• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा

लयमा फर्कंदै फिल्म क्षेत्र : धमाधम प्रदर्शन मिति घोषणा, छायांकनले पनि गति लियो 

64x64
युवराज भट्टराई शुक्रबार, कात्तिक २६, २०७८  ०७:०२
1140x725

काठमाडौं– कोरोना महामारीका कारण लामो समयसम्म सुस्ताएको नेपाली फिल्म क्षेत्र विस्तारै लयमा फर्कन थालेको छ। बलिउड फिल्म ‘सूर्यवंशी’को प्रदर्शनसँगै सिनेमा हलमा दर्शकको चाप बढ्न थालेपछि नेपाली निर्माता–निर्देशकमा पनि आफ्ना फिल्म प्रदर्शन गर्ने हौसला देखापरेको छ। सँगै, रोकिएका फिल्मको छायांकनले पनि विस्तारै गति लिँदैछ। 

सरकारले कोरोना संक्रमणको जोखिमका कारण बन्द गरिएका सिनेमा हलहरु गत असोज २१ गतेबाट पूर्णरुपमा खोल्ने अनुमति दिएको थियो। हलहरु खोल्ने अनुमति पाए पनि दर्शक नआउन सक्ने जोखिमका कारण नेपाली फिल्म प्रदर्शनमा आएका थिएनन्। खुलेको पहिलो दिन सिनेमा हलहरुमा हलिउड फिल्म ‘फास्ट एण्ड फ्युरियस ९’ प्रदर्शनमा आएको थियो। 

सरकारले असोज २१ गतेबाट सिनेमा हल खोल्ने अनुमति दिए पनि २६ गते मात्रै नेपाली फिल्महरु हलमा प्रवेश गरे। २६ गते नरेन्द्र भट्टराई निर्देशित ‘धन्धागिरी’ र शोभित बस्नेत निर्देशित ‘डाँडाको वरपिपल’ प्रर्दशनमा आयो। बस्नेतले तामझामसाथ फिल्मको प्रचार गरेपनि त्यसले राम्रो व्यापार गर्न सकेन। धन्धागिरीले पनि बक्स अफिसमा राम्रो व्यापार गर्न सकेन। यी फिल्म चलिरहँदा हलमा एक ‘शो’मा आधा दर्जन पनि दर्शक उपस्थित थिएनन्।  

निर्देशकदेखि निर्मातासम्मले नेपाली फिल्म प्रदर्शन गर्ने हिम्मत नगर्दा हल सञ्चालनकै लागि भए पनि बलिउडका (हिन्दी) फिल्म आवश्यक पर्ने कुरा उठिरहेका थिए। दशैंको बेला प्रदर्शनमा आएका दुई नेपाली फिल्म ‘फ्लप’ भएसँगै तिहारका बेला पनि कुनै नेपाली फिल्म प्रदर्शन हुन सकेनन्। निर्माता÷निर्देशकले त्यस्तो आँट नै गर्न सकेनन् वा चाहेनन्। 

तिहारमा प्रदर्शन भएको बलिउड फिल्म ‘सूर्यवंशी’ले भने नेपाली सिने क्षेत्रका लागि मरुभूमिमा पानी छर्कने काम गर्‍यो। रोहित शेट्टी निर्देशित, अक्षय कुमार स्टारर फिल्मले अन्यत्र झैं नेपालमा पनि राम्रो रेस्पोन्स पायो। नोभेम्बर ७ देखि प्रदर्शनमा आएको सूर्यवंशीले मंगलबारसम्म मात्रै नेपालमा २ करोडभन्दा धेरै व्यापार गरेको छ। नेपालमा प्रदर्शनका लागि महंगो रकम तिरेर ल्याइएको फिल्मले व्यापार त राम्रो गर्यो नै, त्यसले नेपाली निर्माता र निर्देशकलाई पनि फिल्म प्रदर्शन गर्ने आँट दिलाएको छ। 

