काठमाडौं- भारतकी चर्चित लेखिका मन्नु भण्डारीको सोमबार निधन भएको छ। लामो समयदेखि अस्वस्थ रहेकी भण्डारीको हरियाणास्थित नारायण अस्पताल, गुरुग्राममा उपचारका क्रममा निधन भएको हो।
उनकी छोरी रचना यादवले उनको निधनको पुष्टि गर्दै आफूले जीवनको अमूल्य चिज गुमाएको बताएकी छिन्।
भण्डारीका आप्का बन्टी, महाभोज, यही सच है लगायतका थुप्रै कृतिहरू अत्यन्त चर्चित छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।