काठमाडौं– चितवनमा १२ दिने निःशुल्क नाटक कार्यशालाको आयोजना हुने भएको छ। ‘चितवन चौतारी’ नाम दिइएको कार्यशाला मंसिर २ गतेदेखि १४ गतेसम्म आयोजना हुने लागेको हो।
चितवनमा नाट्य क्षेत्रसँग सम्बन्धित रहेर काम गरिरहेको कर्मी नाट्य समूहले कार्यशालाको आयोजना गर्न लागेको हो।
१२ दिने कार्यशालामा काठमाडौंस्थित मण्डला थिएटरसँग आवद्ध रंगकर्मी तथा निर्देशक राजन खतिवडा र अष्ट्रेलियाका नाट्य प्रशिक्षक माइकल टोनहौसरले सहभागीहरुलाई प्रशिक्षण दिनेछन्। दुई प्रशिक्षकले १२ दिने कार्यशालामा दुई/दुई दिन प्रशिक्षण दिने कर्मी नाट्य समूहका अञ्जान प्रदीपले बताए।
नारायणी कला मन्दिरमा आयोजना हुने कार्यशाला हरेक दिन दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म आयोजना हुने प्रदीपले बताए। उनले भने, ‘चितवनमा नाटक सम्बन्धी चेतना र यसको विकासका लागि निःशुल्क रुपमा कार्यशालाको आयोजना गर्न लागिएको हो।’
उनका अनुसार कार्यशाला नारायणी कला मन्दिरसँगको समन्वयमा आयोजना हुँदै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।