• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

गायक योगेश्वर अमात्यको जग्गा प्रकरण : कुमारी बैंककै भूमिका 'शंकास्पद'

अभियुक्तको बयान– ९ करोड ऋण उठाउन खोज्दा उल्टै फसियो
64x64
नारायण अधिकारी बुधबार, कात्तिक २४, २०७८  १७:३८
1140x725

काठमाडौं– गायक योगेश्वर अमात्यको जग्गाको नक्कली लालपूर्जा बनाएर १९ करोड रुपैयाँ ऋण लिएको घटनामा कुमारी बैंककै भूमिका शंकास्पद देखिएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसार अमात्यको बारास्थित जग्गाको नक्कली पूर्जा बनाएर ऋण प्रवाह गरिएको घटनामा बैंकले नै तथ्य लुकाएको पाइएको छ।

गायक अमात्यको बाराको विश्रामपुरमा बिरुवा भूमि वनकाली कम्पनीको नाममा १२ बिघा जग्गा थियो। उक्त जग्गा नै अर्कै कम्पनीमा रहेको भन्ने कागजात बनाएर योजनाबद्ध तरिकाले १९ करोड रुपैयाँ हत्याउन नक्कली लालपूर्जा बनाएको खुलेको छ। मालपोतमा भने अमात्यकै कम्पनी बिरुवाको नाममा उक्त जग्गा छ। 

अभियुक्तको बयान– ९ करोड ऋण उठाउन खोज्दा उल्टै फसियो
हाल सीआईबीको हिरासतमा रहेका काठमाडौंका एसके महर्जन, मुक्तिलाल गौतम र कुसुम प्रधान घरजग्गा कारोबारी हुन्। उनीहरु तीनै जनाबीच पहिले नै चिनजान रहेको र सहकार्यमा काम हुँदै आएको पाइएको छ। 

घरजग्गाको काम गर्ने सिलसिलामा एसके र मुक्तिलालले कुसुमसँग ९ करोड रुपैयाँ लिन बाँकी रहेको उनीहरुले प्रहरीसमक्ष बयान दिएका छन्। ९ करोड रुपैयाँ लिन खोज्दा उल्टै आफूहरु फसेको उनीहरुको दाबी छ। 

एसके र मुक्तिलालको ९ करोड रुपैयाँ तिर्नुपर्ने भएपछि कुसुमले बारामा रहेको १२ बिघा जग्गा नै उनीहरुको कम्पनीको नाममा नामसारी गरिदिने बताएका थिए। सोही अनुसार एसके र मुक्तिलालको डेनियल ट्रेडिङको नाममा उक्त जग्गा नामसारी गरेर लालपूर्जा समेत निकाल्ने काम कुसुमले नै गरेको भेटिएको सीआईबीका प्रमुख, प्रहरी नायव महानिरीक्षक (डीआईजी) धीरजप्रताप सिंह बताउँछन्। 

नक्कली लालपूर्जा बनाएर उनीहरुको कम्पनीको नाममा १२ बिघा जग्गा रहेको प्रमाण जुटाउने काम कुसुममार्फत भएको अनुसन्धानबाट खुलेको छ। कुसुमले नक्कली लालपूर्जा बनाएर आफूलाई फसाउन खोजेको भन्नेबारे आफूहरुलाई केही थाहा नभएको एसके र मुक्तिलालको दाबी छ। आफ्नो कम्पनीको नाममा आएको उक्त जग्गा राखेर १९ करोड ऋण लिइसकेपछि बैंकबाट जग्गा नै अर्काको नाममा रहेकाले ऋण असुली गर्न आउनु पर्‍यो भन्दै खबर गरेपछि मात्रै कुसुमले नक्कली कागजात बनाएर जग्गा दिएको थाहा पाएको एसके र मुक्तिलालले प्रहरीमा बयान दिएका छन्। 

४ जना अझै फरार 
यस प्रकरणमा प्रहरीले अहिलेसम्म पर्सास्थित कुमारी बैंक शाखाका ऋण अधिकृत सोनु ठाकुर, मूल्याङ्कनकर्ता राजेश चौरसिया, काठमाडौंका एसके महर्जन, मुक्तिलाल गौतम र अर्का बिचौलिया कुसुम प्रधानलाई पक्राउ गरेको छ। तर, यो प्रकरणमा बैंकका कर्मचारीसहित ४ जना अझै फरार छन्। 

सीआईबी स्रोतले नेपाल लाइभसँग भन्यो, ‘बैंकको पर्सा शाखाका १ कर्मचारीसहित ४ जना अझै फरार छन्। उनीहरुको खोजी भइरहेको छ।’

Ncell 2
Ncell 2
nimb
nimb

फरार रहेका उनीहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन। 

जग्गाको लालपूर्जा नक्कली भएको थाहा हुँदाहुँदै कुमारी बैंकको पर्सा शाखाका कर्मचारी (हाल फरार)को मिलेमतोमा नै ऋण दिइएको प्रहरीले दाबी गरेको छ। बाँकी ३ जना भने कुसुममार्फत परिचालित भएका व्यक्तिहरु रहेको पाइएको छ।

योगेश्वरको जग्गा देखाउनेदेखि नक्कली लालपूर्जा बनाउनेसम्मको काम उनीहरुबाट भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। 