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल महामारी नियन्त्रणमा आएसँगै अब सिने क्षेत्र फेरि सक्रिय भएको बताउँछन्। लामो समयसम्म बन्द रहेका सिनेमा हलमा फेरि नेपाली फिल्म प्रदर्शनको मिति तोकिनुले पनि फिल्म क्षेत्र फेरि लयमा फर्किन थालेको उनको बुझाइ छ। ‘अहिले नै शतप्रतिशत लयमा फर्कन्छ त नभनिहालौं’, दाहाल भन्छन्, ‘तर, विस्तारै भएपनि फिल्महरु प्रदर्शन हुने, निर्माणको काम पनि अघि बढ्ने क्रम सुरु भएको छ। केही फिल्म छायांकनमा गएका छन्। विस्तारै सिने क्षेत्र लयमा फर्कंदैछ।’

धमाधम घोषणा हुँदै फिल्म प्रदर्शन
विदेशी फिल्ममा केही दर्शक आएपनि नेपाली फिल्म हेर्न दर्शक नै नआउने डर सिनेमा हलमा नेपाली फिल्म प्रदर्शन हुन नसक्नुको मुख्य कारण थियो। तर, सूर्यवंशीले देखाएको आशासँगै धमाधम नेपाली फिल्म प्रदर्शनको मिति घोषणा हुन थालेको छ। विभिन्न नेपाली फिल्महरुले आउँदो वैशाखसम्म प्रदर्शन हुने मिति घोषणा गरिसकेका छन्। मंसिर १७ गते ‘ओभरडोज’को प्रदर्शन मिति तय भएको छ भने वैशाख ३० गते ‘चिसो मान्छे’ प्रदर्शन हुने घोषणा भइसकेको छ।

सुमन पौडेल निर्देशित ‘ओभरडोज’मा प्रनिशराज पन्त, सविनजंग थापा र विना श्रेष्ठ मुख्य भूमिकामा छन्। ‘दादा प्रोडक्सन हाउस’ र ‘रिच’ इन्टरटेन्मेन्ट्स्ले संयुक्त रुपमा निर्माण गरेको फिल्मको लेखन पनि निर्देशक पौडेलकै छ। अमेरिकामा छायांकन गरिएको फिल्ममा प्रेम, रोमान्स र द्वन्द्व समेटिएको निर्माण पक्षले जनाएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

त्यस्तै, सूर्य श्रेष्ठ निर्देशित ‘लाइफ इन एलए’ पनि कात्तिक २७ गते प्रिमियर हुँदै छ। अमेरिकाको क्यालिफोर्नियास्थित लस एजल्स शहरमा फिल्मको प्रिमियर हुने घोषणा गरिएको छ। अकेशा विष्ट, गौरव पहारी, बुद्धि तामाङ, बासु विस्सु र शिल्पा मास्के प्रमुख भूमिकामा रहेको फिल्मलाई ‘बास इन्टरटेमेन्ट्स्’ले निर्माण गरेको हो। 

सुर्दशन थापा निर्देशित ‘म यस्तो गीत गाउँछु–२’ले पनि प्रदर्शनको मिति निर्धारण गरेको छ। माघ १९ गते यो फिल्म प्रदर्शन हुने निर्देशक थापाले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।

‘म यस्तो गीत गाउँछु–२’ २०७६ फागुन ३० मै प्रदर्शन गर्ने तयारी थियो। प्रचार प्रसारमा बेस्सरी खर्च गरिए पनि कोरोना महामारी सुरु भएपछि त्यसबेला फिल्मको प्रदर्शन रोकियो। निर्देशक थापाका अनुसार कुनै एक चलचित्र मात्र नभई नेपाली चलचित्र क्षेत्र नै चलायमान हुनु अहिलेको खाँचो रहेकाले ‘म यस्तो गीत गाउँछु–२’ प्रदर्शनको मिति तय गरिएको हो। 

थापा र पुजा शर्माको संयुक्त लगानीमा निर्माण भएको फिल्मको मुख्य भूमिकामा पुजा शर्मा, पल शाह, हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल लगायतको अभिनय छ।

