काठमाडौं- अमेरिकाले एक 'खतरनाक र गैरजिम्मेवार' मिसाइल परीक्षणका लागि रूसको निन्दा गरेको छ र यस परीक्षणले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा अवस्थित अन्तरिक्ष यात्रीको जीवन खतरामा परेको आरोप लगाएको छ।
यस परीक्षणमा रूसले आफ्नो एक उपग्रहमा निशाना लगाएको थियो। जुन विस्फोट हुँदा अन्तरिक्षमा टुक्राहरु बनेको थियो र आईएसएस चालक दललाई आफ्नो यानमा लुक्नु परेको बीबीसीले जनाएको छ। अन्तरिक्ष स्टेशनमा उक्त समय सात अन्तरिक्ष यात्री थिए। जसमा चार अमेरिकी, एक जर्मन र दुई रूसका यात्री थिए।
अमेरिकी विदेश विभागका प्रवक्ता नेड प्राइसले पत्रकार सम्मेलनमा भने, 'आज, रूसले एक एन्टी-स्याटेलाइट मिसाइल परीक्षण गर्नका लागि आफ्नै स्याटेलाइट ध्वस्त बनायो। यस परीक्षणको मतलब १ हजार ५ सय भन्दा धेरै टुक्रा बने र हजारौं सानो टुक्राहरु बने जसले अब सबै देशको हितमा खतरा छ।'
अमेरिकाले यसको जवाफ दिने बताएको छ।
तर, रुसी अन्तरिक्ष एजेन्सी कसमसले यस घटनालाई सामान्य भएको बताएको छ।
रूसको उपग्रह कसमस-१४०८ एक जासूसी उपग्रह थियो। जसलाई १९८२ मा लञ्च गरिएको थियो। यसको तौल कयौं टनको थियो र केही वर्षदेखि यसलाई निष्क्रिय बनाइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।