काठमाडौं– चालू आर्थिक वर्ष २०७८/७९को पहिलो त्रैमासमा नेपाल दूरसञ्चार कम्पनीको नाफा उल्लेख्य बढेको छ। सो अवधिसम्म टेलिकमले २ अर्ब २५ करोड ९९ लाख ४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीको वित्तीय विवरणमा उल्लेख छ।
मंगलबार सार्वजनिक कम्पनीको उक्त अवधिसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार गत वर्षभन्दा यस वर्ष खुद नाफा ४८ दशमलव ९० प्रतिशत वृद्धि भएको हो। गत वर्षको यसै अवधिमा कम्पनीले १ अर्ब ५१ करोड ७७ लाख ६९ हजार रुपैयाँ खुद नाफा गरेको थियो।
यस वर्ष कम्पनीको कुल आम्दानीसमेत ८ दशमलव ३९ प्रतिशत बढेको छ। गत वर्ष १० अर्ब १० करोड ४४ लाख ७५ हजार कुल आम्दानी गरेको कम्पनीले यस वर्ष १० अर्ब ९५ करोड २३ लाख ४६ हजार आम्दानी गरेको हो।
हाल १५ अर्ब रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीको जगेडा कोष ८३ अर्ब ८२ करोड १९ लाख ९९ हजार रुपैयाँ कायम भएको छ। कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ६० दशमलव २६ र प्रतिशेयर नेटवर्थ ६५८ रुपैयाँ ८१ पैसा छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।