काठमाडौं- अमेरिका र चीनबीच लामो समयदेखि विभिन्न विषयमा गतिरोध जारी रहँदा सोमबार अमेरिकी राष्ट्रपति जो वाइडेन र चीनका राष्ट्रपति सी चिनफिङ भर्चुअल बैठकमा बस्न लागेका छन्।
विश्वका दुई शक्तिशाली देशले गत हप्ता स्कटल्याण्डको ग्लासगोमा जलवायु परिवर्तनबारे संयुक्त घोषणा गरेरका थिए। तर, ताइवान लगायतका मुद्दामा भने दुई देशबीच तनाव जारी छ।
यस बैठकसँग सम्बन्धित केही स्रोतले अमेरिकी मिडियामा दिएको जानकारी अनुसार बैठकमा साइबर सुरक्षा, व्यापार र परमाणु अप्रसार जस्ता मुद्दामा चर्चा हुन सक्छ।
शुक्रबार जारी गरिएको एक विज्ञप्तिमा अमेरिकी राष्ट्रपतिको कार्यालय व्हाइट हाउसले भनेको थियो, " दुई नेताले अमेरिका र चीनबीच जारी प्रतिस्पर्धालाई जिम्मेवारीको साथ बनाइराख्ने तरिकाबारे विचार गर्नेछन्। साथै साझा हित र चासोमा मिलेर काम गर्ने मुद्दाबारे पनि छलफल गर्नेछन्।"
यस वर्ष जनवरीमा अमेरिकी राष्ट्रपतिको पदभार सम्हालेपछि वाइडेन र सीले दुईपटक कुरा गरेका छन्। तर दुबै नेता दुई देशबीच केही मुद्दालाई लिएर गतिरोध रहेको ठान्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।