काठमाडौं– चालु आर्थिक वर्ष २०७८/७९को पहिलो त्रैमासमा नेपाल लाइफ इन्स्योरेन्सको खुद नाफामा कमी आएको छ। सेयर नोक्सानी लगानीवापत १८ करोड ८ लाख ८९ हजार रुपैयाँ व्यवस्था गरेका कारण कम्पनीको खुद नाफामा कमी आएको कम्पनीको वित्तीय विवरणमा उल्लेख छ।
कम्पनीले असोज मसान्तसम्ममा ७० लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले यस्तो नाफा २२ करोड ९० लाख रुपैयाँ थियो।समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क ९.१९ प्रतिशत बढेर ९ अर्ब ७४ करोड ७१ लाख रुपैयाँ पुगेको छ।
समीक्षा अवधिमा कम्पनीले १६ हजार १२० दाबीबापत ३ अर्ब ९१ करोड ६७ लाख रुपैयाँ भुक्तानी गरेको छ। समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी ३१ प्रतिशत बढेको छ भने जगेडा कोष ७६.२९ प्रतिशतले घटेको छ।
सो अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार एक खर्ब १८ अर्ब रुपैयाँ पुगेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ ८५ पैसा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।