Xtrem

Xtrem

कोरोना महामारीका कारण पूर्व निर्धारित मितिमा प्रदर्शन हुन नपाएको फिल्म ‘चपली हाइट–३’ले पनि आफ्नो प्रदर्शनको मिति तोकेको छ। फिल्म पुस २ गते प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ। निकेश खड्काको निर्देशन तथा अर्जुन कुमारको लगानीमा बनेको फिल्ममा आमिर गौतम, स्वस्तिमा खड्का, सुपुष्पा भट्ट लगायतको अभिनय छ।

सुनीलकुमार थापा र झरना थापा निर्माता रहेको ‘ए मेरो हजुर–४’ले पनि आफ्नो प्रदर्शन मिति सार्वजनिक गरेको छ। कोरोनाकै कारण गतवर्ष प्रदर्शन हुन नसकेको फिल्म सिनेमा हल खुलेको केही समयपछि नै प्रदर्शनको मिति तोकिएको हो। फिल्मका निर्माताद्वयले सामाजिक सञ्जालमार्फत् चैत २५ गते प्रदर्शन हुने बताएका छन्। झरना भन्छिन्, ‘विस्तारै कोरोना कहर पनि कम भएको छ। सरकारले हल खोल्ने अनुमति दिएपछि हलमा दर्शक पनि आउन थालेका छन्। त्यसैअनुसार, हामीले पनि फिल्म प्रदर्शन गर्न लागेका छौं। अब सिनेमा क्षेत्र लयमा फर्किएको छ।’

दिपेन्द्र के खनाल निर्देशित फिल्म ‘चिसो मान्छे’ पनि आउँदो वैशाख ३० मा प्रदर्शन हुने तय भएको छ। शर्मिला पाण्डेको लगानी रहेको फिल्म ‘डी एस डिजिटल प्रालि’को ब्यानरमा निर्माण भएको हो। स्वस्तिमा खड्का र देशभक्त खनालको यसमा मुख्य भूमिका छ। फिल्मले वैदेशिक रोजगारमा नेपालीले भागेको पीडालाई प्रस्तुत गरेको छ। 

दिनेश राउतको निर्देशित फिल्म ‘प्रकाश’को प्रदर्शन पनि आउँदो वर्षको सुरुआतमा हुने भएको छ। फिल्मका निर्देशक राउतले हाल पोस्ट प्रोडक्सनको काम भइरहेकाले नयाँ वर्षको सुरुमै फिल्म प्रदर्शन गर्ने तयारी भइरहेको नेपाल लाइभलाई बताए। गत वैशाखमा नै छायांकन सकिएको फिल्ममा प्रदीप खड्का, रेनु योगीसँगै दीया मास्के, प्रकाश घिमिरे, राजन खतिवडा लगायतको अभिनय छ।

छायांकन पनि धमाधम 
बलिउड फिल्म ‘उचाईं’को छायांकनका लागि निर्माण टोलीसहित भारतबाट नेपाल आएका बलिउडका चर्चित कलाकारहरु गतसाता मात्र फर्किएका छन्। महिना दिनभन्दा लामो नेपाल बसाईबीच नेपालका हिमाली भेगमा सुरज बर्जत्य निर्देशित फिल्मको छायांकन भएको छ।

अनुपम खेर, परिणिती चोपडा, बोमन इरानीलगायतका कलाकारहरु फिल्मको छायांकन गर्न आएर नेपालको प्रचार पनि गरेका छन्। त्यसबाहेक लामो समयसम्म कामबिहीन बनेका चलचित्रका प्राविधिकहरुले पनि बलिउडको निर्माण टोलीसँग काम गर्ने अवसर पाए। 

अहिले कोरोना महामारीका कारण रोकिएका नेपाली फिल्म पनि छायांकनमा जान थालेका छन्। सरकारले महामारीकै कारण लामो समयसम्म फिल्म छायांकनमा समेत रोक लगाएको थियो। चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल बलिउड फिल्म ‘उचाईं’को छायांकनपछि नेपाली फिल्मको छायांकन पनि धमाधम हुनथालेको बताउँछन्। भन्छन्, ‘भारतमै पनि महामारीपछि बिग बजेटको फिल्म यही थियो। यसको छायांकन नेपालमा हुनुले नेपाली फिल्म क्षेत्रलाई पनि हौसला मिल्यो। यसले नेपालमा फिल्म छायांकनको अवसरलाई विश्वमाझमै पुर्याएको छ।’

