काठमाडौं– नेपाल ट्रक यातायात व्यवसायी महासंघले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको अनुपातमा भाडादर समायोजन गर्न माग गरेको छ।
महासंघ महासचिव राजेन्द्रविक्रम बानियाँले एक विज्ञप्ति जारी गरी छोटो अवधिमा पटकपटक गरिएको मूल्यवृद्धिले यातायात क्षेत्र प्रत्यक्ष मारमा परेको भन्दै मूल्यवृद्धिको अनुपातमा भाडादर वृद्धि गर्न माग गरेका हुन्।
‘वैज्ञानिक प्रणालीका आधारमा निर्धारित भाडादरमा ट्रक सञ्चालन गर्ने यातायात व्यवस्था विभाग र महासंघबीच लिखित सम्झौता भए पनि उक्त सम्झौता कार्यान्वयनमा समस्या देखिएको छ,’ महासचिव बानियाँद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
महासंघले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।