काठमाडौं- मार्भल सिनेम्याटिक युनिभर्सको प्रोडक्सनमा बनेको सुपरहिरो फिल्म ‘इटरनल्स’ शुक्रबारबाट नेपालमा प्रदर्शन हुने भएको छ। क्लोए झाओको निर्देशनमा बनेको फिल्म नेपालमा भोलिबाट प्रदर्शन हुन लागेको हो।
फिल्ममा गैम्मा चान, रिचर्ड मेड्डन, एञ्जिलिना जोलीलगायतको अभिनय रहेको छ। फिल्ममा रहेर पाँच हजार वर्षदेखि पृथ्वीको विभिन्न भागमा रहेर यसको सुरक्षा गर्ने सुपरहिरोहरुको कथालाई देखाइएको छ।
५ नोभेम्बरबाट प्रदर्शनमा आएको फिल्मसँगै शुक्रबार नेपालमा रोहित शेट्टी निर्देशित ‘सूर्यवंशी’, मार्वलकै ‘साङची’, डेनिस भेलेन्युव निर्देशित ‘डुन’, ‘भेनमः लेट दियर बी कारनेज’ र ‘नो टायम टु डाइ’पनि प्रदर्शन हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।