हाल रामबाबु गुरुङको निर्देशनमा बनिरहेको ‘कब्बडी कब्बडी–४’को टिम छायांकनका लागि मुस्ताङमा छ। फिल्मको निर्माण टोलीले मुस्ताङमा आफ्नो फिल्मको आधा छायांकन सकिएको जनाएको छ। मुस्ताङको कोवाङ र लार्जुङमा छायांकन भइरहेको फिल्म टुकुचेलगायतका ठाउँमा छायांकन गर्न बाँकी रहेको बताइएको छ।

त्यस्तै, राजेश हमालको ‘कमब्याक’ भनिएको फिल्म ‘सत्यम्’को पनि छायांकन सुरु हुने सुरसार छ। तिहारअघि फिल्मको कार्यशाला भएको थियो। धम्पुसमा आयोजना गरिएको कार्यशालामा फिल्मका मुख्य भूमिकामा देखिने राजेश हमालसँगै पल शाह, मलिका महत लगायतका कलाकारले भाग लिएका थिए। 

शंकर कार्कीको निर्देशनमा निर्माण भइरहेको फिल्मलाई हालसम्मकै महंगो नेपाली फिल्म भएको दाबी गरिएको छ। फिल्मको छायांकनका लागि पोखरामा महंगो सेट निर्माण गरिएको छ भने अन्य पोखरा आसपाससँगै काठमाडौं वरपरका क्षेत्रमा फिल्म छायांकन गरिने बताइएको छ। 

चलचित्र विकास बोर्डका अध्यक्ष दाहालका अनुसार हाल दर्ता भएका अन्य फिल्महरुको पनि छायांकन भइरहेको छ। उनी भन्छन्, ‘महामारीको समयमा पनि हामीले अनलाइनबाट फिल्म दर्ता गरिरहेका थियौं। ती फिल्महरुको अहिले छायांकन भइरहेको छ।’

महामारीले लपेटेको फिल्म क्षेत्र पहिलेकै लयमा फर्कन समय लागे पनि धमाधम भइरहेको फिल्म प्रदर्शनको घोषणा र छायांकनमा देखिएको गतिले आशा जगाएको दाहाल बताउँछन्। ‘धेरैले खोप लगाएका छन्, महामारी पहिले जस्तो छैन,’ दाहाल भन्छन्, ‘अब फिल्म क्षेत्र लयमा फर्कन्छ। पहिलेजस्तो हुन समय लाग्ला तर, महामारीमा जस्तो निष्क्रिय रहँदैन।’

प्रकाशित मिति: शुक्रबार, कात्तिक २६, २०७८  ०७:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान सुरेश श्यामलाल गुप्ताका अनुसार मुश्ताक खानलाई पाँच वर्षअघि फोक्सोको क्यान्सर भएको थियो। उपचारपछि उनी निको भएका थिए। तर करिब दुई साता... बिहीबार, असोज ८, २०८३
‘झिंगेदाउ २’ लाई तेस्रो दिन पनि दर्शकको उत्साहजनक साथ शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘झिंगेदाउ २’ले प्रदर्शनको तेस्रो दिन आइतबार पनि दर्शकको उत्साहजनक साथ पाएको छ। सोमबार, असोज ५, २०८३
पात्रसँगै परिपक्व हुँदै गएको आँचलको अभिनय यात्रा नेपाली चलचित्र ‘झिङ्गेदाउ २’ प्रदर्शनको तयारीमा छ। पहिलो श्रृंखलाले दर्शकको राम्रो साथ पाएपछि दोस्रो भागलाई लिएर कलाकार र वििनर्माण... आइतबार, भदौ २८, २०८३
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्