'नेक्सस' केन्द्रीय कार्यालयसम्म
नक्कली लालपूर्जा राखेर १९ करोड रुपैयाँ ऋण दिने प्रकरणको 'नेक्सस' पर्सा, काठमाडौंको न्यूरोड शाखादेखि काठमाडौं नक्सालमा रहेको कुमारी बैंकको केन्द्रीय कार्यालयसम्म जोडिएको सीआईबीका अनुसन्धान अधिकारीको दाबी छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

१२ बिघा जग्गाको नक्कली लालपूर्जा राखेर ऋण लिन भन्दै कुमारी बैंकको पर्सास्थित शाखामा २०७८ भदौमा कागजात पेस भएको थियो। उक्त कागजात अध्ययनका लागि भनेर काठमाडौंको न्यूरोड शाखा हुँदै केन्द्रीय कार्यालय नक्सालसम्म पठाएको देखिएको अनुसन्धानबाट खुलेको छ। केन्द्रीय कार्यालयले समेत उक्त कागजातलाई सदर गर्दै ऋणका लागि स्वीकृत गरेको देखिएपछि ऋण प्रवाह भएको पाइएको सीआईबीका प्रवक्ता तथा एसपी श्यामकुमार महतोले बताए।

पर्सा शाखादेखि न्यूरोड हुँदै केन्द्रीय कार्यालय नक्सालसम्मले स्वीकृत गरेको पाइएपछि त्यस कार्यालयका सम्बन्धित कर्मचारी पनि अनुसन्धानमा तानिने भएका छन्। डीआईजी सिंह भन्छन्, ‘यसको नेक्सस हामी केलाउँदै छौं। पर्सादेखि न्यूरोड शाखा हुँदै केन्द्रीय कार्यालयसम्मबाट ऋण स्वीकृत भएको पाइएको छ। यसमा कसको के भूमिका देखिन्छ, हामी अनुसन्धान गर्दैछौं।’ 

यता बैंकले भने कोरोनाका कारण फिल्ड र मालपोतमा गएर जग्गाको विवरण हेर्न नपाएको बताएको छ। 

गुपचुपमा काठमाडौंको घरजग्गा राखेर नयाँ धितो कायम 
१९ करोड रुपैयाँका कर्जाका लागि राखिएको १२ बिघा जग्गाको लालपूर्जा नै नक्कली भएको देखिएपछि बैंकले सम्बन्धित कर्जावालालाई बोलाएर नयाँ धितो कायम गर्न लगाएको अनुसन्धानबाट खुलेको छ। 

कर्जा प्रवाह भएको केही समयमै, भदौको अन्तिमतिर नक्कली लालपूर्जा भएको थाहा पाएपछि बैंकले एसके र मुक्तिलाललाई बोलाएर नयाँ धितो राख्न लगाएको थियो। एसके र मुक्तिलाले काठमाडौंमा रहेको घरजग्गा धितो कायम गरेपछि बैंकले नयाँ धितोमा उक्त कर्जा सारेको सीआईबी अनुसन्धानबाट खुलेको छ। 

नयाँ धितोमा १९ करोडको कर्जा सारेपछि भदौको अन्तिमबाटै गायक अमात्यको जग्गा फुकुवा भएको डिआइजी सिंहले बताए। नक्कली लालपूर्जा बनाएर कर्जा लिएको बैंकले थाहा पाएपछि प्रहरीलाई खबर गर्नुपर्नेमा बैंकले समेत यो घटना गुपचुप राखेकाले उनीहरुमाथि शंका हुने ठाउँ रहेको सीआईबीका अधिकारी बताउँछन्। 

‘बैंकको कुनै बदनियत थिएन भने नयाँ धितोमा कर्जा सारिसिकेपछि प्रहरीलाई खबर गर्नुपर्नेमा किन खबर गरेन?’, सीआईबीका एक अधिकारीले प्रश्न गरे।

यो पनि पढ्नुहोस्

गायक योगेश्वर अमात्यको जग्गाको नक्कली पूर्जा बनाएर निकालियो १९ करोड ऋण!मंगलबार, कात्तिक २३, २०७८

 

प्रकाशित मिति: बुधबार, कात्तिक २४, २०७८  १७:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु भएको छ । बाफिकोट गाउँपालिका–२ स्वाराका बलबहादुर नाथका ६... शनिबार, कात्तिक ७, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु जिल्ला प्रशासन कार्यालय बझाङ, गृह मन्त्रालयलगायतका निकायमा पहल गरी हेलिकोप्टरको उडानको तयारी हुँदाहुँदै उनको मृत्यु भइसकेको थियो । शुक्रबार, कात्तिक ६, २०८३
एमाले कार्यालय असुरक्षित भएको भनिएको घट्ना के हो ? २४ सै घण्टा पहरा दिने प्रहरी हटाइएपछि एमालेले कार्यालय असुरक्षित हुनबाट जोगाउन नयाँ सुरक्षा व्यवस्था अपनाएको छ । बिहीबार, कात्तिक ५, २०८३
ताजा समाचारसबै
बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध शनिबार, कात्तिक ७, २०८३
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने शनिबार, कात्तिक ७, २०८३
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु शनिबार, कात्तिक ७, २०८३
कस्तो छ आजको मौसम? शनिबार, कात्तिक ७, २०८३
ट्रम्पको चेतावनी : इरानमाथि फेरि सैन्य आक्रमण हुन सक्छ शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
भारत भ्रमणले राजनीतिक सरगर्मी बढाएसँगै रविको स्पष्टोक्ति– जेलमा रहँदाको भाकल पूरा गर्न जाँदैछु शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्