौला प्रत्यारोपण गर्नुपर्ने चिकित्सकले सुझाएका थिए। केही समयसम्म अस्पतालमै रहेकी उनी स्वास्थ्यलाभपछि फेरि टेलिभिजन सेटमा फर्किएकी हुन्।
मंगलबार साँझ नेपाल टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम मेरी बास्सैको आजको एपिसोडमा अभिनेत्री डंगोललाई देख्न सकिनेछ। सामाजिक सञ्जालमा आफू फेरि ‘मेरी बास्सै’मा फर्किएको जानकारी दिदैं पल्पसाले लेखेकी छिन्, ‘आज बेलुकी मेरी बास्सै हुर्नुहोला। म हजुरहरुलाई भेट्न आउँदैछु।’
दुवै मिर्गौलामा समस्या देखिएकी डंगोलको माघमा मिर्गौला प्रत्यारोपण हुँदैछ। चिकित्सककाअनुसार उनको दुवै मिर्गौलामा समस्या भएका कारण फेर्नुपर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।