काठमाडौं– निर्देशक आचार्य गोपालको निर्देशनमा बनेका ‘तिमी र म’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। आदेश क्षेत्रीको स्वरमा रहेको गीतको भिडियो काठमाडौंस्थित राइजिङमा एक कार्यक्रम गर्दै सार्वजनिक गरिएको हो।
गीतमा आदेशसँगै प्रेक्षा बज्राचार्यको अभिनय रहेको छ। प्रेम विशेष रहेको गीतको भिडियोमा आदेश र प्रेक्षा रोमेन्टिक मुडमा देखिएका छन्।
आदेश पौडेलको संगीत रहेको गीतमा अशोक महर्जनले मास्टरिङ गरेका छन् भने राहुल विश्वकर्माले एरेन्ज गरेका छन्।
गोपालको निर्देशनमा रहेको भिडियोलाई संगीत क्षेत्रले निर्माण गरेका हुन्। गीतको भिडियो ‘दृश्यलय सिनेमा’मार्फत उत्पादन गरिएको हो। भिडियोको सह निर्देशन किरण विकले गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।