काठमाडौं–नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा राजेन्द्र बजगाईंले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन्।
बजगाईंले खुला तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेका हुन्। गत महाधिवेशनमा बजगाईं केन्द्रीय सदस्यमा पराजित भएका थिए।
उनले १३ औं महाधिवेशनमा ४०४ मत ल्याएका थिए। कुनै पनि समूहमा नपरेकै कारण गत महाधिवेशनमा पराजित हुन पुगेको बजगाईंले नेपाल लाइभसँग बताए।
नेविसंघको राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गरेका बजगाईं पर्यटन व्यवसायीसमेत हुन्। गत निर्वाचनमा गोरखामा प्रदेश सभा सदस्यको निर्वाचनमा उनी पराजित भएका थिए।
तत्कालीन नेकपाका उम्मेदवारसँग प्रतिस्पर्धा गर्दा बजगाईंले १३ हजार १ मत प्राप्त गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।